Home » Archives for July 2023 » Page 2
Monthly Archives

२०८० श्रावण १२, शुक्रबार १२:१७

सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट सय रुपैयाँभन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता दिन बुटवल उद्योग वाणिज्य संघले सरकारलाई आग्रह गरेको छ। संघलगायत यस क्षेत्रका व्यावसायिक संघसंस्थाहरूको पहलमा हालैदेखि भन्सारमा कडाइ गरिएको थियो।

सीमा–नाकामा कडाइ गरेपछि सीमावर्ती नेपाली बजार पनि गुल्जार हुन थालेको र सरकारको राजस्व असुलीमा पनि प्रगति भएको भन्दै संघले बुटवलमा पत्रकार सम्मेलन गरी यसलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विगतदेखि गरिएको पहल तथा पैरवीले भन्सार बिन्दुमा खुद्रा उपभोग्य वस्तुमा समेत भन्सार महसुल लिने कार्यको थालनी भएपछि …

सय रुपैयाँभन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता दिन सरकारलाई संघको आग्रह
0 comment
0 FacebookTwitterEmail

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर महँगी बढेको छ। महँगीलाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले भारतसँग वार्ता गर्ने भएको छ। भारतले केही सीमित प्रकारका चामलमा लगाएको प्रतिबन्ध हटाउन वार्ता गर्ने आइएमएफको भनाइ छ।

भारत सरकारले यही जुलाई २० तारिखमा  चाडपर्वको सिजनलाई मध्येनजर गर्दै बासमती चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। देशमा बढ्दो चामलको मूल्य रोक्न र घरेलु आपूर्ति बढाउन सरकारले यस्तो निर्णय गरेको थियो।

भारतको खाद्य मन्त्रालयले गैरबासमती उसिना चामल र बासमती चामल निर्यात नीतिमा कुनै परिवर्तन नहुने बताएको छ। भारतबाट निर्यात हुने कुल चामलमा गैरबासमती र सेतो चामलको हिस्सा करिब २५ प्रतिशत छ।

आइएमएफका प्रमुख अर्थशास्त्री पियरे ओलिभियर गौरिन्चसले …

0 comment
0 FacebookTwitterEmail

बर्खा लागेसँगै डेंगुको संक्रमण देशभर तीव्र रूपमा फैलिएको छ। डेंगुकै कारण करिब सात महिनाको अन्तरालमा चार हजार २८९ जनामा संक्रमण देखिएकाे छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको झन्डै आधा जनसंख्या अर्थात् चार अर्ब मानिस डेंगु भाइरसको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्छन्।  प्रत्येक वर्ष झन्डै ३९ करोड मानिसमा डेंगु संक्रमण हुनाका साथै २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ। नेपालमा भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांकअनुसार ०६० (सन् २००४ देखि ०२३) देखि ८० को साउनसम्म ८३ हजार ६ सय ८१ संक्रमित र ११० जनाको मृत्यु भएको छ।

नेपालमा पहिलोपटक २०६१ सालदेखि डेंगु रोग देखिन सुरु भएको हो। त्यसपछि …

दुई दशकमा डेंगुका ८३ हजार संक्रमित, ११० को मृत्यु
0 comment
0 FacebookTwitterEmail

तीन महिनादेखि मणिपुर अशान्त छ। त्यहाँ दिनप्रतिदिन हिंसाका शृंखलाबद्ध घटना बढ्दै गएका छन्। मणिपुरमा विभिन्न जिल्लामा जारी हिंसा अहिले चुराचाँदपुर जिल्लामा सल्किएको छ।

मणिपुरमा गत ३ मेमा कुकी समुदायका तर्फबाट निकालिएको ‘आदिवासी एकता मोर्चा’ बीच हिंसा भड्किएको थियो। यसमा कुकी र मैतेई समुदायबीच हिंस्रक झपडसमेत भएको थियो। त्यतिबेलादेखि त्यहाँको स्थिति तनावग्रस्त छ। हिंसामा परी अहिलेसम्म १६० जनाले ज्यान गुमाइसकेका छन्।
मणिपुरमा मैतेई जातिको संख्या करिब ५३ प्रतिशत छ। यीमध्ये अधिकांश इम्फालको पहाडी इलाकामा बस्छन्। यसमा पनि नागा र कुकी गरी ४० प्रतिशत आदिवासी छन्।

मणिपुरलाई लिएर संसद्मा हंगामा

मणिपुरको हिंसालाई लिएर सडकेदखि संसद्सम्म हंगामा जारी छ। २० जुलाईदेखि सुरु भउको …

मणिपुरमा लगातार हिंसा जारी, प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव
0 comment
0 FacebookTwitterEmail

बैतडीको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले प्राविधिक शिक्षा पढ्ने २२ जना विद्यार्थीलाई वार्षिक ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ।

बुधबार पत्रकार सम्मेलन गर्दै चन्दले आफूले पाउने पारिश्रमिकबाट हुन आउने रकमलाई ‘उपमेयर अक्षयकोष’ मा जम्मा गर्ने र त्यसबाट १२ छात्रा र १० छात्र गरी २२ जना विद्यार्थीलाई ५० हजारका दरले वार्षिक सहयोग गर्ने घोषणा गर्नुभएको हो।

एसईई उत्तीर्ण गरी प्राविधिक शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई यस कार्यक्रममा समेट्न लागिएको हो। नगरपालिकामा छनौट समिति गठन गरिने र उक्त समितिबाट छनौट भएका विद्यार्थीले सो रकम सहयोगस्वरुप पाउनेछन्। छनौटमा दलित विद्यार्थी १० जना हुनेछन् भने बाँकी आर्थिक अवस्था कमजोर भएका र लक्षित …

परोपकारी उपमेयर कौशिला : आफ्नो पारिश्रमिक विद्यार्थीलाई पढ्न सहयोग गर्दै
0 comment
0 FacebookTwitterEmail

कम्बोडियाका सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री हुन सेनले बुधबार तीन हप्ताभित्र प्रधानमन्त्री पदबाट राजीनामा दिने र आफ्नो जेठो छोरालाई सत्ता सुम्पने घोषणा गर्नुभएको छ। आइतबार भएको निर्वाचनमा प्रधानमन्त्री हुन सेनका जेठा छोरा पहिलो पटक संसद्मा विजयी हुनुभएको थियो।

सेनको कम्बोडियन पिपुल्स पार्टीले सप्ताहन्तमा भएको चुनावमा भारी जित हासिल गरेपछि यो घोषणा आएको हो। यद्यपि, पश्चिमी देश र अधिकारवादी संस्थाले निर्वाचनलाई ‘न त स्वतन्त्र न निष्पक्ष’ भनी आलोचना गर्दै निर्वाचनले देशको प्रमुख प्रतिपक्षलाई दबाएको बताएका छन्। सेन ३८ वर्षदेखि कम्बोडियाको निरंकुश नेता हुनुहुन्छ। तर चुनावअघि उहाँले आफ्नो जेठो छोरा हुन मानेटलाई अर्को पाँच वर्षको कार्यकालमा सत्ता हस्तान्तरण गर्ने बताउनुभएको थियो।…

0 comment
0 FacebookTwitterEmail

ब्रिटिस काउन्सिलले नेपालमा ‘आइइएलटिएस रेडीः प्रिमियम’ सेवा सुरु गरेको छ। यो सेवाले आइइएलटिएस परीक्षा दिने तयारी गरिरहेकाहरूलाई नवीनतम टेवा दिने काउन्सिलले जनाएको छ।

यो नयाँ प्लेटफर्मले परीक्षार्थीलाई हरेक व्यक्तिको सिकाइमा प्रगतिअनुसार व्यक्ति विशेष संसाधन उपलब्ध गराउनेछ। यसमा आइइएलटिएसका ४० वटा अभ्यास परीक्षा, क्लास रेकर्डसमेत छन्। यसमा नेटिभ अंग्रेजी बोल्ने आइइएलटिएस विज्ञहरूको समेत पूर्ण सहयोग पाइनेछ। परीक्षार्थीले सीमित समय तोकिएको र सीमित समय नतोकिएको दुवै खाले ढाँचाका अभ्यास परीक्षाका साथमा आफ्नो तयारीलाई निपुण बनाउन सक्ने काउन्सिलले जनाएको छ।

आइइएलटिएस रेडीः प्रिमियम प्लेटफर्म गाइडेड इ–लर्निङ (जिइएल)मा आधारित छ। जिइएल अंग्रेजी भाषा सिकाउने लन्डनस्थित शीर्ष डिजिटल सिकाइ सेवाप्रदायक हो।

यसमा परीक्षार्थीहरूले आवश्यक अंक …

0 comment
0 FacebookTwitterEmail

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आर्थिक वर्ष २०२३–०२४ का लागि भारतको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी ग्रोथ) को प्रक्षेपण बढाएर ६.१ प्रतिशत पुर्याएको छ।

यअसघि अप्रिलमा आइएमएफले जिडिपी वृद्धिको प्रक्षेपण ५.९ प्रतिशत गरेको थियो। आव ०२३ मा भारतको अर्थतन्त्र अपेक्षा गरिएभन्दा बढी ७.२ प्रतिशतले बढेको थियो। त्यसपछि नै आइएमएफले आफ्नो प्रक्षेपण संशोधन गर्दै बढाएको हो। यस्तै आर्थिक वर्ष २०२५ का लागि आइएमएफले ६.३ प्रतिशत वृृद्धिको प्रक्षेपण यथावत् राखेको छ।

आव ०२४ मा आइएमएफको संशोधित अनुमान अन्य एजेन्सीको प्रक्षेपणको तुनलामा निकै सुस्त हो। भारतीय केन्द्रीय बैँकले चालू आवमा जिडिपी वृृद्धि ६.५ रहने अनुमान गरेको छ। साथै एसियन डेभलपमेन्ट बैँक (एडिबी) ले …

आइएमएफले संशोधन गर्यो चालू वर्षमा भारतको जिडिपी ग्रोथ अनुमान, आगामी वर्ष कति?
0 comment
0 FacebookTwitterEmail

चीनमा एक महिनादेखि ‘गायब’ भएका चिनियाँ विदेशमन्त्री क्विन गाङ मंगलबार बर्खास्त हुनुभएको छ। उहाँको ठाउँमा वाङ यी नयाँ विदेशमन्त्री नियुक्त हुनुभएको छ। वाङ यसअघि पनि १० वर्षसम्म विदेशमन्त्री बनिसक्नुभएको छ।

किन गाङ २०२२ डिसेम्बरमा विदेशमन्त्री बनेका थिए । यसैगरी सरकारले केन्द्रीय बैँकका गभर्नर यी गाङलाई पनि हटाएको छ । उहाँको स्थानमा पेन गोङसेङ आउनुहुने बताइएको छ।

बीचमा कतिले गाङ टिभी एंकर जियोतियानसँग प्रेमसम्बन्धमा रहनुभएको र त्यही कारणले उहाँलाई हटाइएको भनेका छन्। जितोतियान अहिले चीन छोडेर अमेरिका पुग्नुभएको दाबीसमेत गरिएको छ। गाङ २०२२ मा अमेरिकाका लागि चिनियाँ राजदूत हुनुहुन्थ्यो। जितोयिनले उहाँको अन्तर्वार्ता लिनुभएको र त्यहीबेलादेखि दुवैबीच प्रेम सुरु भएको पनि केही …

0 comment
0 FacebookTwitterEmail

मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली हुँदै आएको छ। अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।

यसैगरी आज राति देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका थोरै स्थान …

आज चट्याङसहित भारी वर्षाको सम्भावना
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved