Home » Archives for July 2023 » Page 3
Monthly Archives

२०८० श्रावण १०, बुधबार ११:२९

नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–४ स्थित कालीखोलामा बुधबार बिहान पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।

अहिले पहिरो पन्छाउने क्रम सुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन असहज भएको र समय पनि  कति लाग्छ भन्ने यकिन नभएको उहाँको भनाइ छ।

कालीखोलाको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्धकालीखोलाको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
0 comment
0 FacebookTwitterEmail

बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ। सोमबार बिहान करिब दुई बजेको समयमा घरमाथिबाट खसेको पहिरोले पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उहाँका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको हो। मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ।

मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते हुनुभएको छ। सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो। घाइतेहरूको हाट स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। उहाँहरूको अवस्था सामान्य रहेको छ।

साथै पहिरोमा परी आठ वटा …

पालिकाले बलजफ्ती सडक खन्यो, महिनापछि पहिरोले आमाछोराको ज्यान गयो
0 comment
0 FacebookTwitterEmail

काठमाडौँमा एकबिहानै सुतिरहेकै अवस्था सुनिन्छ, ‘कबाडीवाले ! आयो फलाम, कापीकिताब… !’

यो आवाज लगाउनेमध्येका कैयौँ पात्रमध्ये एक हुनुहुन्छ चन्द्र खत्बे।

पानी पिएपछि बोत्तल जहाँ पायो त्यहीँ फ्याँक्ने हामीमध्ये धेरैको बानी अझै गइसकेको छैन। सिसाका भाँडा चर्किएपछि पनि फोहोरसरि कतै न कतै फालिरहेकै हुन्छौँ। पढिसकेका पुराना किताबकापी पनि फाल्नै हतारो गर्छौं। यस्तै घरमा कुच्चिएका, प्वाल परेका भाँडाकुँडा, जस्ताका टुक्राटाक्रीलगायत काम नलाग्ने चिज कहाँ थन्क्याउने भनेर मेसो पाइरहेका हुँदैनौँ। ती चिजले घरको ठाउँ ओगटेका हुन्छन्। यी सबैको समाधान पनि खत्बेजस्तै पात्रहरू हुनुहुन्छ।

देशमा रोजगारीको अवसर छैन भन्नेलाई गतिलो सिकाइ बन्नुभएका सर्लाही जिल्ला, चकरघट्टा गाँउपालिका वडा नं–४ का खत्बे दैनिक कबाडी उठाउने काम …

पौरखी चन्द्र खत्बे, जसले कबाडीबाटै मासिक ७० हजार कमाउनुहुन्छ
0 comment
0 FacebookTwitterEmail

मर्चवार क्षेत्रका इष्टदेवी हुन्, मर्चवारी देवी। उनको मन्दिर रुपन्देहीको मर्चवारी गाउँपालिका वडा–५ मा छ। मर्चवारी देवीको उत्पत्तिबारे अनेक कथा र किंवदन्ती पाइन्छन्।

मर्चवारी देवीको महिमा भोजपुरी भाषाको मर्चा (खुर्सानी) शब्दबाट सुरु भएको पाइन्छ। ‘देवीको पूजाअर्चना गर्नाले दुःख–दरिद्रता नाश हुने र मनोकामना पूरा हुने जनविश्वास छ,’ मन्दिरका महन्त शम्भुशरण दास भन्नुहुन्छ, ‘भाकल पूरा भएपछि अधिकांशले सिमेन्टको हात्ती बनाई चढाउने प्रथा पनि छ।’

‘मर्चवारी देवीलाई विशेषगरी मर्चवारी, सम्मरीमाई र कोटहीमाईसहित हालक तीन गाउँपालिका र वरिपरिका मर्चवारवासीकी आराध्य र इष्टदेवी मानिन्छ,’ मर्चवारी गाउँपालिका–३, मधुवनियाका ५२ वर्षीय दीपचन्द यादवले भन्नुभयो, ‘यिनै देवीको महिमा र नामबाट सो क्षेत्रको नाम मर्चवार रहन गएको हो।’

किंवदन्तीअनुसार परापूर्वकालमा …

मर्चवारी देवी उत्पत्ति कथा  : फरक पहिचान, बेग्लै महिमा
0 comment
0 FacebookTwitterEmail

सरकारले आवश्यक सेवा सञ्चालन ऐनअनुसार पच्चीस आवश्यक सेवामा हड्ताल गर्न निषेधाज्ञा जारी गरेको छ।

सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकारी प्रयोग गरी यस्ता सेवामा हड्ताल गर्न नपाइने गरी वतर्मान सरकारले हड्ताल निषेधाज्ञा सम्बन्धि गत जेठ ३२ मा गरेकाे नयाँ  निर्णय हालै राजपत्रमा प्रकाशित  छ।

सरकारले वर्गीकरण गरेको आवश्यक सेवा क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल र हवाई मार्गबाट यात्री या मालसामान ओसारपसार गर्ने यातायात सेवा रहेका छन्। यसैगरी हड्ताल गर्न नपाइने अन्य सेवामा विमानस्थल, विमानस्थलको देखभाल, त्यसको सञ्चालन तथा मर्मत कार्यसँग सम्बन्धित सेवामा पनि हड्ताल गर्न निषेध जारी गरिएको छ।

हवाई …

सरकारकाे नयाँ आदेश, हड्ताल गर्न निषेध गरेका पच्चीस  क्षेत्र कुन–कुन हुन्?
0 comment
0 FacebookTwitterEmail

अमेरिकाले पाकिस्तानको अर्थतन्त्र लयमा ल्याउन असम्भव नरहेको बताएको छ। यसका लागि पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले दिएका सर्त मान्नुका साथै उसले भनेअनुसारका कार्यक्रम पनि लागू गनुपर्ने अमेरिकाको भनाइ छ। आइएमएफको प्याकेजले तत्काल राहत भएको अमेरिकाले जनाएको छ।

गत महिना आइएमएफले पाकिस्तानलाई विभिन्न सर्तसहित तीन अर्ब डलर कर्जा दिने फैसला गरेको थियो। पाकिस्तानले पाउने कर्जा विदेशी ऋणको किस्ता तिर्दैमा जाने पनि बताइएको छ।

अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसिया डेस्की इन्चार्ज एलिजाबेथ होस्र्टले पाकिस्तानको अर्थतन्त्र सुधार हुने कुनै जादू नभएको बताएकी छिन्। ‘यसमा समय लाग्न सक्छ। आइएमएफले दिएका सर्त पनि मान्नुपर्ने हुन्छ। त्यसो भएको खण्डमा मात्रै बिस्तारै पाकिस्तान आर्थिक …

अमेरिका भन्छ– आइएमएफका सर्त माने पाकिस्तानको आर्थिक स्थिति सुधार हुन्छ
0 comment
0 FacebookTwitterEmail

हामीले अहिलेसम्म विदेशबाट नेपाल आउँदा कसले के–के ल्याउन पाउँछन् ? कुन सामानको कति भन्सार लाग्छ भन्नेजस्ता समाचार धेरै पढ्यौँ। यो स्वाभाविक पनि हो। किनभने प्रायःजसो नेपालीले विदेशबाट नेपाल फर्किँदा सामान ल्याउँछन्। ब्रान्ड र मूल्यका हिसाबले पनि गुणस्तरीय र सस्तो सामान पाइन्छ भन्ने हाम्रो धारणा छ। यो धारणा गलत पनि होइन।

विदेशबाट फर्किने नेपालीले सामान ल्याएँझैँ नेपालबाट विदेश जाँदा पनि कतिपयले सामान लैजान्छन्। तर तपाईंलाई थाहा नहुन सक्छ कि विदेश जाँदा पनि सामान लैजान पाइन्छ, जसमा भन्सारशुल्क छुट हुन्छ या सरकारले तोकेअनुसार शुल्क तिरेर लैजान्छ सकिन्छ। त्यसोभए विदेश जाने नेपाली के–के सामान लैजान पाउँछन् ? यसबारे कस्तो प्रावधान छ ? कुन–कुन …

0 comment
0 FacebookTwitterEmail

पोर्ट सुडान एयरपोर्टमा आइतबार सिभिल एयरक्राफ्ट दुर्घटना भएको छ। दुर्घटनामा परी चार सैनिकसहित नौ जनाको मृत्यु भएको बताइएको छ।

दुर्घटनामा एक जना बच्चा बाँच्न सफल भएका छन्। उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

समाचार संस्था एएफपीले सैनिकलाई उद्धृत गर्दै विमान प्राविधिक कारणले दुर्घटना भएको लेखेको छ।

सन् २०२१ मा सुडानको राजधानी खार्तुममा एक सैन्य विमान दुर्घटना भएको थियो। दुर्घटनामा परी लेफ्टिनेन्ट कर्नेलसहित तीन उच्च अधिकारीको मृत्यु भएको थियो।

सुडानको एयरपोर्टमै प्लेन दुर्घटना हुँदा नौ जनाको मृत्युसुडानको एयरपोर्टमै प्लेन दुर्घटना हुँदा नौ जनाको मृत्यु
0 comment
0 FacebookTwitterEmail

नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएको छ।

आइतबार राष्ट्र बैंकले आर्थिक वर्ष २०८००८१ को मौद्रिक नीति जारी गर्दै ०.५ प्रतिशत घटेको नीतिगत दर घटाएको हो। गत वर्ष सात प्रतिशत कायम गरिएको नीतिगत दर यो वर्ष ६.५ प्रतिशत कायम गरिएको छ।

‘आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाइ ६।५ प्रतिशत कायम गरिएको छ,’ जारी मौद्रिक नीतिमा उल्लेख छ।

यस्तै बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखिएको राष्ट्र बैँकले जनाएको छ। निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको हो।

नीतिगत दर ०.५ प्रतिशतले घटेर साढे ६ प्रतिशत पुग्योनीतिगत दर ०.५ प्रतिशतले घटेर साढे ६ प्रतिशत पुग्यो
0 comment
0 FacebookTwitterEmail

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने विदेशी मुद्रा सटहीको सीमा बढाइएको छ। राष्ट्र बैंकले आइतबार जारी गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाएर दुई हजार पाँच सय अमेरिकी डलर पुर्‍याएको छ।

हाल भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिक एक वर्षमा दुई पटकसम्म एक हजार र पाँच स य अमेरिकी डलरको सटही सुविधा उपलब्ध थियो। सो सीमालाई बढाएर अहिले २५ सय अमेरिकी डलर पुर्‍याइएको हो।

विद‍ेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाएको जनाइएको छ।

बढ्यो सटही सुविधा, अब विदेश भ्रमण जाँदा २५०० डलरसम्म पाइनेबढ्यो सटही सुविधा, अब विदेश भ्रमण जाँदा २५०० डलरसम्म पाइने
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved