संघ सरकारको सिको गदै कोशी प्रदेश सरकारले व्यक्तिलाई मनोमानी ढंगले आर्थिक सहायताका नाममा एक अर्बको हाराहारीमा रकम बाँडेको छ। कोशी प्रदेशको नेतृत्व गरेका तीन सरकार प्रमुखले उपचार सहायता, विपत् सहायतालगायतका शीर्षकमा न्यूनतम २५ हजारदेखि अधिकतम पाँच लाखसम्म व्यक्तिलाई राज्यकोषबाट रकम बाँडेको पाइएको छ। उपचार सहायता शीर्षकअन्तर्गत रकम बुझ्नेमा सर्वसाधारणदेखि प्रदेशसभा सदस्यसमेत हुनुहुन्छ।
आर्थिक वर्ष ०७६/७७, ०७७/०७८, ०७८/०८९ र ०७९/०८० को जेठ ३ गतेसम्म आर्थिक सहायताका नाममा कोशी प्रदेश सरकारको नेतृत्व गरेका एमालेका शेरधन राई, एकीकृत समाजवादी पार्टीका राजेन्द्र राई र एमालेका हिक्मत कार्की नेतृत्वको सरकारले एक हजार ५९० जनालाई ९३ करोड ८५ लाख ३० हजार पाँच सय रुपैयाँ वितरण गरेको …
