कर्मचारी सरुवामा भेदभाव र अन्यायपूर्ण व्यवहार गर्ने भनेर आरोप खेपिरहेको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले यसपटक भने सीमित कर्मचारीको दबाब र प्रभावमा नपरी न्यायपूर्ण सरुवा प्रक्रिया शुरु गरेको छ । पहुँचवाला कर्मचारीहरूको हालीमुहाली रहेको सिंहदरबारमा अब वर्षौँसम्म दुर्गममा बस्न बाध्य कर्मचारीको पनि पहुँच पुग्ने भएको छ । मन्त्रालयले दुर्गम क्षेत्रमा कार्य अवधि पूरा गरेका कर्मचारीहरूलाई उनीहरूकै रोजाइअनुसारका सुगम क्षेत्रका कार्यालयमा सरुवा गर्ने प्रक्रिया थालेको हो ।
सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको निर्देशनमा सरुवाका लागि सोर्सफोर्स लगाउन नसक्ने कर्मचारीहरूलाई उनीहरूले रोजाइअनुसारका सुगम क्षेत्रका कार्यालयमा सरुवा गरिएको हो । मन्त्री मोदीले पहिलो चरणमा नायब सुब्बाहरूको दुर्गम क्षेत्रमा कार्य अवधि पूरा गरेका …
