सरकारले महत्वाकांक्षी योजनाका रूपमा अघि सारेको मदन भण्डारी राजमार्ग (चुरे राजमार्ग) को पूर्वी रुटको काम सुस्त हुँदा समय सीमाभित्रै सडक निर्माणको कामले पूर्णता नपाउने भएको छ। सडक निर्माणका क्रममा देखिएको जग्गा विवाद, सडक निर्माणको ठेक्का प्रक्रियासमेत पूरा नहुँदा सडक निर्माणको काम लम्बिने निश्चितप्रायः छ।
सडक निर्माणका लागि धेरै ठाउँमा जंगल परेकाले अहिलेसम्म रुख कटानको काम पनि अघि बढ्न सकेको छैन। तर सडक अबको दुई वर्षभित्र सम्पन्न गर्नुपर्नेछ। ०८१/०८२ भित्र निर्माण सम्पन्न हुनुपर्ने सडकमा ६४ प्रतिशत वित्तीय खर्च भइसक्दा भौतिक प्रगति भने ४७ प्रतिशत मात्र छ।
चुरे क्षेत्रका नागरिकलाई सहज यातायातको पहुँचमा जोड्ने योजनासहित पाँच वर्षअघि पूर्व रुटअन्तर्गत सुनसरीको धरानदेखि पूर्व …
