Home » Archives for December 2023 » Page 2
Monthly Archives

२०८० पुष १२, बिहीबार १८:३०

काठमाडौँ टुँडिखेल नजिकै एक प्रसिद्ध महाङ्काल भैरव मन्दिर छ । हरेक दिन यस मन्दिरमा हजारौँ भक्तजनहरू भैरवको उपासना गर्न आउने गर्दछन् । यस मन्दिरमा पूजा सामग्रीको रूपमा मदिरा प्रयोग हुन्छ भन्दा जो कोहीलाई विश्वास नलाग्न पनि सक्छ । करिब १२ सय वर्षअघि स्थापना भएको मानिने यस मन्दिर हाल जीर्ण अवस्थामा छ । 

सर्वसाधारणको चहलपहल र पुरानो बजारको रूपमा परिचित न्यूरोडलाई काठमाडौँको मुटु मानिन्छ । यहीँ प्रमुख बजार क्षेत्रमा पर्ने उक्त भैरवको मन्दिर लामो समय देखि जीर्ण अवस्था रहेको छ । मन्दिरमा सङ्कलन भएका भेटी तथा मन्दिरको भुईँ तलामा भएका भाडाका पसलबाट उठेका पैसा भने कहाँ जान्छ र के गरिन्छ भन्ने

महाङ्काल र भद्रकाली मन्दिर जीर्ण, भाडा र भेटीको अत्तोपत्तो छैन !
0 comment
0 FacebookTwitterEmail

चुरे फेदका बस्तीमा जङ्गली हात्तीले बस्ती पसेर आतङ्क मच्चाएपछि महोत्तरीको बर्दिबासमा जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयले जङ्गलमा खोज अभियान बढाएका छन्।

रातभरि बस्ती पसेर दिनभरि जङ्गल पस्ने हात्ती धपाउन अहिले केही दिनयता वनक्षेत्रमा खोज अभियान थालिएको हो। अभियान जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण, बर्दिबासका नगरप्रमुख प्रह्लादकुमार क्षत्रीसहितका जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित अधिकारी, वनसम्बद्ध अधिकारी तथा सुरक्षाकर्मीले सुरु गर्नुभएको हो।

रातभरि बस्तीतिर पसेर बालीनाली नोक्सान गर्ने, काठे घरगोठ सिङ्गौरी खेलेर भत्काउने हात्ती उज्यालो हुन दुई घण्टाजति पहिले सघन वनका कन्द्रामा लुक्न जाने गरेको पाइएको छ। चुरे पहाडसँग जोडिएको जिल्लाको एकमात्र स्थानीय तह बर्दिबास नगरपालिकाका वनसँग जोडिएका बस्तीमा …

0 comment
0 FacebookTwitterEmail

गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो।

निकुञ्जका सहायक संरक्षण अधिकृत सुजिता श्रेष्ठका अनुसार मङ्गलबार गोलाघाटबाट बागवान पोष्ट आउँदै गर्दा नारायणी नदीको भुताहा पोष्टमा डल्फिन देखिएको थियो। गएको वर्ष पनि गोलाघाटमा डल्फिन देखिएको थियो। गोलाघाटबाट र्‍याफ्टिङमा दुई घण्टा दूरी पार गरेपछि  देखिएको डल्फिन नयाँ हो वा गत वर्ष देखिएकै डल्फिन फरक ठाउँमा देखिएको हो भन्नेबारे यकिन नभएको उहाँको भनाइ थियो ।

योसँगै निकै दुर्लभ मानिएको पाँचवटा भाले घडियाल गोही भेटिएका छन्। नदीमा भाले गोहीको अभाव भएपछि २०७४ साल पुसमा बर्दियाबाट एउटा भाले …

0 comment
0 FacebookTwitterEmail

चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ। यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ।  प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ।

चेपाङ समुदायको बसोबास रहेको चितवनको राप्ती र कालिका नगरपालिका, चितवनको इच्छाकामना, मकवानपुरको राक्सिराङ तथा धादिङको गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा कार्यक्रम लागू गर्न लागिएको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख गोपालप्रसाद कँडेलले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले कार्यविधि निर्माण गरेर अर्थ मन्त्रालयमा पठाएको छ। मन्त्रिपरिषद्‌बाट कार्यविधि पारित भएपछि कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाइने उहाँले बताउनुभयो।

प्रदेश सरकारले यस वर्ष …

0 comment
0 FacebookTwitterEmail

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ। पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा छ करोड २४ लाख रूपैयाँमा बिकेको  त्रिवेणी गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष (१५६० टन) १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिनुभयो। गाउँपालिका भित्र अदुवाखेती गर्ने दुई हजार छ सय घरधुरी रहेका र  पाँच हजार दुईसय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ।

एक रोपनी जग्गामा तीन सय केजी अदुवा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो। प्रत्येक किसानले गाउँबाटै एक क्विन्टललाई रु चार हजारका दरले  बिक्री गरेका छन्। अदुवाका लागि व्यापारी …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटको शैली परिवर्तन गर्ने बताउनुभएको छ। आफ्नो एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक कार्यक्रमका क्रममा देशवासीका नाममा सम्बोधन क्रममा प्रधानमन्त्री दाहालले पुरातन शैलीको नीति तथा कार्यक्रमले नतिजा दिन नसकेको स्वीकार गर्दै अब नयाँ शैली अपनाइने बताउनुभएको हो।

“बजेट निर्माणको परम्परागत तरिकाले एकातिर प्राथमिकताप्राप्त आयोजनामा बजेट विनियोजन हुन सकेन भने अर्कोतिर खर्चको सही आकलन पनि हुन सकेन, यसको प्रत्यक्ष असर पुँजीगत खर्चमा परी समग्र आर्थिक क्षेत्र नै प्रभावित भयो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस वर्षदेखि नीति, योजना र बजेट निर्माणको परिपाटी फेरेर नयाँ तरिकाले जाने तयारीमा छु, हाम्रो वार्षिक नीति तथा …

0 comment
0 FacebookTwitterEmail

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सङ्घीयतालाई सफल कार्यान्वयन गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताउनुभएको छ । मोरङकोबुढीगङ्गा गाउँपालिका–२ साक्माहास्थित लिलाभक्ता राम आधारभूत विद्यालयको नवनिर्मित भवन र अभिभावक दिवसको  पुस १० मा उद्घाटन गर्दै उहाँले मुलुकलाई समृद्धितर्फ लैजान राजनीतिक दलहरुले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गरी जनतामा गणतन्त्र एवं सङघीयतालाई चुस्तदुरुस्त बनाउन प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

नेता डा कोइरालाले चालु आर्थिक वर्षको छ महिनामा विकास खर्च १० देखि ११ प्रतिशतसम्म मात्र भएकामा चिन्ता व्यक्त गर्दै यसमा आवश्यक सुधार गर्न सरकार गम्भीर हुनुपर्ने विचार राख्नुभयो । उहाँले युवाहरुको विदेश पलायन हुने कार्य अन्त्यका लागि राज्यले निजी क्षेत्रलाई उद्योग स्थापनामा प्रोत्साहन गर्न आवश्यक …

0 comment
0 FacebookTwitterEmail

‍प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा पुस १० गते सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्दै उहाँले सुशासन, सामाजिक न्याय, समृद्धि, कूटनीति, विपद् व्यवस्थापन र लोकतन्त्रको सम्बर्द्धन लगायत क्षेत्रमा भएका मुख्य प्रगति सार्वजनिक गर्नुभयो । प्रधानमन्त्री दाहालले प्रयास गर्दागर्दा हुन नसकेका काम र राज्य संयन्त्रलाई माथिल्लो तहबाटै जवाफदेही बनाउन आफू दृढ सङ्कल्पित रहेको बताउनुभयो । (प्रधानमन्त्री दाहालले गर्नुभएको सम्बोधनको पूर्णपाठः)

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको सरकार एक वर्ष पूरा भएको अवसरमा गर्नुभएको सम्बोधन…

0 comment
0 FacebookTwitterEmail

 सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल गर्न सोमबार बसेको तीन दलको बैठकमा सोसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गर्ने सहमति जुटेको छ।

प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठकमा संसदको तीन ठूला दलहरूबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदको आगामी अधिवेशनबाट पारित गर्ने समझदारी जुटेको हो। बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माणका लागि संसदीय समितिमा रहेको विधेयकलाई अगाडि बढाउन दलहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले शीर्ष नेताबीच पीडितले न्याय पाएको अनुभूति गर्नेगरी कानुन बनाउने सहमति भएको जानकारी दिनुभयो। आउँदो हिउँदे अधिवेशनबाट उक्त विधेयक संसदमा प्रस्तुत हुने बताउनुभयो।

सम्बन्धित दलका कानुनविद्समेतलाई राखेर भएको …

0 comment
0 FacebookTwitterEmail

निजी क्षेत्रले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता असुलीको विवाद समाधानको प्रर्याप्त प्रयास नगरी उद्योग प्रतिष्ठानहरूको बिजुलीको लाइन काटिनु अनुचित भएको बताएका छन्।

करिब छ वर्षदेखि विवादमा रहेको डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता असुलीको विषयमा सरकारले गम्भीरता नदेखाई लाइन काटिएको उनीहरूको भनाइ छ।

विभिन्न उद्योग प्रतिष्ठानहरूले डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत प्रयोग गरेको बिजुलीको बिल लामो समयसम्म नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले गत शुक्रबारदेखि लाइन काट्न थालेको थियो।

नेपाल उद्योग वाणिज्य महासङ्घले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै डेडिकेटेड र ट्रङ्कलाइनको महसुल बक्यौता विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गरिनुपर्ने धारणा राखेको छ। नेपाल उद्योग परिसङ्घले सोमबार …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved