पर्वतको जलजला गाउँपालिका–५ फलामेडाँडामा पहिलोपटक लाटो कोसेरो उत्सव हुने भएको छ। आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो।
प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा लाटो कोसेरो र हुचिल संरक्षणका विविध आयामबारे चर्चा गरिनेभएको छ। स्थानीय समुदायसँगको सहकार्यमा उत्सव गर्न लागिएको लाटो कोसेरो संरक्षण अभियन्ता राजु आचार्यले जानकारी दिनुभयो।
अवैध चोरीनिकासी, वन विनाश, विषादीको प्रयोगलगायत कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथि नाम संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताउनुभयो। उहाँका अनुसार लाटो कोसेरो तथा हुचिल उत्सव नेपाल, अमेरिका र इटालीमा मात्र …
