नेपालमा अण्डा र कुखुराको मासुको खपत कम हुने गरेको छ। विकसित देशको तुलनामा नेपालमा कुखुराको अण्डा र मासु खपत कम हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ।
मञ्चका अनुसार विकसित मुलुकमा वार्षिक चार सय ३३ सम्म अण्डा खपत हुँदा नेपालमा ६१ मात्रै खपत हुने गरेको छ। चीनमा चार सय ३३, जापानमा तीन सय ९७, अमेरिकामा तीन सय २२ अण्डा वार्षिक प्रतिव्यक्ति खपत हुने गरेको छ।
यस्तै क्यानडामा तीन सय दुई, बङ्गलादेशमा ८०, भारतमा ७९ र पाकिस्तामा ७२ प्रतिव्यक्ति अण्डा खपत हुने गरेको मञ्चले जनाएको छ। मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार कुखुराको मासुको खपतमा समेत नेपाल निकै तल रहेको छ। …
