Home » Archives for January 2024 » Page 17
Monthly Archives

२०८० पुष १८, बुधबार ०८:४१

काठमाडौँस्थित पशुपति मन्दिर जाँदै गर्दा सडक छेउमा एउटा बोर्ड टाँसिएको छ ‘श्री चन्द्रिका प्रसाद संतरास मूर्ति कला केन्द्र’ । बोर्डको सुरुवातमा लेखिएको छ ‘मनुष्यको जीवन सरल हुनेछ मानवता उसलाई कठिन परिश्रमले प्राप्त हुन्छ ।’ त्यही बोर्डको तल एक मानिसले ढुङ्गालाई सानो हम्मरको सहायताले पटक पटक हानेर मूर्ति बनाउँदै गरेको दृश्य देख्न सकिन्छ ।
 
मूर्तिकारले करिब दुई देखि तिन घण्टा कुदेपछि बल्ल एउटा आकार निर्माण हुन्छ । त्यस आकारलाई केही बेर खाक्सीले घोटेर अझै सुन्दर बनाइछ । त्यसपछि मूर्तिमा कालो रङ्ग हालेर भगवान् गणेशको मूर्ति बनाउँछन् । रङ्ग लगाएपछि दुई मिनेटसम्म घाममा सुकाउनुपर्ने मूर्तिकारले जानकारी दिए । त्यसपछि निर्माण सम्पन्न उक्त

0 comment
0 FacebookTwitterEmail

बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा मंगलबार सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ।

त्यसैगरी सहरोन्मुख जनसङ्ख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको देखिएको छ। मुख्यसचिव डा बैकुण्ठ अर्यालबाट सार्वजनिक सो प्रतिवेदनमा पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८ दशमलव पाँच प्रतिशतबाट ३३ दशमलव १९ प्रतिशतमा झरेको देखिन्छ। सहरोन्मुख क्षेत्र भए पनि सहरी क्षेत्र मानिएको स्थानमा अझै पनि जनसङ्ख्याको ठूलो …

0 comment
0 FacebookTwitterEmail

एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा अण्डा र कुखुराको मासुको महत्व बुझाउन ‘चिकेन एण्ड एग फेस्टिवल’ आयोजना गरिएको छ। नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव गरिएको हो।

यस वर्ष ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ पोल्ट्री दिवस मनाइएको हो। महोत्सवका अवसरमा कुखुराको मासु र अण्डा निःशुल्क वितरण गरिएको थियो। नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेलले कुखुराको मासु र अण्डाको महत्व बुझाउन नसक्दा खपत बढाउन नसकिएको बताउनुभयो। कुखुराको मासु र अण्डाको महत्व विद्यालय स्तरबाट बुझाउन सके फलदायी हुने उहाँको भनाइ थियो।

मञ्चका अध्यक्ष रघुनाथ भट्टले पछिल्लो समय देखिएको आर्थिक मन्दीले कुखुरा …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताउनुभएको छ। कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्रको सुधारका लागि सरकार लागिपरेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रम विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका अनुभवको आलोकमा हाम्रो आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिन सक्दछन्।”

शिक्षालगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको उहाँको भनाइ छ। प्रधानमन्त्रीले भन्नुभयो,  “भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभरि परिरहेको छ, त्यसमध्ये पनि नेपाल जस्ता विकासशील देशहरूमा यसको बहुआयमिक प्रभाव चुनौतीकै रूपमा …

0 comment
0 FacebookTwitterEmail

दैलेख ठाटीकाँध गाउँपालिका वडा नं ६ का लवराज थापा सोच थियो नेपालमा भविष्य छैन। जिन्दगी बदल्न र पैसा कमाउन विदेश जानुपर्छ भन्ने उहाँको सोच थियो। त्यही सिलसिलामा काठमाडौँमा बसेर कोरिया जाने तयारी गरिरहनुभएको थियो। करिब एक वर्ष तयारी गर्नुभयो। पढाइमा त्यति धेरै अब्बल नभएका थापाले कोरिया भाषा परीक्षामा सोचेजस्तो नतिजा आएन।

त्यसपछि उहाँलाई युरोपको माल्टा जाने रहर जाग्यो। लामो समय सम्म पनि माल्टाको भिसा आएन। विदेशको भिसा नआएपछि झनै मन आत्तिन थाल्यो। घरको एक्लो सन्तान भएकाले पनि जिम्मेवारी धेरै थियो। दिनरात गन्दै विदेशको भिसा नआएपछि उहाँले बाटो मोड्नुभयो। बाटो मोडेर विदेश लगानी गर्ने पैसा स्वदेशमै लगानी गर्ने उहाँमा नयाँ सोच …

0 comment
0 FacebookTwitterEmail

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार  साँझ बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड) को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिनुभयो।

विगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत् प्रणालीमा निरन्तर विद्युत् आपूर्ति  हुने डेडिकेटेड फिडर  र ट्रङ्क लाइन (एक सवस्टेशनबाट अर्को सवस्टेशन जोड्ने लाइन) बाट विद्युत् आपूर्ति …

0 comment
0 FacebookTwitterEmail

बङ्गलादेशका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई सोमबार त्यहाँको श्रम कानुनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै छ महिनाको जेल सजाय तोकेपछि बङ्गलादेश प्रधानमन्त्री शेख हसिनाको राजनीतिक प्रतिशोधको एक भाग सकिएको छ। आफ्नो राजनीतिमा हस्तक्षेप गर्न थालेपछि युनुसलाई तह लगाउने उपाय खोज्दै हुनुहुन्थ्यो शेख हसिना। हुन् त बङ्गलादेश प्रधानमन्त्री शेख हसिनाले नोबेल पुरस्कार विजेता युनुसलाई गरिबको रगत चुसेर ठुलो मान्छे भएको आरोप लगाउँदै आउनु भएको छ भने युनुसका समर्थकचाहिँ हसिनाले राजनीतिक बदला लिइरहेको बताउँछन्।

८३ वर्षीय युनुसलाई आफ्नो अग्रणी माइक्रो फाइनान्स बैङ्कमार्फत लाखौँलाई गरिबीबाट माथि उकास्ने श्रेय दिइन्छ तर लामो समयदेखि प्रधानमन्त्री रहेकी शेख हसिनासँग उहाँले कमाउनु भएको दुस्मनी महँगो परेको छ।

कुनै …

0 comment
0 FacebookTwitterEmail

नेपाली कांग्रेसले आज ४८औँ मेलमिलाप दिवस मनाउँदै छ। पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किनुभएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ।

कांग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८औँ मेलमिलाप दिवस मनाउँदैछ। यस वर्ष कांग्रेसले सङ्घीय राजधानी काठमाडौँमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विशेष कार्यक्रम गरी मनाउन लागेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले राससलाई जानकारी दिनुभयो।

आज दिउँसो १ बजे काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भव्य रुपमा आयोजना हुने उक्त कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका तथा बृहत् शान्ति सम्झौताका पक्षधर …

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved