Home » Archives for January 2024 » Page 5
Monthly Archives

२०८० माघ ११, बिहीबार ०७:२४

अर्थमन्त्री डा प्रकाशशरण महतले बैङ्क तथा वित्तीय संस्थाबाट घरजग्गा र शेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा विस्तार हुँदा त्यसले समस्या सृजना गरेको बताउनुभएको छ।

राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले विगतमा अनुत्पादक क्षेत्रमा ठूलो लगानी हुँदा समस्या देखिएको उल्लेख गर्नुहुँदै अबका दिनमा उत्पादनमूलक र राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो।

“हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा गएन। शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो। त्यो बेला ऋण लिएका ऋणीहरू अहिले समस्यामा परेका हुन्। ब्याजदर बढ्यो तर प्रतिफल छैन”, अर्थमन्त्रीले भन्नुभयो, “हाम्रा आवश्कता धेरै छन्। स्रोत साधन निकै कम छ। खर्चको प्राथमिकिकरण गर्न आवश्यक छ। राज्यको …

0 comment
0 FacebookTwitterEmail

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दु धर्मावलम्बीहरूको श्री स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आराधना आजबाट सुरु भएको छ । 

प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्य, लगायतका विषयमा सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी दिएको छ । 

समितिले विगतको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन

0 comment
0 FacebookTwitterEmail

भिजिट भिसामा विदेश जाने र उतै लुकेर बस्ने वा अलपत्र क्रम बढेपछि सरकारले भिजिट भिसाका नियमहरू फेरेको छ।  गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले ६ बुँदे नयाँ व्यवस्था सहितको  ट्राभल एडभाइजरी जारी गरेको छ। आज बुधवार देखि लागू हुने गरी जारी गरिएको नयाँ नियम अनुसार अब भिजिट भिसामा विदेश जानेहरूसँग कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी (पासपोर्ट) तथा गन्तव्य देशको भिसा र दुईतर्फी टिकट हुनुपर्नेछ।

विभागले हिजो मङ्गलवार भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि आफ्नो वेबसाइटमार्फत यात्रा परामर्श जारी गर्दै ६ बुँदामा आवश्यक पर्ने कागजातहरू सार्वजनिक गरेको थियो।  जसअनुसार भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग …

0 comment
0 FacebookTwitterEmail
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताउनुभयो । सवारी चालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने बताउनुभयो ।

“केही दिनअघि हामीले प्रदेशका सम्बन्धित मन्त्री र सचिवसँग बसेर यसका बारेमा छलफल गरेका छौँ”, मन्त्री ज्वालाले भन्नुभयो, “अब सवारी चालक अनुमतिपत्रलाई प्रदेशस्तरीय बनाउनुपर्छ, सङ्घमा राखेर हुँदैन भन्ने निष्कार्ष निकालेका थियौँ ।” यसलाई अझ प्रभावकारी र भरपर्दो बनाउने गृहकार्यमा मन्त्रालय जुटिरहेको बताउँदै उहाँले भन्नुभयो, “हाम्रा केही सीमा छन् । ती
0 comment
0 FacebookTwitterEmail

जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलरमा झरेको सरकारी तथ्याङ्कले देखाएको छ।

कूल निर्यात २.८ प्रतिशतले वृद्धि भई पहिलो पटक १००.८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ। निर्यात वृद्धि सन् १९७९ देखि रेकर्ड राख्न थालिएपछिकोे सबैभन्दा उच्च स्तर हो।

कार वा चार पाङ्ग्रे अल्का साधनको निर्यात ३२.७ प्रतिशतले बढेको छ भने निर्माण तथा खानी मेसिनरीको निर्यात १६.२ प्रतिशतले बढेको छ।

यसैबीच, तेल र ग्यासको मूल्यमा आएको कमीका कारण आयात ७.० प्रतिशतले घटेर ११०.१८ ट्रिलियन येनमा झरेको छ।

बढ्दो आयात लागत र कमजोर येनको मारमा परेको जापानलाई बलियो

0 comment
0 FacebookTwitterEmail

नारायणगढ–बुटवल सडकखण्ड निर्माण सम्पन्न गर्नका लागि पटक पटक म्याद थप  गरिए पनि समयमै निर्माण सकिने आशा न्यून रहेको छ । दोस्रो पटक थप गरिएको म्याद आउँदो साउनमा सकिँदै छ । तर, सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा भने ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ ।

विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो । त्यसयता दुईपटक म्याद थप गरिएको छ । दोस्रोपटक थपिएको म्याद आउँदो साउनमा सकिने छ । उक्त अवधिसम्म

0 comment
0 FacebookTwitterEmail

पूर्वप्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले भैरहवा र पोखरा विमानस्थलको प्रभावकारिता नदेखिएको भन्दै निजगढ विमानस्थल उपयुक्त भएकाले यसको निर्माण गर्नुको विकल्प नरहेको बताउनु भएको छ।

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको माघ ९ को बैठकमा पूर्वप्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले बाराको निजगढमा प्रस्तावित निजगढ विमानस्थल निर्माणमा विलम्ब भइरहेको भन्दै चाँडो निर्माण प्रक्रिया अगाडि बढाउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको हो।

नेपालले भन्नुभयो, “धेरै पहिलादेखि निजगढ विमानस्थलको कुरा उठिरहेको थियो। देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउन निजगढ विमानस्थल बनाउनुको विकल्प नै छैन।” उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले धेरै पटक छलफल र स्थलगत अध्ययन गरेर निजगढमा विमानस्थल निर्माण गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको …

0 comment
0 FacebookTwitterEmail

पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बलियो उपस्थिति देखाउनुभएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’ले विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ मा अन्तर्राष्ट्रिय चलचित्रको विधाअन्तर्गत छनोट भएको छ।

आगामी फागुन ३ देखि १३ गतेसम्म चल्ने महोत्सवको ७४औँ संस्करण हुँदै गर्दा पहिलोपटक नेपाली चलचित्रले प्रवेश पाएको हो। यस विधामा कूल २० चलचित्र प्रतिस्पर्धामा रहेका छन्। निर्देशक भामले यो चलचित्र पूरा गर्न आठ वर्ष लागेको बताउनुभयो। “हामीले आठ वर्षदेखि यसको निर्माण गरिरहेका छौँ, आजको यो सफलता त्यो यात्रामा गरिएको दुःखको प्रतिफल होजस्तो लाग्छ, सहयात्री सबैलाई धन्यवाद छ, नेपाली चलचित्रलाई प्रतिनिधित्व गराउन पाउँदा हर्षित छौँ”, निर्देशक भामले …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजस्तो नभइ अधुरा आयोजनाको निर्माण सम्पन्न गर्न केन्द्रित हुने बताउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा माघ ९  गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धमा भएको बैठकमा प्रधानमन्त्रीले अधुरा आयोजना पूरा गर्ने गरी आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो।

प्रधानमन्त्रीले पूराना योजना अलपत्र पर्ने तर नयाँ-नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, “विकास योजनावद्ध हुन्छ र …

0 comment
0 FacebookTwitterEmail

सरकारवादी मुद्दा रिट र निवेदनमा ६९ दशमलव १९ प्रतिशत सफलता प्राप्त भएको महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले माघ ९  गते आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको लगत सङ्ख्या १४ हजार दुईसय ८९ रहेकामा दुई हजार नौ सय १४ थान फछ्र्योट भएको प्रतिवेदनमा उल्लेख छ। फछ्र्योट भएका मुद्दामा सरकारी पक्षको सफलता ४१ दशमलव २८ प्रतिशत रहेको उल्लेख छ।

उच्च सरकारी वकिल …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved