Home » Archives for January 2024 » Page 7
Monthly Archives

२०८० माघ ८, सोमबार ०६:४३

म्याग्दीका तीनवटा गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। जिल्लाको बेनी नगरपालिका–३ मुसुङ, रघुगङ्गा गाउँपालिका–५ झीँ र मालिका गाउँपालिका–५ मगरदाङमा आयातित मदिरा, सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो।

स्थानीय आमा समूहको अगुवाइमा मुसुङमा युवा समूह र गाउँले सहभागी गाउँ भेला गरी शनिवारदेखि गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाइएको स्थानीय पृथ्वी पुनले बताउनुभयो। “गाउँमा आयातित मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरण तथा सेवनमा रोक लगाइएको छ। अहिलेसम्म गाउँमा खुलारुपमा बिक्री हुँदै आएको थियो। अबका दिनहरूमा कसैले बिक्रीवितरण तथा सेवन गरेको पाइएमा जरिवानासहित कारबाही गर्ने निर्णय गरिएको छ”, पुनले भन्नुभयो।

गाउँमा छरिएका …

लोकल मात्र पाइने, बाहिरबाट ल्याइएको रक्सी र सुर्तीजन्य पदार्थ बन्द
0 comment
0 FacebookTwitterEmail

सहकारीसम्बन्धी समस्या समाधान गर्नका लागि सहकारी कानुनमा नै परिमार्जित गर्न सांसदहरूले जोड दिनुभएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको ७ माघको बैठकमा उपस्थित अधिकांश सदस्यले सहकारीमा देखिएको कानुनी समस्या समाधान गर्न सहकारी ऐनलाई संशोधन गर्नेमा जोड दिनुभयो।

समिति सदस्य अशोककुमार चौधरीले सहरकारीको समस्या समाधान गर्न कानुनमा हेरफेर गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले सहकारी कसका लागि हो भनेर जनतालाई बुझाउँदै सहकारी नियमन गर्न उचित मापदण्ड तयार गरेर अगाडि बढ्नुपर्नेमा सुझाव दिनुभयो।

समिति सदस्य मानवीर राईले सहकारीको समस्या समाधान गर्नमा सरकार अपरिपक्व देखिएको आरोप लगाउनुभयो। उहाँले सरकार पक्ष र मन्त्रालय पक्षबीच कमजोरी कसको भएको यकिन हुन जरुरी हरको बताउनुभयो।  समिति सदस्य …

0 comment
0 FacebookTwitterEmail

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि क्षेत्रमा लगानी बढाएर कृषिजन्य वस्तुको आयात प्रतिस्थापनतर्फ लाग्न कृषि विकास बैंकलाई सुझाव दिनुभएको छ।

कृषि विकास बैंकको ७ माघमा आयोजित ५७औँ वार्षिकोत्सवमा गभर्नर अधिकारीले बैंकले उपलब्ध वित्तीय स्रोत साधनलाई कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनतर्फ केन्द्रित गरी सेवा प्रवाहमा चुस्ततामा लगाउन सुझाव दिनुभयो।

“कृषि क्षेत्रमा अत्यन्त ठूलो सम्भावना छ। कृषिमा कस्तो आपूर्ति एवम् मूल्य शृङ्खलाको अभाव छ, त्यो कुरा हामी स्पष्ट रुपमा देख्न सक्छौँ। यसका लागि बैंकले काम गर्न सक्छ”, गभर्नर अधिकारीले भन्नुभयो। उहाँले बैंकले आगामी दिनमा समेत वित्तीय सेवाबाट विमुख किसान, मजदुर एवं सिमान्तकृतमा बैंकिङ पहुँच विस्तार गर्न गर्न सक्ने …

कृषि क्षेत्रमा लगानी बढाए मात्रै कम हुन्छ कृषिजन्य वस्तुको आयात
0 comment
0 FacebookTwitterEmail

जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेपनि वर्षा हुनसकेको छैन। हिउँदयामको यही माघ ४ गतेसम्मको प्राप्त विवरणअनुसार देशभरका २० वटा मापन स्टेशनको तथ्याङ्कमा चार दशमलव पाँच प्रतिशत मात्रै वर्षा भएको छ। देशभर कूल दुई दशमलव पाँच मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोखरेलले बताउनुभयो।

“यो औषदभन्दा निकै कम वर्षा मापन हो, यो मापन २० स्टेशनको मात्रै हो, जलवायु परिवर्तनलगायत विभिन्न कारणले यसपाली पश्चिमी वायु सक्रिय हुन सकेको छैन”, उहाँले भन्नुभयो,“ हिउँदको समय अझै बाँकी भएकाले पानी पर्ने सम्भावना भने कायम रहन्छ।

उहाँका अनुसार अहिले वर्षा हुने देखिएको …

0 comment
0 FacebookTwitterEmail

बागलुङमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ। बागलुङमा क्षयरोगको सङ्क्रमणलाई शुन्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा एक सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको छ।

स्वास्थ्य कार्यालयले जिल्लाको बडिगाड गाउँपालिकामा सो सङ्ख्यामा क्षयरोगी फेला परेपछि उनीहरुको उपचार गर्न थालिएको जनाएको छ। कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले क्षयरोग निर्मूल पार्ने अभियानमा क्षयरोगको सम्भावना रहेको बडिगाडमा स्वास्थ्य शिविर गर्दा सो सङ्ख्यामा क्षयरोग देखिएको जनाउँदै उनीहरूलाई स्वास्थ्य कार्यालयको सम्पर्कमा राखेर उपचार थालिएको बताउनुभयो।

“कार्यालयले क्षयरोग शुन्यमा पार्ने अभियानअन्तर्गत खोजपड्ताल गरिरहेको थियो, जसमध्ये बडिगाडमा क्षयरोगी भेटिएपछि उपचारतर्फ लागेका छौँ”, घिमिरेले भन्नुभयो, “दुई हप्ताअघि गरेको शिविरमा ९८ जना फेला परेपछि हालसम्म धेरै स्थानमा गरेको परीक्षण …

0 comment
0 FacebookTwitterEmail

चिसोका कारण सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको आलुखेतीमा डढुवा कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित भएका छन्। हुस्सु र शीतलहरका कारण सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएका आलु बालीमा डढुवाको सङ्क्रमण बढेपछि किसान चिन्तित भएका हुन्।

डढुवा कीराले सुनसरी जिल्लामा करिब १० देखि १५ प्रतिशतसम्म आलुखेती नष्ट गरेको जिल्लास्थित कृषि ज्ञान केन्द्र इनरुवाले जनाएको छ।

भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले दुई बिघा १० कठ्ठामा आलुखेती लगाउनुभएको छ। उहाँले खेती सुरु गर्दा रू पाँच लाख ३४ हजार खर्च भएको बताउनुभयो। मेहताले आलुको बीउमा रू एक लाख ३० हजार, मल खाद्यमा रू दुई लाख ३४ हजार, मजदुरका लागि रू एक लाख …

0 comment
0 FacebookTwitterEmail

पछिल्लो समय काठमाडौँ महानगरपालिकामा करदाताको सङ्ख्या बढेको छ। गत आर्थिक वर्षमा तीन लाख २४ हजार एक सय २० करदाता रहेकामा चालु आवमा तीन लाख ४३ हजार तीन सय ४० पुगेको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो।

उहाँका अनुसार ३५ हजार ५७ बहाल करदाता, ३१ हजार नौ सय १६ व्यवसाय करदाता र ५२ हजार चार सय ८६ सम्पत्ति करदाता रहेका छन्। अन्य शीर्षकमा पनि करदाता बढेका छन्। यसवर्ष करदाताको सङ्ख्या तीन लाख ४३ हजार तीन सय ४० पुगेको छ।

“गत आवको अन्त्यसम्ममा कर तिरेका करदाताको सङ्ख्यालाई चालु आवका लागि करदाताको सङ्ख्या मान्ने गरिएको छ”, काफ्लेले भन्नुभयो। उल्लेखित करदातामध्ये अहिलेसम्मा …

0 comment
0 FacebookTwitterEmail
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागका अनुसार सन् २०२३ मा १६ लाख तीन हजार आठ सय, ३६ जना नेपाली विदेशमा पुगेका छन् । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार आठ लाखभन्दा बढी रोजगारीको लागि मात्रै विदेश गएका छन् भने अरु आठ लाख नेपालीहरु अध्ययन तथा अन्यप्रयोजनका लागि विदेश गएका हुन् ।

बर्सेनि यतिधेरै नेपालीहरु विदेसिनुको कारण देशमा रोजगार नपाएर, आयआर्जन र जीविकोपार्जनको कुनै सम्भावना नै नदेखेर वा विदेश नगए घर व्यवहार नै चलाउन नसक्ने अवस्था आएर भने होइन ।

नेपालको स्थायी जागिर नै छोडेर, राम्रैसँग चलेको व्यापार व्यावसाय बन्द गरेर, पुर्खौदेखि कमाउँदै आएको खेतबारी बाँझै छोडेर र आफ्नै गाउँघर र सदरमुकामका
0 comment
0 FacebookTwitterEmail

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ । ‘घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन करिब ८० किलोमिटर टाढा कावासोती पुग्नुपर्छ, पालिका कार्यालय पुग्नै ४० किलोमिटर टाढा छ,’ त्रिवेणीका स्थानीय विनयकुमार थापाले भने, ‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ ।’

त्रिवेणी क्षेत्रका दुईवटा वडाका बासिन्दाले सहज बाटो नहुँदा धेरै दुःख खेप्नुपरेको उनले बताए । ‘हामीलाई आपत् छ, सदरमुकाम र पालिका जानुपर्ने कुनै काम नपरे हुन्थ्यो भन्ने लाग्छ, यति दुःख दिएर हामीलाई गण्डकीमा राख्नुभन्दा लुम्बिनी प्रदेशमा गाभिदिए हुने,’ उनले भने ।

सदरमुकाममा कुनै काम लिएर जानुपरे दुःखसँगै आठ–दश हजार खर्च बोकेर

0 comment
0 FacebookTwitterEmail

यु-१९  विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै छ। खेल नेपाली समय अनुसार दिउँसो १ :४५ मा वेस्ट लन्डनमा सुरु हुनेछ ।

यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्‍यान्डसँग खेल्न लागेको हो।  नेपालले यू-१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन । यू-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो। यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो।

यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल र न्युजिल्यान्डका अतिरिक्त पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । जारी प्रतियोगितामा नेपालले पहिलो खेल खेल्न लागेको हो ।

२००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved