Home » Archives for January 2024 » Page 8
Monthly Archives

२०८० माघ ६, शनिबार ०८:४५

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—३

द्रौपदी त बडामहारानीको रूपमा हस्तिनापुरमा बसिन्। महाराज चक्रवर्तीका रूपमा युधिष्ठिर रहने नै भए। युवराजका रूपमा वा भावी राजाका रूपमा भीम थिए। अर्जुन सम्पूर्ण राज्यको सेनापतिका रूपमा पूजित थिए। गाण्डीवधारी अर्जुन बराबरको योद्धा त्यो बेलामा कोही पनि थिएन। थिए त कर्ण जो अर्जुनबाट नै अज्ञानतावश मारिएका थिए महाभारतको युद्धमा। अज्ञानतावश भन्नुको तात्पर्य हो, जलाञ्जलि दिने बेलामा मात्र थाहा भएको थियो, कर्ण त ज्येष्ठ कुन्ती पुत्र थिए भन्ने कुरा माता महारानी कुन्तीकै मुखबाट। कारण थियो, कर्णका बालिग छोराहरू सबै विभिन्न युद्धमा मारिएका थिए र एउटा नाबालिग मात्र दरबारमा थियो। त्यसैले कर्णलाई जल तर्पण दिनका लागि राजमाता महारानीले …

0 comment
0 FacebookTwitterEmail

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा मङ्गल वादीले मादल बेचेर घर खर्चको जोहो गर्दै आउनुभएको छ। विगत पाँच वर्षदेखि उहाँले यहाँ मादल व्यवसाय सञ्चालन गर्दै आउनुभएको हो।

चाडपर्व तथा घरायसी खर्च मादल बेचेर व्यवस्थापन गर्दै आएको वादीले बताउनुभयो। राप्ती राजमार्गको छेउमा व्यवसाय सञ्चालन गरेको भन्दै बजारको कुनै समस्या नरहेको उहाँले बताउनुभयो।

“आवश्यक परेको बेला जिल्ला बाहिरका व्यक्तिसमेत मादल किन्न आउने गर्छन्। दसैँतिहारको बीचमा मादल बनाउन भ्याइनभ्याइ हुन्छ”, वादीले भन्नुभयो, “व्यवसाय सुरु गरेको पाँच वर्ष भयो। मादल बिक्री गरेरै वर्षमा रू दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ। बजारको समस्या छैन पसलमै मादल किन्न मान्छेहरु आउँछन्।” उहाँका अनुसार अहिले पसलबाट दमाहा, …

0 comment
0 FacebookTwitterEmail

बाँकेको कोहलपुर नगरपालिकाले सातौं नगरस्तरीय मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितामा केही विद्यालयले फर्जी खेलाडी समावेश गरेको पाइएको बताएको छ। नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले आज छानबिन समितिको प्रतिवेदन सावर्जनिक गर्दै छ विद्यालयले फर्जी खेलाडी समावेश गरेको निष्कर्ष निकालेको हो।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय खड्कवारले छात्रतर्फको भलिबल खेलमा, ज्ञानज्योति मावि चपरगौडीले पनि छात्रतर्फको भलिबल खेलमा, एभरेष्ट सैनिक माध्यामिक विद्यालय प्रेमनगरले छात्रतर्फको भलिबलमा फर्जी खेलाडी खेलाएको पाइएको समितिको निष्कर्ष छ। ग्रीन पिस सेकेन्डरी स्कुल चपरगौडीले चार सय मिटर दौडमा बढी उमेरका खेलाडी सहभागी गराएको र त्रिभुवन उच्च मावि कोहलपुरले तीन हजार मिटर दौडमा फर्जी खेलाडीलाई …

0 comment
0 FacebookTwitterEmail

दैनिकजसो गाउँ पसेर जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि झापाको शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ। जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन साइरन वितरण गरेको हो।

वडाध्यक्ष सन्त फेउदिनले राजमार्गको उत्तरतर्फबाट रतुवामाई वृक्षरोपण आयोजना हुँदै झिलझिले, डुँडामारी र धरमपुर चोकबाट गाउँ पसेर हात्तीले स्थानीयवासीको घर भत्काउने तथा अन्नबाली नष्ट गर्न थालेपछि बिहीबार १० थान साइरन वितरण गरिएको जानकारी दिनुभयो। उहाँले सो क्षेत्रमा धेरै जनधनको क्षति भएकाले हात्ती धपाउनका लागि साइरन वितरण गरिएको बताउनुभयो।

“साइरन बजेपछि हात्ती गाउँ प्रवेश गरेको स्थानीयवासीलाई जानकारी हुन्छ …

0 comment
0 FacebookTwitterEmail

जलवायु परिवर्तनका नकारात्मक असरहरू देखिन थालेका बेलामा  सरकारले १२ वर्षमा २८,५०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य हासिल गर्न सम्भव छ  र ? स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) तथा यस क्षेत्रमा कार्यरत सरोकारवाला निकायका प्रतिनिधिले भने सरकारले अघि सारेको १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन, खपत र व्यापारको लक्ष्य सम्भव हुने बताएका छन्।

मुलुकको आवश्यकतालाई ख्याल गर्दै सो लक्ष्य प्राप्तिका लागि आवश्यक कानुनी, संरचनागत सुधार एवं लगानीको विस्तार गर्नुपर्ने उनीहरूको जोड छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को स्थापना दिवसका अवसरमा आयोजित अन्तरसंवाद कार्यक्रममा राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर पनि ऊर्जा उत्पादनमा जोड दिइएको …

0 comment
0 FacebookTwitterEmail

महिला स्वास्थ्य स्वयंसेविका सुनिता चौधरीलाई वडा कार्यालय हिँडेर आउनुपर्दा समय व्यवस्थापन गर्न कठिन हुन्थ्यो । उहाँको घरबाट वडा कार्यालय तथा स्वास्थ्य संस्था पुग्न आधा घण्टा लाग्थ्यो । चौधरीलाई वडा कार्यालयले साइकल वितरण गरेको छ । साइकल पाएपछि उहाँले आवत जावतमा सहज भएको बताउनुभयो ।

“हामी स्वयंसेविकाका समस्या र माग साना–साना छन्, दिनभरि सामाजिक काममा हिँड्नुपर्छ तर यात्रा गर्न कठिन थियो । एउटा साधनको आवश्यकता थियो”, चौधरीले भन्नुभयो, “वडा कार्यालयले समयमै बुझेर साइकल वितरण दिएको छ । अब हिँडडुल गर्न सजिलो हुने भएको छ ।”

स्वयंसेविका करुणा खडकाको घरबाट स्वास्थ्य संस्था पुग्न एक घण्टा लाग्छ । करुणालाई पनि साइकल पाएपछि अब

0 comment
0 FacebookTwitterEmail

मधेस प्रदेश सरकारले धूमधामका साथ बलिदानी दिवस मनाएको छ । तर मधेस आन्दोलनमा घाइते र साहदात दिएका सहिद परिवारको असन्तुष्टि र आक्रोश पनि त्यतिकै देखियो । मधेस प्रदेश सरकारले धूमधामका साथ शुक्रवार वीरगन्जमा छैटौँ बलिदानी दिवस मनाएको छ । गृह सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा वीरगन्जको नगर सभागृहमा बलिदानी दिवस मनाइएको हो ।

कार्यक्रममा पनि सत्ताधारी सबै दलका मन्त्रीहरूको पनि सहभागिता  थियो । मधेस आन्दोलनमा साहदात प्राप्त गरेका ६३ सहिद र एक जना जिउँदो सहिद लगायत ६४ जनालाई तिन लाख सहयोग प्रदान गर्दै कार्यक्रममा सम्मानित गरिएको थियो । सहिदहरूको सम्मानमा आर्थिक सहयोगको रूपमा प्रदेश सहकारले साढे ६ करोड रुपैयाँ खर्च

0 comment
0 FacebookTwitterEmail
चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित चन्दली डाँडामा ढुङ्गा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन् । बिक्री वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुङ्गा उत्खनन हुन थालेपछि पानीका मुहान सक्दै जान थालेका हुन् ।

स्थानीय स्वास्थ्य चेपाङको नेतृत्वमा उक्त स्थानमा ढुङ्गा उत्खनन भइरहेको स्थानीयवासी रेशम चेपाङले बताउनुभयो । “अवैधरुपमा उक्त स्थानमा ढुङ्गा उत्खनन हुने गरेको छ । ती ढुङ्गा चितवनका विभिन्न होटल निर्माण प्रयोजनका लागि प्रयोग गरिन्छन्”, उहाँले भन्नुभयो ।

अवैधरुपमा ढुङ्गा उत्खनन गर्न थालेपछि खानीको डाँडाभन्दा तल रहेका चेपाङ गाउँ गारघर, जैथली, चौकीडाँडा, साप्रेनी र बङ्ग्याङलगायतमा पहिरोको जोखिममा बढेको छ । करिब २० वर्ष अघि पनि उक्त स्थानबाट ढुङ्गा निकाल्दा पहिरो
0 comment
0 FacebookTwitterEmail

आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा श्रीलंकामा हुने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो ।

सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । त्यतिबेला यो प्रतियोगिताको नाम ‘युथ क्रिकेट वल्र्ड कप’ राखिएको थियो ।

प्रतियोगिताको पहिलो दिन आज (शुक्रबार) अमेरिका र आयरल्यान्ड तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच खेल हुनेछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । यू–१९ विश्वकपको १५औँ

0 comment
0 FacebookTwitterEmail
नवलपुरको कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ ।  पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी  झारले ढाकेर हरियो देखिन थालेको छ । यसबाट तालको सौन्दर्य नै गुमेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी  झारले ढाकेर सङ्कटमा पर्न थालेको छ ।

कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रुपमा तालको सफाइमा काम हुन नसकेको ताल छेउका स्थानीय तुलसी महतोले बताउनुभयो । “स्थानीले कहिलेकाहीँ सफा गर्छन्, फेरि झार आउँछ, अलि राम्रोसँग सफा गर्ने हो भने ताल सुन्दर देखिने थियो,” उहाँले भन्नुभयो ।

करिब तीन दशमलव ५२ हेक्टर क्षेत्रफलमा फैलिएको टरुवा ताललाई झारले नढाकेको क्षेत्र
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved