बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले घुम्ती व्यवसायलाई व्यवस्थित गर्न आग्रह गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ ।
सङ्घबाट गएको पदाधिकारीको टोलीले बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयलाई कार्यकक्षमा भेटघाट गरी ज्ञापन पत्र बुझाएको हो । सङ्घले विना दर्ता सञ्चालन गरिने त्यस्ता घुम्ती व्यवसायका कारण दर्ता गरेर राज्यलाई राजश्व तिरेर सञ्चालन गरेका व्यवसायीलाई समस्या भएकाले विना दर्ता सञ्चालित त्यस्ता व्यवसायलाई व्यवस्थापन गर्न आग्रह गरेको हो ।
ज्ञापन पत्र बुझाउँदै सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले त्यस्ता व्यवसायलाई व्यवस्थित गर्न सकियो भने दर्ता प्रक्रियामा आउँदा राजश्व सङ्कलनमा पनि सकारात्मक प्रभाव पर्ने र दर्ता गरेर सञ्चालन गरेका व्यवसायीलाई पनि न्याय हुने बताउनुभयो ।…
