Home » Archives for July 2024 » Page 5
Monthly Archives

२०८१ श्रावण ६, आईतवार ०६:५५

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।

ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनलाई नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् ।

प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने उनलाई विश्वासको मत नदिने भएका छन् । य दलले विश्वासको मत नदिए पनि दुई तिहाइ मत पक्षमा पुर्‍याउने तयारीमा प्रधानमन्त्री ओली रहेका छन् ।

 प्रधानमन्त्रीले विश्वासको मत लिने भएकोले एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२६

महाराज शन्तनुको द्विविधा यस्तो थियो कि भर्खरै फिर्ता भएको छोरो युवराज देवब्रतको विवाह गर्ने बेलामा आफू कसरी दाशराजकी छोरी चाहन्छु भन्नु?  तर सदैव आफ्नी पहिलेकी रानीको चाहना गरे पनि ती श्रापित तर मुक्त भएकी गङ्गा फर्केर दरबारमा आउनेवाली थिइनन्। उनी आफ्नो सांसारिक सन्तान देवब्रतको भने चिन्ता लिन्थिन् ……..

आखिर आमाको मन न हो। अरु अप्सराभन्दा गङ्गाको अवस्था फरक देखिन्छ किनभने जबजब देवब्रत अर्थात् भीष्म पितामहलाई कठोर निर्णय लिनु पर्ने हुन्थ्यो या द्विविधाजनक अवस्था आउँथ्यो, उनले तत्कालै आमा गङ्गालाई सम्झन्थे र उनी उनको जेहेनमा तत्काल आउँथिन्। त्यसो त उनको सर्त नै थियो, आठौँ सन्तानलाई राजकीय कार्यको …

0 comment
0 FacebookTwitterEmail

विशेष खोज

नेपाल सरकार एवं विभिन्न दातृ निकायहरूको संयुक्त आर्थिक साझेदारीमा आर्थिक वर्ष २०७६/७७ देखि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नेपालका सात वटै प्रदेश तथा ७५३ स्थानीय तहहरूमा सञ्चालित शासकीय सुधार तथा नयाँ राज्य संरचनाको सबलीकरण गर्ने लक्ष्य लिएको एउटा महत्त्वाकाङ्क्षी कार्यक्रम प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) केही भौतिक प्रगति गरे पनि समग्र अवधिको खर्च र नतिजाको विश्लेषण गर्ने हो भने लगभग असफल भएको छ।

यो कार्यक्रम सञ्चालनका लागि बेलायत सरकार, स्विस सरकार, नर्वेजियन सरकार र युरोपियन युनियन लगायत विभिन्न यू.एन. एजेन्सीहरूले लगानी गर्दै आएका छन्। यस कार्यक्रमले नेपालमा सङ्घीयता सुदृढीकरणका लागि सुशासन, अन्तर सरकार समन्वय, सार्वजनिक …

0 comment
0 FacebookTwitterEmail

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसाधारणमा आग्रह गरेको छ ।

अनुसन्धानका क्रममा विदेशी मुलुक जस्तै संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, अष्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायतलगायतका विभिन्न देशमा रहेका नेपाली नागरिकले विदेशमा आर्जनगरी पठाएको विप्रेषणबापतको रकम अवैध प्रक्रियाबाट आइरहेको र उक्त सकम एजेन्टले विदेशमा रहेका नेपालीको नेपालस्थित आफन्तको बैंक खातामा जम्मा गर्ने गरेको पाइएको भन्दै त्यस्तो भएको पाइए खबर गर्न अनुरोध गरिएको सिआइबीले जनाएको छ ।

विदेशमा रहेका नेपाली नागरिकबाट प्राप्त भएको विदेशी मुद्रा अवैध सुनको भुक्तानी, अनलाइन ठगी, सट्टेबाजी, मानव तस्करी, भ्रष्टाचार, गैरकानुनी …

0 comment
0 FacebookTwitterEmail

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका केही भेगमा भारी वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।  साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आज राति भारी वर्षा हुने विभागको पूर्वानुमान छ । आज दिउँसो र …

0 comment
0 FacebookTwitterEmail

एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आज शुक्रबारदेखि सुरु हुँदैछ। आज पहिलो दिन समूह ‘ए’का दुई खेल हुँदैछन्।

श्रीलंकामा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईको सामना गर्दैछ। यो खेल डम्बुला मैदानमा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ।

आजै हुने दोस्रो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्। यो खेल सोही मैदानमा साँझ ७ः१५ बजे सुरु हुनेछ। साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो।

प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै

0 comment
0 FacebookTwitterEmail

इजराइली संसद्ले बिहीबार प्यालेस्टिनी राज्यलाई ‘अस्तित्वको खतरा’का रूपमा विरोध गर्न मतदान गरेको छ ।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सांसदहरूलाई सेनाले हमासको संवेदनशील क्षेत्रमा आक्रमण गरेको बताएको एक दिनपछि संसद्ले मतदान गरेको हो ।

प्यालेस्टिनी नेतृत्व र अन्तर्राष्ट्रिय समुदायबाट तीव्र आलोचना भएको उक्त मतदान धेरै हदसम्म प्रतीकात्मक रहेको विश्लेषण गरिएको छ । आगामी बुधबार अमेरिकी कांग्रेसमा नेतान्याहुको सम्बोधन गर्नुअघि मतदान हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेतान्याहुले गाजाका लागि युद्धविराम र बन्धकहरूको रिहाइ सम्झौताको मध्यस्थता गर्ने अमेरिकी प्रयासमा कम रुचि देखाएका छन् । उनले हमासमाथि ‘पूर्ण जीत’ निकाल्ने अवस्था रहेको भन्दै सैन्य दबाब बढाउने वाचा गरेका छन् ।

इजराइलले हालका दिनहरूमा …

0 comment
0 FacebookTwitterEmail

रौतहटमा जथाभावी रूपमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ।

स्थानीय देवाही गोनाही नगरपालिका-७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन राय यादवमाथि इलाका प्रहरी कार्यालय गरुडाले ज्यान सम्बन्धी मुद्दा दायर गरेको हो।

आरोपीहरूले विद्युतको पोलबाट जथाभावी आफ्नो खेतमा लगेको मोटरको तारबाट करेन्ट लागेर गत सोमबार दिउँसो देवाही गोनाही-७ का ४५ वर्षीय चुनिलाल पासवानको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको थियो।

पासवानको मृत्युपछि उनका आफन्तले दिएको लिखित किटानी जाहेरीको आधारमा मंगलबार रामदरेश र गुल्टेनमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

गत सोमबार दिउँसो

0 comment
0 FacebookTwitterEmail

धरानको पूर्वेली न्यूजमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले हर्क साम्पाङका ५ जना समर्थक पक्राउ गरेको छ।

स्वास्थ्य परिक्षण र उपचारको लागि बुधबार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेकी धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई धरानका मेयर हर्क साम्पाङगका समर्थकहरूले कुटपिट गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। केही दिनदेखि मेयर साम्पाङ र धमला बीचमा विवाद हुँदै आएको थियो। विवादपछि मेयर साम्पाङले महिलाहरूलाई धमलाकाविरुद्ध आन्दोलन गर्न उक्साउँदै आएका थिए।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महिलाहरूको अपमान गरेको भन्दै सञ्चारकर्मी धमलामाथि आक्रामक रूपमा खनिँदै आएका छन्। पक्राउ गरे लगत्तै उनीहरूलाई इनरुवा जिल्ला प्रहरी कार्यालय …

0 comment
0 FacebookTwitterEmail

प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ ।

प्रदेशका विभिन्न एक सय १७ स्थानमा बाढीमा परी २२ जनाको निधन भएको छ भने २४ जना व्यक्ति घाइते भएका कोशी प्रदेश प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए ।

यसैगरी प्रदेशका विभिन्न एक हजार सात सय ३१ स्थानमा भएका आगलागीका घटनामा २० जनाले ज्यान गुमाएका र एक सय ३४ जना घाइते भएका छन् ।

प्रवक्ता दाहालका अनुसार जङ्गली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको तथा ५७ जना घाइते भएका, चट्याङ लागेर १३ जनाले ज्यान गुमाएका …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved