Home » Archives for August 2024 » Page 10
Monthly Archives

२०८१ श्रावण २१, सोमबार ०७:२९

पर्वतको जलजला गाउँपालिका–७ स्थित मिलन चोक–सल्यान–घायखेत–धारापानी सडक कालोपत्र भएको तीन महिनामै भत्किएको छ।

कमसल निर्माण र भारी वर्षाका कारण कालोपत्र भएको तीन महिना नपुग्दै सडक भत्किएको जलजला गाउँपालिका–७ धाइरिङका वडाअध्यक्ष टुङ्गनाथ आचार्यले जानकारी दिए।

सडक योजनाअन्तर्गत सल्यान पहिराको टाकुरामा करिब पचास मिटर कालोपत्र सडक भत्किएको उनले बताए।

निर्माण व्यवसायीको लापरबाहीका कारण सडक भत्किएको उनको भनाइ छ।

‘सडक कालोपत्र भएको तीन महिना नहुँदै भत्किएको छ । यहाँ सल्ल्यान टाकुरालगायत स्थानहरूमा गरेर करिब डेढ सय मिटर कालोपत्र सडक भत्किएको छ,’ वडाध्यक्ष आचार्यले भने।

उक्त सडक गत जेठमा कालोपत्र गरिएको हो।

निर्माण व्यवासायीले जग खनेर टेवा पर्खाल लगाउनुपर्नेमा पुरेको माटोमाथि ग्याविन जाली भरेर …

0 comment
0 FacebookTwitterEmail

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।

हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा  मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर साधारणतया बदली …

0 comment
0 FacebookTwitterEmail

जानकी गाउँपालिका–७ की रीता चौधरीले घरको आर्थिक अवस्था राम्रो नभएकै कारण अरुको घरमा कम्लरी बस्नुपर्‍यो। विसं २०६३ मा कक्षा ५ उत्तीर्ण गरेकी रीताले पढाइलाई निरन्तरता दिन कम्लरी बसेकी थिइन्। तर उनको पढ्ने सपना पूरा भएन। कम्लरी बसेपछि उनले पढाइ छाड्नुपर्‍यो।

‘घरको आर्थिक अवस्था कमजोर थियो। घरमा कामसँगै पढाउने भनेपछि एक जनाको घरमा कम्लरी बसेँ’, उनले भनिन्, ‘कम्लरी बसेपछि पढ्ने सपना पूरा भएन। अरुकै घरमा काम गरेर समय बित्यो।’ कम्लरी छाडेर गाउँमै सञ्चालन भएको नौ महिने अनौपचारिक शिक्षा लिएर पुनः विद्यालय पुगेकी रीताले ७ कक्षा भन्दा माथी औपचारिक शिक्षा लिन सकिनन्। कक्षा ७ उत्तीर्ण गरेकी उनले आर्थिक अवस्थाकै कारण पढ्न सकिनन्।…

0 comment
0 FacebookTwitterEmail

इजरायल र हिजबुल्लाहबीचकाे चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरका कारण बेलायत सरकारले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।

बेलायतकाे विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बेलायती नागरिकले लेबनान छोडे यसबाट सिर्जना हुने व्यावसायिक विकल्प उपलब्ध रहेको जनाएको छ ।

‘तनाव उच्च छ र स्थिति चाँडै बिग्रन सक्छ,’ विदेशमन्त्री डेभिड ल्यामीले भने, ‘हामी लेबनानमा हाम्रो कन्सुलर उपस्थितिलाई बलियो बनाउन अहोरात्र काम गरिरहेका छौं, त्यहाँ रहेका बेलायती नागरिकहरूलाई मेरो सन्देश स्पष्ट छ– अब लेबनान छोड्नुहोस् ।’

विदेश मन्त्रालयले उक्त क्षेत्रमा ‘सीमा बल, कन्सुलर अधिकारी र सैन्य कर्मीहरू’ तैनाथ गरेर बेलायतीका लागि आफ्नो सहयोगलाई ‘मजबुत’ बनाइरहेको बताएको …

0 comment
0 FacebookTwitterEmail

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‌मा परी आज दिउँसोसम्म एक सय ५० जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २७, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको हो ।

उनका अनुसार बाढी, पहिरोबाट काठमाडौँ उपत्यकामा १०, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १०, गण्डकी प्रदेशमा ३४, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ५१ र सुदूरपश्प्रदेशमा १४ जना गरी जम्मा …

0 comment
0 FacebookTwitterEmail

काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणको खेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो । महिला भलिबलमा भारतमाथि नेपालको यो पहिलो जित हो ।

लमा नेपालले पहिलो सेट २५-१८ ले जितेको थियो। दोस्रो सेटमा भारत २५-१२ ले जितेसँगै खेल १-१ को स्थितिमा आयो। तेस्रो सेटमा नेपालले २५- १७ ले जित्यो भने चौथो सेटमा भारत २५-१८ ले विजयी भयो।

निर्णायक पाँचौ सेट १५-१३ ले विजयी भएसँगै नेपालले ऐतिहासिक जित निकाल्यो।

यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ । …

0 comment
0 FacebookTwitterEmail

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना  छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा  केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।  कोशी र लुम्बिनी …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२८

सत्यवतीलाई यदि महाभारतको कथा या इतिहासबाट पन्छाउने हो भने सम्पूर्ण महाभारत ग्रन्थ निरस हुनेछ। महाभारतका सम्पूर्ण राजकीय जीवनमा देखिएका जीवनका परिभाषाहरू फरक फरक तरिकाले बुझाउने कोसिस भएको छ। पारम्परिकरुपमा  खेलिने नयाँ नयाँ खेलहरूमा र  समयले खेल्ने नयाँ नयाँ नियतिको खेलका बारेमा बुझ्नका लागि सत्यवतीको जीवनलाई केलाएर हेर्दा नबुझिने छैन ……

करिब ६ दशकका राजासँग विवाह भएपछि मत्स्यगन्धा या योजनागन्धा सत्यवती भइन्। दरबारकी महारानी भइन्। दरबारमा रानी बनाएर ल्याउने भएपछि उनको नामाकरण सत्यवती भएको हुनुपर्छ। नत्र एउटा धीवरकी छोरी, त्यसमा पनि माछाको पेटबाट जीवित निस्किएकी, जसको नाम नै थिएन र उनको शरीरको गन्धका आधारमा नाम रह्यो …

0 comment
0 FacebookTwitterEmail

भारतको केरलास्थित वायनाडमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १९६ पुगेको छ । दुई सयभन्दा बढी मानिस अझै बेपत्ता छन् ।

सोमबार र मङ्गलबार राति वायनाडमा गएको पहिरोले सो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

पहिरोमा परी मृत्यु हुनेमा ८७ पुरुष, ८१ महिला र २८ बालबालिका रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अस्पतालमा ८९ घाइतेको उपचार भइरहेको छ भने १७३ जना अस्पतालबाट घर फर्किएका छन् ।

0 comment
0 FacebookTwitterEmail

चितवनमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। असार १५ गते शनिबार चितवनको माढी नगरपालिका-६ मा ३७ वर्षीया महिलामाथि तीन जना विद्यार्थीले सामूहिक बलात्कार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार गत शनिबार राति खाना खाएर सुत्नका लागि घर फर्किँदै गरेकी महिलामाथि बलात्कार भएको हो।

डिएसपी रिजालका अनुसार बलात्कृत महिला मानसिक बिरामी हुन्। ‘परिवारसँगै एउटा घरमा खाना खाएपछि सुत्नका लागि अर्को घर फर्किँदै रहेछिन्। अर्कै बाटो लागेछिन्। बाटोमा तीन जना केटाहरूले भेटेपछि कोठामा लगेर सामूहिक बलात्कार गरेको भन्ने छ,’ डिएसी रिजालले भने।

माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत ती विद्यार्थीहरुले डेरा लिएर बसेको घरको कोठामा महिलालाई ल्याएर बलात्कार …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved