राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेकोसँगै कक्षा १२ को नतिजा सार्वजनिक भएको हो ।
सार्वजनिक नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै, ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएको बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।
परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरू सहभागी थिए ।
त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० …
