बंगलादेशमा पछिल्लो विरोध प्रदर्शनका क्रममा पीडितको न्यायका लागि भन्दै विद्यार्थीले फेरि आन्दोलन शुरू गरेका छन् । पक्राउ परेकाहरूको रिहाइका लागि विद्यार्थीले फेरि आन्दोलन शुरू गरेका हुन् ।
न्यायको माग गरेर भइरहेको प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच झडप भएको छ ।
प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेपछि अश्रुग्यास छर्न बाध्य भएको प्रहरीले जनाएको छ । राजधानी ढाका र अन्य शहरमा पनि झडप भएको बीबीसीले जनाएको छ ।
रोजगारीमा कोटा प्रणाली हटाउनुपर्ने माग गर्दै बङ्गलादेशमा विद्यार्थीले गरेका पछिल्लो आन्दोलनमा २ सय जनाभन्दा धेरैको ज्यान गएको थियो । झण्डै १० हजार मानिसलाई पक्राउ गरिएको विद्यार्थीको आरोप छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
