Home » Archives for December 2024 » Page 3
Monthly Archives

२०८१ पुष १२, शुक्रबार ०८:१८

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उनको ९२ वर्षको उमेरमा निधन भएको हो ।

घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार सिंहलाई उमेरसँग सम्बन्धित समस्याहरू देखिएपछि लामो समयदेखि घरमै उपचार भइरहेको थियो ।  बिहीबार घरमा अचानक बेहोस भएका उनलाई तुरुन्तै घरमा सामान्य उपचारपछि राति ८ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो ।

‘सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९:५१ बजे उहाँलाई मृत घोषित गरियो,’ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन् १९३२ …

0 comment
0 FacebookTwitterEmail

जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका-३ स्थित देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरी जिपलाइन निर्माण गरिएको हो ।

‘रुरु रेसुंगाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नाराका साथ छत्रकोटलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पालिकाले जिपलाइन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । “पालिकाभित्र रहेका धार्मिक एवं पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै पर्यटक प्रवर्द्धनमार्फत आम्दानी गर्ने लक्ष्य लिएका छौँ”, उनले भने, “रोजगारी सिर्जनाका लागि जिपलाइन निर्माण गरेका हौँ ।”

अध्यक्ष पाण्डेका अनुसार जिल्लामा पहिलो पटक निर्माण गरिएको जिपलाइन शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ । छत्रकोटले निर्माण गरेको जिपलाइन सबै मिलेर सञ्चालन गर्नुपर्ने भन्दै उनले र अन्य …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा र आर्थिक लाभको कारण देखाउँदै पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड प्राप्त गर्ने आफ्नो आह्वान क्रिसमस शुभकामनामा दोहोर्‍याएका छन् ।

बुधबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा शृङ्खलाबद्ध पोस्टमार्फत उनले अमेरिकाका लागि यी क्षेत्रहरूको महत्त्वबारे आफ्नो लामो समयदेखि रहेको धारणा दोहोर्‍याए ।

“चीनका अद्भुत सैनिकहरू सहित सबैलाई क्रिसमसको शुभकामना, जसले प्रेमपूर्वक तर गैर कानुनी रूपमा पनामा नहर सञ्चालन गरिरहेका छन् (जहाँ हामीले ११० वर्षअघि यसको निर्माणमा ३८ हजार मानिस गुमायौँ) संयुक्त राज्य अमेरिकाले अरबौँ डलर ‘मर्मत’ रकम खर्च गर्छ भन्ने सुनिश्चित गर्दै, तर ‘केही कुरा’ मा पनि भन्ने कुरा हुनेछैन”, ट्रम्पले लेखे ।

ट्रम्पले …

0 comment
0 FacebookTwitterEmail

रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या २५ हजार नाघेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जम्मा २५ हजार पाँच सय २१ पर्यटकले गोसाइँकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिए ।

यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला नौ हजार एक सय तीन र पुरुष १६ हजार चार सय १८ रहेका छन् । यसैगरी सार्क राष्ट्रका छ हजार एक सय ६७ जना विदेशी पर्यटक रसुवा घुम्न आएको निकुञ्जको विवरणमा उल्लेख छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले पर्यटक, बन पैदावार, न्यायिक दण्ड तथा जरिवाना, सरकारी सम्पत्तिको …

0 comment
0 FacebookTwitterEmail

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले भोलि बिहीबार र शुक्रबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ ।

“आज र भोलि खासै वर्षाको सम्भावना छैन, आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का हिमपात हुने देखिन्छ”, उनले भनिन्, “शुक्रबारदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिबार वर्षा हुने देखिन्छ । देशैभर बदली रहे पनि वर्षा सुदूरपश्चिम, कर्णाली …

0 comment
0 FacebookTwitterEmail

एक रेल चालकले ड्युटीमा रहँदा गरेको आत्महत्याले रेल यातायातमा व्यापक ढिलाइ भएको फ्रान्सको रेल सञ्चालक एसएनसीएफले बुधबार जनाएको छ ।

मंगललबारदेखि बुधबारसम्म फैलिएको पेरिस र दक्षिणपूर्वी फ्रान्सबीचको रेल सेवामा ढिलाइका कारण करिब तीन हजार यात्रु प्रभावित भएका छन् ।

यात्राका लागि असाधारण रूपमा व्यस्त समय क्रिसमसको पूर्वसन्ध्यामा आत्महत्या गरेपछि मंगललबार करिब १० वटा उच्च गतिको (टिजिभी) रेलहरू पाँच घण्टासम्म ढिलाइ भएका थिए ।

पेरिसको दक्षिणपूर्वमा रहेको मेलुनस्थित अभियोजकको कार्यालयले चालकले चलिरहेको रेलबाट उफ्रेर आत्महत्या गरेको देखिएको बताएको छ । उनको शव पछि रेलमार्ग नजिकै फेला परेको थियो ।

कार्यालयका अनुसार चालकविना नियन्त्रणमा रहेको रेलको स्वचालित आपत्कालीन प्रक्रिया सक्रिय भएकाले रेल …

0 comment
0 FacebookTwitterEmail

इलाममा यस्तो गाउँ छ, जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बू समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिँडी, खैनी र मदिराको सेवन निषेध छ ।

यो स्थानीय सरकारले बनाएको कानून भने होइन, स्थानीय आफैले यसको पालना गरिरहेका छन् । ‘कसैले बाहिर गएर खायो भने उनीहरू नै जानून् तर गाउँमा भने चल्दैन,’ स्थानीय अग्रज  केहेरसिंह योङहाङले सुनाए । उनका अनुसार यहाँका होटल तथा रेष्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन ।​

माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने सो गाउँका मानिसले बाहिर जाँदा समेत निषेधित वस्तु सेवन नगर्ने गरेको स्थानीयको दाबी छ …

0 comment
0 FacebookTwitterEmail

रौतहटको फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । बकैया नदीको ‘ड्याम’मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको थियो ।

विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्दै आएका छन् । भवनको नाममा दुईवटा स–साना छाप्रो छन् ।

अहिले पनि विद्यालयमा अध्ययन गर्ने बालबालिका भुइँमा नै बसेर अध्ययन गरिरहेका छन् । विद्यालयका कक्षा ३ मा अध्ययनरत रविताकुमारी मुखियाले पढ्ने वातावरण नै नभएको बताइन् । विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उनको गुनासो छ ।…

0 comment
0 FacebookTwitterEmail

इलामको सूर्योदय नगरपालिका-७ मा अवस्थित पर्यटकीय क्षेत्र कन्याम चियाबारी । यो क्षेत्र आन्तरिक र भारतीय पर्यटकहरूको रोजाइको केन्द्र बन्दै गएको छ ।

तस्बिर : रामकुमार लिम्बू

0 comment
0 FacebookTwitterEmail

लालीगुराँस नगरपालिका-३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ ।

प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढुंगा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ ।

गुराँसे जंगलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा (पैंयूँ) सिङ्चांगो याम्चांगो (धसिंगरे) ते लासे (केरा) लि सिङ्फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पति रोपिएका छन् । मुन्धुममा वर्णन गरिएजस्तो अग्ला अग्ला ढुंगा गाडिएका छन् र तीनको फेदमा दुबो रोपिएको छ ।

पार्कमा मुन्धुमी सभ्यता प्रतिबिम्बित भएको अनुभूत हुने चोत्लुङ पार्कमा घुम्दै भेटिएका इलामका पर्यटक चञ्चल लिम्बूले बताए …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved