Home » खेलकुद/मनोरञ्जन » Page 8
Category:

खेलकुद/मनोरञ्जन

आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा श्रीलंकामा हुने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो ।

सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । त्यतिबेला यो प्रतियोगिताको नाम ‘युथ क्रिकेट वल्र्ड कप’ राखिएको थियो ।

प्रतियोगिताको पहिलो दिन आज (शुक्रबार) अमेरिका र आयरल्यान्ड तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच खेल हुनेछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । यू–१९ विश्वकपको १५औँ

0 comment
0 FacebookTwitterEmail

९२ वर्षको उमेरमा बित्नु भएका चार पटकको विश्वकप विजेता खेलाडी तथा प्रशिक्षक र ‘प्रोफेसर’ का रूपमा पनि चिनिने मारियो जगालोलाई संसारभरिका फुटबलप्रेमीले अन्तिम श्रद्धाञ्जलि दिएका छन्। उहाँ ब्राजिलको सबैभन्दा महान फुटबल पुस्ताको अन्तिम सदस्य हुनुहुन्थ्यो।

रियो डे जेनेरियोमा ब्राजिलियाली फुटबल परिसङ्घ (सिबिएफ) को मुख्यालयमा आइतबार उहाँको कफिनअगाडि शोक सन्तप्त मानिस कालो, ब्राजिलको राष्ट्रिय टिमको पहेँलो तथा जगालोले खेल्ने र प्रशिक्षण गर्नुभएका क्लबहरूको रङका कपडा लगाएका थिए।

फिताले टाँसिएको कफिननजिकै ब्राजिलको रेकर्ड पाँच विश्वकप ट्रफीहरू पनि प्रदर्शन गरिएको थियो। फुटबल इतिहासमा सबैभन्दा बढी पाँचमध्ये चारवटा जित्नमा आफ्नो रणनीतिक प्रतिभाका लागि परिचित लेफ्ट विङ जगालोको हात थियो।

उहाँले ब्राजिलको सन् १९५८ र …

0 comment
0 FacebookTwitterEmail

कोसी प्रदेश सरकारले बजेटमा खेलकुद क्षेत्रलाई उपेक्षा गरेपछि खेलकर्मीहरू निराश देखिएका छन् । खेलकर्मीका अनुसार प्रदेश सरकारले विगतका वर्ष भन्दा चालु आर्थिक वर्षमा खेल क्षेत्रमा न्यून बजेट विनियोजन गरेका बताएका छन् ।

उनीहरूले केही दिन अघि मात्र प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटले खेलकुदलाई पूर्ण रूपमा उपेक्षा र अन्याय गरेको बताएका हुन् ।

‘सरकारले खेललाई बुझ्न सकेन’, कोसी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्लेले भने, ‘खेलकुदका लागि कोसी प्रदेशको भर्खरै पारित भएको बजेटमा खेलकुदको क्षेत्रमा ५ करोड ६१ लाख बजेट छुटाइएको छ । अघिल्लो आर्थिक वर्षमा खेल क्षेत्रमा ९ करोडभन्दा बढी बजेट थियो । यो पनि कटौती गर्ने काम भएको छ

0 comment
0 FacebookTwitterEmail

छठ पर्वको अवसरमा मध्य तराइको विभिन्न गाउँहरूमा कुस्ती प्रतियोगिता आयोजना गरिने परम्परा अनुसार यस वर्ष पनि नेवतन बहुअरी, धोरे तथा  वीरगन्जको इनर्वामा कुस्ती प्रतियोगिताको आयोजना गरिएको हो।

इनर्वा मन्दिर संरक्षण समाजले आयोजना गरेको यो प्रतियोगिताको उद्घाटन पूर्व बन मन्त्री प्रदीप यादवले गर्नु भएको थियो।  कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री यादवले तराइको परम्परागत खेलको रूपमा रहेको कुस्ती खेलको संरक्षण संवर्द्धन प्रति केन्द्रीय, प्रान्तीय तथा स्थानीय सरकारहरू समेत उदासीन रहेको गुनासो व्यक्त गर्नुभयो।  छठ पर्वको अवसरमा नेपाल र भारतका कुस्ती खेलाडीहरूलाई बोलाएर प्रतियोगिताको आयोजना गरेकोमा आयोजक समितिलाई मन्त्री यादवले धन्यवाद व्यक्त गर्नुभयो।

प्रतियोगिता आयोजक समितिका अध्यक्ष पलकधारी यादवको अध्यक्षमा सम्पन्न भएको उद्घाटन …

0 comment
0 FacebookTwitterEmail

आइसिसी एक दिवसीय क्रिकेट विश्वकप-२०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ। आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो। अस्ट्रेलिया योसँगै छैटौँ पटक विश्व विजेता बनेको हो। अस्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि चुमेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार भारतले प्रस्तुत गरेको दुई सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले चार विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो। अस्ट्रेलियाको जीतमा ट्राभिस हेडले एक सय ३७ रनको शतकमय पारी खेले। उनलाई मार्नुस लबुसेनले साथ दिए। लबुसेनले अविजित ५८ रन बनाए। साथै मिचेल मार्सले १५ र डिभेड वार्नरले सात, स्टेभन …

0 comment
0 FacebookTwitterEmail

आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएका थिए ।

विश्व कप क्रिकेटमा अष्ट्रेलिया सर्वाधिक सफल टोली हो । यसअघिका १२ संस्करण आयोजना हुँदा अष्ट्रेलियाले ५ पटक जितेको छ । भारत र वेष्ट इन्डिजले समान २ तथा पाकिस्तान, श्रीलंका र इग्ल्यान्डले समान १ पटक जितेका छन् ।

आजको फाइनल खेल भारतको चौथो र अष्ट्रेलियाको आठौं हो । पछिल्लो पटक यि दुई टोलीबीच सन् २००३ को फाइनल …

0 comment
0 FacebookTwitterEmail
फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो ।

युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए । युएईले चारै गोल पहिलो हाफमा गरेको हो । दोस्रो हाफमा भने नेपालले युएईलाई गोल गर्नबाट रोकेको थियो । पहिलो हाफमा युएईले नेपाललाई पुरै दबाबमा राखेको थियो । खेलको १०औँ मिनेटमा युएईका लागि खलिफा अल हम्मादीले पहिलो गोल गरेका थिए ।

यस्तै खेलको ३४औँ मिनेटमा युएईले पेनाल्टीमार्फत दोस्रो गोल गरेको थियो

0 comment
0 FacebookTwitterEmail

चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।

हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्‍यो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ ।

नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ भने प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । त्यस्तै समान दुई जित निकालेको तान्जेनिया पनि फाइनलमा पुगेको छ ।

हङकङको जितमा नताशा मिलेसले सर्वाधिक ३० रनको योगदान दिइन् । उनले २३ बल खेल्दै चार चौकाको मद्दतमा ३० रनको …

0 comment
0 FacebookTwitterEmail

नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको तेस्रो संस्करण सम्पन्न भएको छ। प्रतियोगितामा पुरुषतर्फ रमेश लिम्बू र महिलातर्फ अनिता राईले उपाधि हात पार्नुभएको छ। एक सय ७० किलोमिटर रमेश लिम्बूले ३२ घण्टा ५६ मिनेट १४ सेकेन्डमा र राईले ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा पार गर्दै उपाधि जित्न सफल हुनुभएको हो।

विजेता लिम्बू र राईले सन् २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्विजरल्याण्डमा आयोजना हुने ‘अल्ट्रा टुर मोन्टा रोस’मा सहभागी हुने अवसर प्राप्त गर्नुभएको छ। सो अवसरमा उहाँहरूको आर्थिक लगायत यात्रा व्यवस्थापनमा मञ्जुश्री ट्रेल रेसले संयोजन गर्नेछ।

शुक्रबार बिहान ६ बजे काठमाडौँको दहचोकस्थित कालु पाँडे डाँडाको फरेस्ट क्याम्पबाट एक …

0 comment
0 FacebookTwitterEmail

भारतले आइसिसी क्रिकेट विश्वकप २०२३ को ३७ औँ खेलमा आइतबार दक्षिण अफ्रिकामाथि ठुलो जित हासिल गरेको छ। कोलकाताको प्रतिष्ठित इडेन गार्डेनमा भएको खेलमा भारतले २४३ रनले शानदार जित हात पारेको थियो ।

दक्षिण अफ्रिकाका ब्याट्सम्यानका लागि भारतको बलियो बलिङ आक्रमण अत्यन्त कठिन साबित भयो र २७.१ ओभरमा मात्र ८३ रनमा अलआउट भयो। भारतीय बलरहरूले गति र स्पिनको घातक प्रहारले दक्षिण अफ्रिकाको ब्याटिङ लाइन अपलाई ध्वस्त पारे।

यो जितसँगै भारतको अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । प्रत्येक खेलसँगै भारतीय टोलीले विश्वकप ट्रफीमा आफ्नो दाबी बलियो बनाएको देखिन्छ।

उता , यो हारपछि दक्षिण अफ्रिका अङ्क तालिकाको तेस्रो स्थानमा झरेको छ । …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved