Home » खेलकुद/मनोरञ्जन » Page 7
Category:

खेलकुद/मनोरञ्जन

लेबनान विरुद्ध सावित्रा साम्बा भण्डारी र प्रीति राईले गरेका २ गोलका कारण नेपाली महिला टोली साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

सेमिफाइनल दोस्रो भिडन्तमा पहिलो हाफमा नेपाल निकै पछि परेको थियो तर दोश्रो हाफमा नेपालले  लेबनानलाई २-१ ले हरायो। अब नेपाल फाइनलमा यस अघिका विजेता जोर्डनसँग उपाधिका लागि भिडने छ।

खेल पछि पत्रकारसँग कुरा गर्दै पहिलो हाफमा मैदान र बलसँग अलि तालमेल गर्न नसकेकाले पछाडी परेको प्रीति राईले वताइन।

जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा नेपालका लागि सावित्रा भण्डारी साम्बा र प्रीति राईले एक-एक गोल गरेका हुन। पहिलो हाफमा भने लेबनान अगाडी थियो। …

साम्बा र प्रितिको गोलः नेपाल फाइनलमा
0 comment
0 FacebookTwitterEmail

 

धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो ।

यसरी पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत स्वतः हुने जलयात्रा (र्याफ्टिङ), फिसिङ, क्याम्पफायर, वनभोजबाहेक जिल्लाका स्थानीय तहले तमोर नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रयोग गर्न सकेका छैनन् ।

जिल्लाको छथर जोरपाटी, सहिदभूमि, साँगुरीगढी, चौबिसे गाउँपालिका सहित धनकुटा नगरपालिका भएर तमोर नदी बगेको छ । होटल एशोसिएसन भेडेटारको तथ्याङ्कानुसार भेडेटार र तमोर नदी …

0 comment
0 FacebookTwitterEmail
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलाको उद्घाटन खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा जितसँगै नामिबियाले दुई अङ्क जोडेको छ । जितका लागि नेपालले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलव एक ओभरमा छ विकेट गुमाउदै पूरा गर्‍यो ।

नामिबियाको जितमा जान फ्रिलिङ्कले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बल खेल्ने क्रममा चार चौका प्रहार गरे । त्यसैगरी जान निकोल लोफिट इटनले ३१ रन बनाए भने मिचेल भान लिङगेनले २३ रन बनाए । त्यस्तै निकोलास डाभिनले १५ रन जाडे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले तीन
0 comment
0 FacebookTwitterEmail

नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७९’ को चार विधाका शीर्ष तीन खेलाडीको नाम माघ २६ गते  सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले माघ २६ गते  यहाँ आयोजित पत्रकार सम्मेलनमा चार विधाका शीर्ष तीनभित्र परेका खेलाडीको मनोनयन सार्वजनिक गरेको हो। वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकको शीर्ष तीनमा मनोनयन गरिएको हो। वर्ष उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत् टमाटा हुनुहुन्छ।

त्यस्तै वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका आशिफ शेख र रोहितकुमार पौडेल तथा एथलेटिक्सका दीपक अधिकारी शीर्ष तीनभित्र पर्न …

0 comment
0 FacebookTwitterEmail

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित तिलकप्रसाद सापकोटा स्मृति अन्तर मावि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि गैँडाकोटको अक्सफोर्ड कलेजले जितेको छ।

स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा गैँडाकोटस्थित कालिका संस्कृत विद्यापीठको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा २–१ गोल अन्तरले विजयी हुँदै अक्सफोर्डले उपाधि जितेको हो।

यही माघ १८ गतेदेखि गैँडाकोटमा आयोजित १६ विद्यालय सहभागी प्रतियोगिताअन्तर्गत माघ २६ गते  भएको फाइनल खेलमा अक्सफोर्डले जनक नमूना माविलाई २–१ गोलले हराएको हो। प्रतियोगिताको सुरुआती समयमा अक्सफोर्डका राजीव तामाङले गोल गर्दै लिएको अग्रता दोस्रो हाफमा जनकका विकास सारुले गोल गरेपछि बराबरी भएको थियो। निर्धारित समयमा दुवै तर्फबाट १–१ गोल गरी खेल बराबरी पारेपछि प्रतियोगितामा अतिरिक्त समय थप …

0 comment
0 FacebookTwitterEmail

एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई हराएको छ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ७ रनको रोमान्चक जित हात पारेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अलआउट भयो। ३३ औं ओभरमा १७४-३ को स्थितिमा रहेको क्यानडाले अन्तिम ४३ रनमा ७ विकेट गुमायो । आजको खेलमा नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । पौडेलले ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिए ।

यसैगरी ललित राजवंशीले पनि दुई विकेट हात पारे । …

0 comment
0 FacebookTwitterEmail

नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा १० विकेट गुमाउँदै २२४ रन बनाएको हो ।

एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका कुशलले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडे।

कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्।यस्तै भीम सार्की १७ रन र कुशल मल्लले पनि २० बनाए। 

क्यानाडाका लागि उदय भगवानले ८ ओभरमा १ मेडनसहित ४० रन खर्चेर सर्वाधिम ३ विकेट लिए

0 comment
0 FacebookTwitterEmail

रुपन्देहीको बुटवल र पाल्पा जोड्ने गरी बनेको लुम्बिनी केबलकारले प्रणय दिवस (भ्यालेन्टाइन डे) लाई लक्षित गरी टिकट दरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।

कम्पनीले माघ २४ गतेदेखि फागुन २ गतेसम्म केबलकारको दुई तर्फी यात्राको टिकट दर पाँच सय रुपैयाँ मात्र कायम गर्ने घोषणा गरेको हो।

केबलकारका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ सैंजूले प्रणय दिवसलाई लक्षित गरेर भ्यालेन्टाइन अफर ल्याइएको बताउनुभयो। नेपालीसँगै भारतीय नागरिकलाई पनि टिकट दरमा ५० प्रतिशत छुट गरिएको उहाँले बताउनुभयो। कम्पनीले यसअघि ल्याएको ‘मर्निङ अफर’ र दसैँ तिहार लक्षित चाडपर्व अफरले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको हुँदा भ्यालेन्टाइन अफरले विशेष गरी युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको

0 comment
0 FacebookTwitterEmail

पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बलियो उपस्थिति देखाउनुभएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’ले विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ मा अन्तर्राष्ट्रिय चलचित्रको विधाअन्तर्गत छनोट भएको छ।

आगामी फागुन ३ देखि १३ गतेसम्म चल्ने महोत्सवको ७४औँ संस्करण हुँदै गर्दा पहिलोपटक नेपाली चलचित्रले प्रवेश पाएको हो। यस विधामा कूल २० चलचित्र प्रतिस्पर्धामा रहेका छन्। निर्देशक भामले यो चलचित्र पूरा गर्न आठ वर्ष लागेको बताउनुभयो। “हामीले आठ वर्षदेखि यसको निर्माण गरिरहेका छौँ, आजको यो सफलता त्यो यात्रामा गरिएको दुःखको प्रतिफल होजस्तो लाग्छ, सहयात्री सबैलाई धन्यवाद छ, नेपाली चलचित्रलाई प्रतिनिधित्व गराउन पाउँदा हर्षित छौँ”, निर्देशक भामले …

0 comment
0 FacebookTwitterEmail

यु-१९  विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै छ। खेल नेपाली समय अनुसार दिउँसो १ :४५ मा वेस्ट लन्डनमा सुरु हुनेछ ।

यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्‍यान्डसँग खेल्न लागेको हो।  नेपालले यू-१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन । यू-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो। यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो।

यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल र न्युजिल्यान्डका अतिरिक्त पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । जारी प्रतियोगितामा नेपालले पहिलो खेल खेल्न लागेको हो ।

२००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved