Home » ताजा खबर » Page 15
Category:

ताजा खबर

राष्ट्रिय समाचार समिति (रासस)ले ६३ औँ वार्षिकोत्सवको अवसर पारेर फागुन ७ गते उत्कृष्ट पत्रकार, कर्मचारीलाई पुरस्कृत गरेको छ । फागुन ७ गते यहाँ आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकार र कर्मचारी गरी आठ जनालाई उक्त पुरस्कार प्रदान गर्नुभयो ।

उत्कृष्ट सम्पादनतर्फ वरिष्ठ सम्पादक कृष्ण सापकोटा, उत्कृष्ट समाचार सङ्कलनतर्फ वरिष्ठ सहायक समाचारदाता अशोक घिमिरे र उत्कृष्ट कर्मचारीतर्फ उपव्यवस्थापक राजेशकुमार श्रेष्ठ पुरस्कृत हुनुभएको छ । उत्कृष्ट फोटो तथा श्रव्यदृश्यतर्फ सुरेश आचार्य (सुर्खेत), उत्कृष्ट आलेखतर्फ रामविकास चौधरी (रुपन्देही) तथा उत्कृष्ट जिल्ला समाचारदातातर्फ रुपनी जिएम (बाँके), मनोज दाहाल (मोरङ) र निरञ्जनकुमार साह (धनुषा)ले पुरस्कार प्राप्त गर्नुभयो । उक्त पुरस्कारको राशि …

0 comment
0 FacebookTwitterEmail

मकवानपुरमा एकैदिन चार पालिकाबाट चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ। सिबिन बाल हेल्पलाइनका अनुसार कैलाश गाउँपालिका, मनहरि गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा हुन लागेको बालविवाह रोकिएको हो। एकैदिन चार बालविवाह रोकिएको बाल हेल्पलाइनका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो।

कैलाश–३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका–३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो। मनहरि–४ की १५ वर्षीया बालिका र हेटौँडा–३ बसामाडीका १८ वर्षीय युवकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ।

यस्तै मकवानपुरगढी–२ की १८ वर्षीया र हेटौँडा–१७ का २५ वर्षीय युवकबीच हुन लागेको बालविवाह रोकिएको ज्ञवालीले बताउनुभयो। बालविवाह हुन लागेको सूचना प्राप्त भएपछि अनुगमन गर्दा रोक्न …

0 comment
0 FacebookTwitterEmail

घर बाटो सिफारिस बापत रु १५ लाख घुससहित पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका – ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा निजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यही माघ ३ गते रङ्गेहात पक्राउ गरेको थियो।

नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु १५ लाख  कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय हुन मागदाबी लिई माघ २६ गते  विशेष …

0 comment
0 FacebookTwitterEmail

नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ।

माघ २४ गते यहाँ आयोजित एक समारोहबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै ती दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन्। नेपालजस्ता विकासोन्मुख देशहरूमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसमसम्बन्धी प्रकोपलाई सम्बोधन गर्न तथा जलवायु सङ्कटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने उक्त साझेदारीको उद्देश्य रहेको छ। कार्यक्रममा डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जलवायु सङ्कटको सामना गर्न वन्यजन्तु र जैविक विविधताको संरक्षण आवश्यक रहेकामा जोड दिँदै यसले …

0 comment
0 FacebookTwitterEmail

विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले दोस्रो कार्यकालका लागि कार्यभार सम्हाल्नुभएको छ। उहाँ दक्षिण एसिया एवं नेपालबाट सो पदमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ।

पहिलोपटक सन् २०२० फेब्रुअरी २ मा चापागाईंले उक्त पदको पहिलो चारवर्षे कार्यकाल सम्हाल्नुभएको थियो। स्विट्जरल्यान्डको जेनेभामा गत वैशाखमा सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्षअगाडि नै उहाँलाई दोस्रो कार्यकालका लागि पुनः समयावधि थप गर्ने निर्णय गरेको थियो। सो बोर्डमा विश्वका २९ देश सहभागी हुने जनाइएको छ। अब चापागाईं सन् २०२८ को जनवरीसम्म  आइएफआरसीको महासचिव तथा प्रमुख …

0 comment
0 FacebookTwitterEmail

बाँकेको डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रमअन्तर्गत एसइई पास गरेका छात्रालाई साइकल वितरण गरेको छ। घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका छात्रालाई आइतबार साइकल वितरण गरिएको हो। विसं २०७९ मा एसइई पास गरेका गाउँपालिकाका सात माध्यमिक विद्यालयका ९२ छात्रालाई साइकल वितरण गरिएको शिक्षा शाखाका स्रोत व्यक्ति राम एकवाल मण्डलले बताउनुभयो।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरेको उल्लेख गर्दै उच्च शिक्षा हासिल गर्न टाढा तथा बजारसम्म आवतजावत गर्न मद्दत पुग्ने बताउनुभयो। उहाँले विशेषगरी मधेसी समुदायका किशोरीले साधारण कक्षा पढेपछि विभिन्न कारण उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो …

0 comment
0 FacebookTwitterEmail

सोनी टेलिभिजनले जी इन्टरटेनमेन्टसँग १० अर्ब अमेरिकी डलरमा समायोजनका लागि सन् २०२१ मा गरेको सम्झौताबाट बाहिरिएको सोमबार जानकारी गराएको छ। डिज्नी, अमेजन र नेटफ्लिक्सजस्ता स्ट्रिमिङ प्रतिद्वन्द्वीहरूसँग १.४ अर्ब मानिसहरूको बढ्दो मनोरञ्जन बजारमा राम्रो प्रतिस्पर्धा गर्ने दुबै फर्महरूको आशामा अहिले विकास भएको परिस्थितिले धक्का दिएको छ।

जापानी कम्पनी सोनीले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “दुई कम्पनीबीच भएको आंशिक समायोजन सम्झौता खारेज गरिएको छ। सम्झौताको अन्तिम शर्तहरूमा दुई कम्पनीबीच सहमति हुन नसक्दा सम्झौताबाट बाहिरिनुपरेको हो।”

सन् २०२१ मा जीका प्रमुख कार्यकारी पुनीत गोयन्काले नयाँ सङ्गठनको मूल्य १० अर्ब अमेरिकी डलरको हाराहारीमा हुने र वार्षिक आम्दानी दुई अर्ब डलर पुग्ने बताउनुभएको …

0 comment
0 FacebookTwitterEmail

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा मङ्गल वादीले मादल बेचेर घर खर्चको जोहो गर्दै आउनुभएको छ। विगत पाँच वर्षदेखि उहाँले यहाँ मादल व्यवसाय सञ्चालन गर्दै आउनुभएको हो।

चाडपर्व तथा घरायसी खर्च मादल बेचेर व्यवस्थापन गर्दै आएको वादीले बताउनुभयो। राप्ती राजमार्गको छेउमा व्यवसाय सञ्चालन गरेको भन्दै बजारको कुनै समस्या नरहेको उहाँले बताउनुभयो।

“आवश्यक परेको बेला जिल्ला बाहिरका व्यक्तिसमेत मादल किन्न आउने गर्छन्। दसैँतिहारको बीचमा मादल बनाउन भ्याइनभ्याइ हुन्छ”, वादीले भन्नुभयो, “व्यवसाय सुरु गरेको पाँच वर्ष भयो। मादल बिक्री गरेरै वर्षमा रू दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ। बजारको समस्या छैन पसलमै मादल किन्न मान्छेहरु आउँछन्।” उहाँका अनुसार अहिले पसलबाट दमाहा, …

0 comment
0 FacebookTwitterEmail

बाँकेको कोहलपुर नगरपालिकाले सातौं नगरस्तरीय मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितामा केही विद्यालयले फर्जी खेलाडी समावेश गरेको पाइएको बताएको छ। नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले आज छानबिन समितिको प्रतिवेदन सावर्जनिक गर्दै छ विद्यालयले फर्जी खेलाडी समावेश गरेको निष्कर्ष निकालेको हो।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय खड्कवारले छात्रतर्फको भलिबल खेलमा, ज्ञानज्योति मावि चपरगौडीले पनि छात्रतर्फको भलिबल खेलमा, एभरेष्ट सैनिक माध्यामिक विद्यालय प्रेमनगरले छात्रतर्फको भलिबलमा फर्जी खेलाडी खेलाएको पाइएको समितिको निष्कर्ष छ। ग्रीन पिस सेकेन्डरी स्कुल चपरगौडीले चार सय मिटर दौडमा बढी उमेरका खेलाडी सहभागी गराएको र त्रिभुवन उच्च मावि कोहलपुरले तीन हजार मिटर दौडमा फर्जी खेलाडीलाई …

0 comment
0 FacebookTwitterEmail

दैनिकजसो गाउँ पसेर जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि झापाको शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ। जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन साइरन वितरण गरेको हो।

वडाध्यक्ष सन्त फेउदिनले राजमार्गको उत्तरतर्फबाट रतुवामाई वृक्षरोपण आयोजना हुँदै झिलझिले, डुँडामारी र धरमपुर चोकबाट गाउँ पसेर हात्तीले स्थानीयवासीको घर भत्काउने तथा अन्नबाली नष्ट गर्न थालेपछि बिहीबार १० थान साइरन वितरण गरिएको जानकारी दिनुभयो। उहाँले सो क्षेत्रमा धेरै जनधनको क्षति भएकाले हात्ती धपाउनका लागि साइरन वितरण गरिएको बताउनुभयो।

“साइरन बजेपछि हात्ती गाउँ प्रवेश गरेको स्थानीयवासीलाई जानकारी हुन्छ …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved