Home » नीति/राजनीति » Page 46
Category:

नीति/राजनीति

निर्वाचनलाई हेर्ने दृष्टिकोण

मैले मेरो घर नजिकैका एक अधबैँसे पुरुषलाई ‘हैन दाइ चुनाव आएछ नि!’ भनी कुरा गरेँ। उनले प्रतिक्रिया दिए ‘हेर भाइ जाल, झेल र तिकडम गर्न जान्ने, अनि रुपैयाँ खर्च गर्न सक्ने मानिस निर्वाचित हुने हुन्। पहिले के के न गर्छु भनेर बाचा गर्छन्। घर घर आएर नमस्कार गर्छन्। चुनाव जितिसकेपछि नाक मुख देखाउने हैनन्। कतै भेट भए पनि चिनेको नचिने झैं गर्ने हुन्। सबै लुट्ने नै हुन्, यिनीहरूमा कतिपय त पुरानै अनुहारका छन्, धेरै जसो नयाँ अनुहारका आएर लुट्ने हुन्- चुनावमा।’

उनी त्यतिकैमा रोकिएनन् ‘हामी जनताको सेवा गर्ने हौं भन्छन्, चुनावका बेला देखापर्छन्, अरु बेला हराउँछन्। प्राय: …

यसपालीको चुनावमा प्रभाव पार्ने तत्त्व
0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभा तर्फको समानुपातिकको बन्द सूचीमा झापाका ६२ जनाको नाम समावेश भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रतिनिधिसभाका लागि मात्रै ६२ र प्रदेश सभा सदस्यका लागि १६५ गरी २२७ जनाको नाम बन्द सूचीमा समावेश भएको हो ।

प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसबाट तीन जनाको मात्रै नाम बन्द सूचीमा परेको छ । पार्टीकी केन्द्रीय सदस्य तथा पूर्व कृषि राज्य मन्त्री सरिता प्रसाईं महिला खस आर्य तर्फ , पुरुष आदिवासी जनजाति तर्फ टेक बहादुर लिम्बू र पुरुष मधेशी कोटामा हरेकृष्ण घोषको नाम बन्द सूचीमा समावेश छ ।

नेपाल कम्युनिष्ट …

0 comment
0 FacebookTwitterEmail

आउँदो मंसिर ४ गतेको निर्वाचनमा मतदान गर्न योग्य चितवनका मतदाताको संख्या ३ लाख ९७ हजार ६ सय ८५ जना छन्। तीमध्ये ५१ दशमलव ४६ प्रतिशत अर्थात्, २ लाख ४ हजार ६६६ जना महिला मतदाता छन्।

वैदेशिक रोजगारीका कारणले देशबाहिर रहेका जनसंख्या हिसाब गर्ने हो भने यहाँको ३ मध्ये जुन क्षेत्रबाट उठे पनि महिला मतदाताकै मत हरेक उम्मेदवारको जितको लागि निर्णायक हुन्छ।

तर, यहाँका महिला मतदाताले सिधै महिला उम्मेदवारलाई मतदान गर्ने अवसरबाट भने दलहरूले लगभग बञ्चित गराएका छन्। यहाँका ३ निर्वाचन क्षेत्रमध्ये ३ वटैमा दलका उम्मेदवार नै बलिया देखिन्छन्। केही स्वतन्त्र व्यक्तिहरू उम्मेदवार बनेपनि यसअघिको निर्वाचन र यहाँका राजनीतिक दलमा विभाजित …

0 comment
0 FacebookTwitterEmail

आचारका विख्यात गुरु तथा दार्शनिक कन्फ्युसियसलाई एकपटक उनका शिष्य त्सेकुङ्गले सरकार चलाउन नभै नहुने तीन वटा आधारभूत तत्त्व के होलान् भनी गरेको प्रश्नमा कन्फ्युसियसको जवाफ थियो ‘पर्‍याप्त अन्न, पर्‍याप्त हतियार र जनविश्वास।’ फेरि शिष्यले थप प्रश्न गरे ‘तीनवटा चिज प्राप्त हुन नसक्ने अवस्था भएमा सो मध्ये कुनै एउटालाई त्यागिदिनु पर्यो भने हजुरले कुन चिज छोड्नु हुन्छ?’ कन्फ्युसियसले जवाफ दिन्छन् ‘हतियार लाई’। त्यस पछि पुन: शिष्यले प्रश्न गर्छन् ‘बाँकी २ चिजमा फेरि अर्को चिज छोडीदिनुपरेमा ?’ पुन: कन्फ्युसियस जवाफ दिन्छन् ‘अन्न लाई’ किन भने ‘मृत्यु त अनन्तकालदेखि नै मानिसको अभिन्न अङ्ग भई आएको छ तर जनताको विश्वास भएन भने कुनै पनि …

0 comment
0 FacebookTwitterEmail

अघिल्लो दिनसम्म चलेको पार्टी प्रवेशको लहर उम्मेदवारी दर्ता गर्ने दिन विद्रोहमा परिणत भएको छ। कतिपय स्थानीय नेताहरू ‘आयाराम,  गयाराम’ बनेका छन्। टिकट पाउने सर्तमा लोसपा परित्याग गरेर एमालेमा प्रवेश गरेका प्रेदश सांसद प्रह्लाद गिरीको पनि एमाले र जसपाको गठबन्धन पछि बिचल्ली भएको छ। पर्सा क्षेत्र नम्बर ३ को ‘ख’ जसपाको भागमा परेपछि प्रह्लाद गिरी विगत २४ घन्टामा तीन वटा दल परिवर्तन गरेको हल्ला चलेको थियो।  पुन: लोसपामा फिर्ता भए तर त्यसमा पनि टिकट गठबन्धनको भागबन्डा नपरेपछि उनी मित्रवत रूपमा नेकपा एसबाट उम्मेदवार बनेका छन्।
ठूला राष्ट्रिय दलभन्दा पनि मधेसी दलमा विद्रोहको ठूलो चक्रवात देखिएको छ। एमालेसँग भएको गठबन्धनलाई दोश्रो तहका …

‘गठबन्धन होइन, यो ठगबन्धन हो’
0 comment
0 FacebookTwitterEmail

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गत महिना लगभग निर्माण सम्पन्न भएको नयाँ संसद् भवनको छतमा उभिए र भारतीय स्वतन्त्रताको ७५ औं वर्षगाँठ मनाउन निर्माण गरिएको मञ्च नजिक रहेको घिर्नी ताने।

एउटा फराकिलो रातो पर्दा संरचनाको मुकुट मूर्ति प्रकट गर्न पछाडि सर्‍यो। सो दृश्य देखेर भारतका धेरै निसास्सिए।

जनावरहरूलाई सामान्यतया राजसी र संयमित रूपमा चित्रण गरिन्छ तर त्यहा देखिएका मूर्ति फरक खालका देखिन्थे। अर्थात् तिनीहरू क्रोधित र आक्रामक भएर दाह्रा बाहिर निकालेका जस्ता देखिन्थे।

२१ फिट अग्लो कास्य आकृति जसमा चारवटा सिंह एकअर्काको ढाडमा बसेका छन् र बाहिरपट्टी फर्किएको छ। यो भारतको सम्मानित राष्ट्रिय प्रतीक हो। यसले गर्जिंदो “नयाँ भारत” लाई झल्काउँछ।…

लोकतन्त्र मरिरहेको मोदीको भारत
0 comment
0 FacebookTwitterEmail

भ्रष्टाचारको अभिन्न सम्बन्ध मानव अधिकार र लोकतन्त्रसँग जोडिएको हुन्छ। त्यसैले यो सामग्रीको प्रारम्भ त्यहींबाट गर्न उपयुक्त हुन्छ। भ्रष्टाचार विश्वव्यापी रोग हो र यसको न्यूनीकरण संभव छ तर निदान असंभव। नेपाल भ्रष्टाचारग्रस्त मुलुक हो र यसबाट नेपाली जनताले मुक्ति पाउने सम्भावना साह्रै न्यून छ। भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने मूल संस्थागत राजनीतिक स्रोत नै भ्रष्टाचार पीडित र पीडकसमेत भएकाले उपचार  विधिले काम गर्दैन। त्यसैले देशमा भ्रष्टाचार नियन्त्रणको आवश्यकता भन्दा बढी कानूनी एवं संस्थागत संयन्त्र भएर पनि न्यूनीकरणका संकेतसम्म देखा पर्न सकेका छैनन्। ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) प्रतिवेदनले त्यही देखाउँछ। देश विकासको गतिमा बढेसँगै भ्रष्टाचारको गति पनि घट्दै जान्छ। हाम्रो प्रयास …

भ्रष्टाचार बढनुको कारणः कानून कार्यान्वयन नहुनु
0 comment
0 FacebookTwitterEmail

देश चुनावमा होमिन लागेको यो समयमा नागरिकका रूपमा हाम्रो चासोहरू के के हुन? नेपालमा दिगो शान्ति कायम गर्न, सुरक्षाको अवस्था सबल बनाउन र न्यायमा पहुँच पुर्‍याएर कानुनको शासन सबल पार्ने आजको राजनीति वा शासनको मुख्य लक्ष्य हुनुपर्छ। त्यसो भएको छ त? निर्वाचनका बेलामा हुने बहसहरूमा नागरिकका चासोहरू प्रखर रूपमा प्रकट भएनन् भने ती छायाँ पर्न सक्छन्। त्यसैले आउनुहोस् बहस थालौ।

यति बेला हामीलाई शासकीय सुधारका लागि कठोर कदम आवश्यक छ। राजनीतिले असल शासन दिन तथा भ्रष्टाचार नियन्त्रण गर्न सबल सार्वजनिक संस्थाहरू विकास गरिनुपर्छ। साथै राज्यका संरचनाहरू अधिकतम समावेशी बनाउने एवं सबै तहको निर्णय प्रक्रियामा सहभागितमूलक पद्धति अवलम्बन हुनुपर्छ।

हरेक नागरिक …

निर्वाचनमा हाम्रो आठ चासो
0 comment
0 FacebookTwitterEmail

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा दलहरू प्रतिष्पर्धा लागि आन्तरिक तयारीमा जुटिरहेका छन्। यस वेला आम जनतादेखि लिएर दलका सदस्यहरू र तल्ला समितिहरूमा आवद्ध कार्यकर्ताहरूलाई समेत दलहरूले कस्तो घोषणापत्र ल्याउलान भन्ने चासो बढिरहेको छ। हाम्रा प्राथमिकताहरू घोषणापत्रमा कसरी समेटिने हुन्? उमेदवार कसलाई उठाउने हुन्? हामीले रुचाएको मानिस उठाउलान् कि अरु नै? हाम्रै निर्वाचन क्षेत्रको स्थानीय व्यक्तिलाई उठाउलान् कि बाहिरको?  हाम्रै बिरादरीको उमेदवार होलाकी अरु नै, महिलालाई उठाउलान् कि पुरुषलाई? वर्चस्वधारी समूहको हुनेकि दमित समूहको? अरु दलहरूले कस्तो व्यक्तिलाई टिकट देलान्? कोही स्वतन्त्र व्यक्ति पनि उठ्लान् कि? आफू सम्बद्ध भएको दलले यो प्रक्रियामा मसँग पनि केही सुझाव माग्छ कि उनीहरूले …

0 comment
0 FacebookTwitterEmail

समाजवादको सैद्धान्तिक प्रस्तावना

अक्सफोर्ड राजनीति शास्त्रको पारिभाषिक शब्दकोषले समाजवादको व्याख्या यसरी गरेको छ– ‘उत्पादनवितरण र विनिमयका साधनमा राज्यको (मात्र ) स्वामित्व (र नियन्त्रण ) हुनेव्यक्तिको निजी स्वामित्व नहुने समतामूलक व्यवस्था’। त्यसैगरी साम्यवादलाई उस्ले ‘वर्ग सङ्घर्षको क्रान्तिमा पुँजीपति वर्ग उपर विजयी हुने सर्वहारा वर्गद्वारा स्थापित समाजवादी राज्य’ भनी परिभाषा गरेको छजहाँ निजी सम्पत्ति उन्मूलन गरिएको हुन्छ र उत्पादनका साधनको स्वामित्व तथा जीवन निर्वाहका साधनको जिम्मा राज्यको हुन्छ।

अक्सफोर्ड अर्थशास्त्रको पारिभाषिक शब्दकोषले पनि ‘भूमि तथा पुँजी जस्ता (उत्पादनका) साधनहरूका उपयोग पुँजीपति वर्गको (मात्र) हितमा नगरी सामूहिक हितमा उपयोग गर्ने’ अर्थ प्रणालीको रूपमा समाजवादको परिभाषा गरेको छ। …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved