समानुपातिकको बन्द सूचीमा झापाका २२७ जना, बोलबालाकै नाम अगाडि

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभा तर्फको समानुपातिकको बन्द सूचीमा झापाका ६२ जनाको नाम समावेश भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रतिनिधिसभाका लागि मात्रै ६२ र प्रदेश सभा सदस्यका लागि १६५ गरी २२७ जनाको नाम बन्द सूचीमा समावेश भएको हो ।

प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसबाट तीन जनाको मात्रै नाम बन्द सूचीमा परेको छ । पार्टीकी केन्द्रीय सदस्य तथा पूर्व कृषि राज्य मन्त्री सरिता प्रसाईं महिला खस आर्य तर्फ , पुरुष आदिवासी जनजाति तर्फ टेक बहादुर लिम्बू र पुरुष मधेशी कोटामा हरेकृष्ण घोषको नाम बन्द सूचीमा समावेश छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेलिनवादी) पार्टीबाट आठ जनाको नाम बन्द सूचीमा समावेश छ । नेकपा (एमाले) बाट सुनिता बराल, नर्वदादेवी  सिवाकोटी पाठक, निरमाया पुलामी, कालुमान राई, हर्कमाया विश्वकर्मा , अञ्जु प्रसाईँ बर्देवा र अमृतलाल राजवंशीको नाम बन्द सूचीमा समावेश छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट दुई जनाको मात्रै नाम बन्द सूचीमा समावेश छ । निर्वाचन आयोगले सार्वजनिक गरेको बन्द सूचीमा मणिकुमार साम्पाङ र लक्ष्मी न्यौपानेको नाम समावेश छ ।

प्रतिनिधि सभा सदस्यका लागि भिन्न भिन्नै २० वटा पार्टीबाट ६२ जनाको नाम बन्द सूचीमा समावेश छ भने प्रदेश सभा सदस्यका लागि ३० वटा पार्टीका १६५ जनाको नाम समावेश छ ।

कुन पार्टीबाट को को परे बन्द सूचीमा

प्रतिनिधिसभा तर्फ

नेपाली कांग्रेस – सरिता प्रसाईं, टेक बहादुर लिम्बू, हरेकृष्ण घोष ।

नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत मार्क्सवादी लेनिनवादी ) – सुनिता बराल, नर्वदादेवी शिवाकोटी पाठक, निरमाया पुलामी, कालुमान राई, भीमबहादुर खवास, हर्कमाया विश्वकर्मा, अञ्जु प्रसाईं बर्देवा र अमृतलाल राजवंशी ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)– मणिकुमार साङपाङ, लक्ष्मी न्यौपाने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) – विकेन्द्रकुमार लिम्बू, रमिता थिङ तामाङ, रुपदल विश्वकर्मा, अञ्जरा आलम, राजमुन खातुन पैठान ।

नेपाल समाजवादी पार्टी– चन्दा पराजुली, विमल थुलङ लिम्बू ।

मंगोल नेशनल अर्गनाइजेशन– शिखा लिम्बू ।

मितेरी पार्टी नेपाल– घनेन्द्रबहादुर बस्नेत, मेनुका अधिकारी ।

जनमत पार्टी– बाबुराम राजवंशी, आशिमलाल राजवंशी र विजयकुमार ताजपुरिया ।

नेपालका लागि नेपाली पार्टी– सविना थापा, उमेश आचार्य, रेजिना श्रेष्ठ, अजयकुमार गोयल ।

लोकतान्त्रिक समाजवादी पार्टी– प्रेमकुमार थाम्सुहाङ, राजु मेचे, श्यामाकुमारी राजवंशी, सुकमाया लिम्बू ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी– कृष्णकुमारी विश्वकर्मा ।

राष्ट्रिय जनमुक्ति पार्टी– तारादेवी विश्वकर्मा ।

नागरिक उन्मुक्ति पार्टी– दीपक पाठक, रत्न सुब्बा ।

नेपाल कम्युनिष्ट पार्टी( मार्क्सवादी, लेलिनवादी)– भोलानाथ उप्रेती, रेनुका सापकोटा ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च( थारुहट)– अरुणा कट्टेल ।

नेपाल जनता पार्टी– हेमलता राई, विष्णुप्रसाद लिङदेन, भक्तबहादुर विश्वकर्मा ।

राष्ट्रिय स्वतन्त्र पार्टी– इन्दिरा राना मगर, निशा डाँगी, रुपा लावती, मनोज राजवंशी ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल– सावित्रा राई ।

जनता समाजवादी पार्टी नेपाल– सहनाज रहमान, सावित्रीकुमारी राजवंशी, हिरादेवी राईपञ्चमाया लिम्बू ।

हाम्रो नेपाली पार्टी– मोहनकुमार तिम्सिना, लालबहादुर कामी ।

जनजागरण पार्टी नेपाल– विष्णुप्रसाद खनाल, निर्मला खनाल ।

जन समाजवादी पार्टी नेपाल– पेशलराज पोखरेल, महेन्द्रप्रसाद आर्चाय, यामकुमार बराईली, यादवप्रसाद चौधरी ।

प्रदेशसभा तर्फ

नेपाली कांग्रेस– उद्धव थापा, मोहन महर्जन, बालजित राई, कालु मेचे, मैया श्रेष्ठ, पम्पादेवी विश्वकर्मा, लखीकुमारी गणेश ।

नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत मार्क्सवादी लेनिनवाद ) – तारादेवी ढकाल, द्रोणचार्य निरौला नम्बरलाल धिमाल, विद्यानन्द सिंह राजवंशी, धनबहादुर थेवे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी– गोपाल हेमरम सतार, हर्कजङ लिम्बू, निमसरी राजवंशी, भरीपूर्ण राई, रिताकुमारी बस्नेत श्रेष्ठ, अम्बरबहादुर विष्ट, विजयप्रसाद बराल, खगेन्द्रबहादुर भट्टराई, रञ्जु प्याकुरेल, सुनिता शर्मा, गोपालबहादुर विश्वकर्मा, भीमकुमारी घतानी, इसरत फतमा ।

एकल निर्वाचन चिन्ह गोलाकारभित्र हँसिया हथौडा लिएका (नेकपा माओवादी केन्द्र ) – खड्गबहादुर कदङवा, वन्दना झाँगड, छत्रबहादुर तिम्सिना, निर्मला खतिवडा, हुकुमबहादुर नेपाली ।

किरात खम्बुवान साझा पार्टी– उषा राई, मिना सुब्बा लिम्बू, डकमाया थापा मगर, विष्णुकुमार राजवंशी, सरोज माझी, विक्रम थापा मागर, दुर्गाबहादुर कटुवाल, हरिमाया चम्लागाई, रुपा चौधरी, मैनाकुमारी बराइली, चन्द्रकला गुप्ता ।

मंगोल नेशनल अर्गनाईजेशन – शाान्तिलाल धिमाल, गजेन्द्र प्रसाद मादेन लिम्बू, देवदत्त राई, सावित्रा मेचे, डम्बरबहादुर जोगी भविश्वर थापा, चन्द्रकला जोगी, जशोदा थापा, सरिता दर्जी ।

नेपाल मजदुर किसान पार्टी– पुतुल राजवंशी,सपना राजवंशी, प्रेमकुमार लिम्बू, नरदीप योङहाङ लिम्बू, सुशिल गौली ।

जनमत पार्टी– ताराकुमारी राजवंशी ।

नेपाल कम्युनिष्ट पार्टी– मनकुमारी पन्दाक, रम्भा राजवंशी, लीलाश्वर पालुङवा, रोशनराज लिम्बू, चन्द्रमाया पाठक, रामप्रसाद कट्टेल, दमत्ता लामिछाने, पुष्कर पोखरेल, अशोक घिमिरे, कल्पनाा पोखरेल ।

मौलिक जरोकिलो पार्टी– इन्द्रप्रसाद ओली, अर्जुनकुमार भट्टराई, विष्णुमाया ढकाल, अनिता राजवंशी, कुमारी चाौधरी, दुर्गा राजवंशी, ज्योति मुर्मु मडी, देवी मुखिया, प्रेमकला मुर्मु , शान्तामाया राई, फुलमाया बास्के, कुमारी राई, उषा दमाई, नाहिदा खातुन, इन्दिरा भट्टराई, अञ्जु अग्रवााल ।

आमूल परिर्वतन महिसा पार्टी नेपाल– मनकुमार खादुङ लिम्बू, राधिका अधिकारी, मञ्जु संगुरे, टिकाराम आर्चाय, दिलबहादुर तामाङ, भोजकुमारी नितुङ ।

नेपालका लागि नेपाली– खेमकुमारी मिश्र, लक्ष्मी ढुङगाना, सुनिता तामाङ, वीरबहादुर तामाङ ।

नागरिक उन्मुक्ति पार्टी– सवनम विष्ट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल– मोतिलाल राजवंशी, मोनेलाल चौधरी, नारायण राजवंशी, गोलसिंह राजवंशी, ममता राई, देवीप्रसाद दङगाल, माया राई चम्लागाईँ, पुजा अधिकारी, चन्द्रकला चौधरी ।

नेपाल कम्युनिष्ट पार्टी (माले) :– पूर्णिमा राजवंशी ।

विवेकशील साझा पार्टी– तीर्थराज चाम्लिङराई ।

नेपाली कांग्रेस वीपी– जमुनाकुमारी राजवंशी, देवीबहानदुर भूजेल ।

नेशनालिष्ट पिपल्स पार्टी– रजनी कार्की ।

एकल निर्वाचन चिन्ह बच्चा काखमा लिएकी आमा लिएका (नौलो जनवादी ) – मिलन श्रेष्ठ, अञ्जु भण्डारी ।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी समाजवादी)– जंगलीमाया धिमाल ।

जनता समाजवादी पार्टी नेपाल– सर्मिला फेउदिन, गंगा सागर शेर्पा, धनप्रसाद गुरुङ, चन्द्रकुमारी कार्की ।

एकल चुनाव चिन्ह गितार लिएका(नेकपा समाजवादी)–  नरमाया राजवंशी,

हाम्रो नेपाली पार्टी– लक्ष्मीप्रसाद गुरुङ, हरिलाल धिमाल, राजनारायण राजवंशी, अबुला लिम्बू, चण्डीका लिम्बू, मोहन राजवंशी,बनिषा मुर्मु ।

नेपाली जनता दल– केशरमाया गुरुङ, धनकुमारी गुरुङ, खगेन्द्र बराइली, भीमप्रसाद बास्कोटा, पावती कार्की, शोभा निरौला, मिरा बराइली, सर्मिला मेचे ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– ज्ञानबहादुर इम्बुङ लिम्बू, सुमन धिमाल, विष्णुमाया थापा, लीलामाया सुब्बा, मुना साङपाङ राई, गंगाकुमारी धिमाल, भानुभक्त भट्टराई, मिनप्रसाद चम्लागाई, राामप्रसाद थपलिया, लक्ष्मी भट्टराई आर्चाय, दिवासरी थपलिया, राजकुमार माझी, जर्तन किस्कु, निरादेवी हास्दा ।

जनजागरण पार्टी– सुनिताकुमारी सिंह कुर्मी ।

बहुजन शक्ति पार्टी–अरुणा कट्टेल ।

जनसमाजवादी पार्टी नेपाल– तृप्ती आर्चाय, लेखन राजवंशी, रिवज ल्वागून ।

नेपाल संघीय समाजवादी पार्टी– बबिता श्रेष्ठ, जंगबीर राई, मुनाकुमारी पौडेल, गंगाालाल दाहाल, निर्माला ओझा ।

नेपाल जनता पार्टी–बबिता थपलिया, भीमा राई, टेकबहादुर देवान, गम्भीरबहादुर राई, सोमनाथ सुवेदी, शान्तादेवी लुइटेल, कल्पनादेवी सपकोटा सुवेदी, मुना विश्वकर्मा, लीलाकुमारी सिंह ।

निर्वाचन आयोगले सार्वजनिक गरेको बन्द सूचीमा समावेश नाम मध्ये प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसबाट छनौट भएकी सरिता प्रसाईं पूर्व राज्य मन्त्री हुनुहुन्छ । त्यस्तै प्रदेश सभा सदस्यका लागि बन्द सूचीमा पर्ने उद्धव थापा नेपाली कांग्रेस प्रदेश १ सभापति हुनुहुन्छ।

यता माओवादी केन्द्रबाट बन्द सूचीमा पर्ने विजय साम्पाङ पनि पार्टीका १ नम्वर प्रदेश कमिटी उपाध्यक्ष हुनुहुन्छ।

नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) कि सुनिता बराल अनेरास्ववियूकी अध्यक्ष हुनुहुन्छ भने अमृतलाल राजवंशी संविधानसभा सदस्य हुनुहुन्छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सुरेन्द्र भण्डारी/झापा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link