भ्रष्टाचार राष्ट्रसेवकहरूले गर्ने राष्ट्रविरूद्धको फौजदारी अपराध हो। यिनीहरू राजनैतिक, सामाजिक, नैतिक र कानूनी रूपमा पनि ‘हैसियतवाला’ हुने भएकाले भ्रष्टाचार रूपी अपराधमा संलग्न हुनु अघि वा पछि आफ्नो ‘हैसियत’ जोगाउन दोष मुक्तिका अनेकौं तरिकाहरू अपनाउने गर्छन्।
अपराधशास्त्रमा यस्ता तरिकाहरूलाई ‘न्युट्रलाईजेशन वा र्यासनालाईजेशन टेक्निक्स’ भनिएको छ। नेपाली भाषामा यी शब्दहरूको अपराधको ‘सामान्यीकरण’ वा ‘औचित्यीकरण’ भन्न सकिएला। यस लेखमा भने अपराधको ‘बहाना’ भन्ने शब्दले बढी अर्थबोध हुने ठानेर यही शब्दको प्रयोग गरिएको छ।
नेपाली शब्दकोषहरूले पनि ‘बहाना’ को अर्थ देखौवा (देखाउन मात्र) कारण भनेका छन्। भ्रष्टाचारीहरूले पनि नैतिक र कानूनी देखिएर अनैतिक र गैरकानूनी काम गर्नु परेको विरोधाभाषका बीचमा ‘देखौवा कारण’ हरूको प्रयोग …
