Home » विचार » Page 15
Category:

विचार

भारतमा इतिहास शिक्षणको वर्तमान अवस्था हेर्दा यसले भूतकालका विभिन्न घटना बारे जानकारीसम्म दिन्छ भन्ने थाहा हुन्छ । त्यसोभए के इतिहासको काम केवल भूतकालका घटनाहरूबारे जानकारी दिनु मात्र हो? सत्य-असत्य घटनाहरूको ठीकठीक जानकारी दिनु चाहिँ होइन ? यदि इतिहासको काम पुराना घटनाहरूको जानकारी मात्र उपलब्ध गराउने हो भने तिनको उपयोगिता के ? इतिहास शिक्षणको सम्पूर्ण परम्परामा यस प्रश्नको उत्तर प्राप्त हुँदैन र परिणामबाट प्रष्ट बुझ्नु पर्छ कि इतिहास अध्ययनको लक्ष नै प्रष्ट छैन।

इतिहास शिक्षणको उद्देश्य नै प्रष्ट नहुँदा राष्ट्रिय पाठ्यक्रममा समावेश गरिएका सामग्री र तिनको प्रामाणिकताका विषयमा प्रश्न उठ्नु स्वभाविक हुन्छ। यदि कुनै राष्ट्रको इतिहास नै प्रष्ट छैन भने त्यसमा …

0 comment
0 FacebookTwitterEmail

छयासी वर्षको उमेरमा आफ्नी जीवनसंगिनीको स्वर्गारोहण भएपछि एकजना वृद्ध भावविह्वल हुनुहुथ्यो। उहाँका ६ भाइ छोरा, बुहारी र नाति नातिनाहरू भएको ठूलो परिवार थियो। आमाको निधन भएपछि छोराहरूसहितका परिवारजनले आफ्नो रीति परम्परा अनुसार काजक्रियाको कर्म सके र बुबालाई सोधे – ‘अब तपाईं कहाँ, को (कुन छोरा /बुहारी ?) सँग बस्नुहुन्छ त ? वृद्ध बुबाले आँखाभरि बरर आँसु झारेर सबै छोरा, बुहारीतिर हेर्नुभयो र भन्नुभयो– ‘पख, म मेरो मनलाई सोध्छु, अनि भनुँला।’ आखिर मन के हो ? जससँग ती वृद्ध बुबाले सोध्छु भन्नुहुन्छ।
मन के हो ?
नेपाली शब्दकोषका अनुसार –“मन भनेको प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार संकल्प, विकल्प आदिलाई नियन्त्रित वा …

0 comment
0 FacebookTwitterEmail

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको भ्रमणमा आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने नेपाली बुझाइले फेल खाएको छ। यो विमानस्थलको प्रयोजन लुम्बिनी आउने धार्मिक पर्यटकसँग मात्र सीमित त होइन तर यसको प्रमुख लक्ष्य भने धार्मिक पर्यटक नै रहेको पाइन्छ। यस अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा भएका कागजात तथा विचारविमर्शहरूले यो कुराको पुष्टि गर्दछ। यसरी नै प्रचार गरिँदै आएको वर्षौवर्ष भइसक्यो पनि तर बौद्ध स्थलको भ्रमणमा आउने पर्यटकहरू मात्रै होइन, अन्यका लागि पनि यो विमानस्थल अपेक्षा गरिएजस्तो उपयोगमा आउन सकिरहेको छैन।
विमानस्थलको उद्घाटनका बेला दैनिक दशदेखि पन्ध्र वटासम्म उडान भर्ने अपेक्षा राखिएको थियो तर उद्घाटनको छ महिना बितिसक्दासमेत हप्तामा बल्ल एउटा उडान भरेर …

0 comment
0 FacebookTwitterEmail

भरत कुमार विमल राजनीतिक  वृत्तमा भरतिवमल यादव भनेर चिनिनुहुन्छ। उहाँ मधेशको राजनीतिलाई नजिकबाट नियाल्ने अध्ययनशील व्यक्तिहरू मध्ये एक हुनुहुन्छ। उहाँ निष्ठाको राजनीति गर्न मन पराउने लोकतन्त्रवादी राजनीतिक व्यक्तित्व हुनुहुन्छ। मधेशको मात्र होइन नेपालकै राजनीतिलाई केस्राकेस्रा केलाउन सक्ने सामर्थ्य राख्नुहुन्छ। नेपालको राजनीति कसरी अघि बढिरहेको छ, कसरी बढ्नु पर्थ्यो ? नेपालमा देखिएको जातीय र क्षेत्रीय राजनीतिले मधेशमा कस्तो प्रभाव र परिणाम निम्तियो भनेर खुलेर कुरा गर्नु भएको छ। प्रस्तुत छ उहाँसँग आइएनएसडटन्युज-स्वतन्त्र समाचारले गरेको कुराकानीका आधारमा तयार गरिएको सामग्री:

आज म नेपालको राजनीति बारे केन्द्रित भएर केही चर्चा गर्ने प्रयत्न गरिरहेको छु। आगामी मंसिर ४ गते देशको प्रतिनिधि सभा र प्रदेश …

0 comment
0 FacebookTwitterEmail

बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर १ का ८५ वर्षीय अवधेश सहनी, बाँसको चित्रो, काठ र परालले बेरिएको छाप्रो बाहिर बसेर हरेक दिन चुनावी रमिता नियाली रहनुभएको छ। अस्ति भर्खर यसैगरी हुलका हुल मान्छे आएका थिए, फेरि नयाँ नयाँ अनुहार गाउँ पसेको थियो, विश्रामपुरका सहनी भन्नुहुन्छ– म त दलित हुँ, मेरो आँगनमा कोही पनि आउँदैन। परैबाट नमस्कार गरेर हिँड्छन्।

पुरानो खिया लागिसकेको कपडा सिलाउने कल आँगनमा राखेर पुरानो कुर्चीमा टोलाई रहनुभएका सहनीको छाप्रोमा आजसम्म कोही पसेको छैन। जताततै दुलो परेको पुरानो झुल, कुच्चिएका पुराना भाँडाबर्तन, जताततै टालेको ओढ्नेओछ्‌याउने र सानो माटोको पानी भर्ने गाग्रो,सहनीको संसार नै यही हो। छोराछोरी सबै लाखापाखा …

0 comment
0 FacebookTwitterEmail

नेपालमा कुनैबेला अधिकांशले सकेसम्म पहाडतिर भात र तराईतिर रोटी खाने गरेको पाइन्थ्यो। दैनिक साँझ बिहानै खाइने भात र रोटी नेपालीहरूको मूल खाना थियो। अहिले तराईतिर रोटी खानेहरूले पनि भात नै खान थालेका छन्। भात वा रोटी नेपालीहरूले बच्चैदेखि खाँदै आएकाले जबसम्म यी दुईमध्ये कुनै एक खाँदैनन् तब सम्म तृप्त भएको ठान्दैनन्। अरु जे जे खाए पनि तृप्तिका लागि भात वा रोटी नै खाने गर्दछन्। 
अधिकांश नेपालीले मुख्य खानाका रूपमा भातलाई नै लिने गरेको पाइन्छ। पेटभरि भात नखाइ राम्रोसँग निन्द्रा नै लाग्दैन भन्नेहरू पनि थुप्रै छन्। घरबाहिर कतै घुमफिर गर्न जाँदा पनि मुख्य खानामा भात खाएरै रमाउँछन्। भात विना एक–दुई दिन

भात स्वस्थकर कि रोटी ?
0 comment
0 FacebookTwitterEmail

संवैधानिक पदमा पहिला पनि नियुक्ति भए, भइरहेका छन्, हुनेवाला छन् र भइ नै रहने छन् । २०६३ साल अघिसम्म यस्ता नियुक्तिका लागि उमेर, अनुभव, शिक्षा, राजनीतिक दलको सदस्यता भए नभएको जस्ता वस्तुगत योग्यताहरू मात्र तोकिएका थिए । २०६३ सालको अन्तरिम संविधान देखि उपरोक्त योग्यताका अतिरिक्त उम्मेदवारको ‘उच्च नैतिक चरित्र’ (उनैच) हुनुपर्ने विषयगत योग्यता पनि तोकिएको छ ।
त्यसयताकाका नियुक्तिलाई नियाल्दा उम्मेदवारको ‘उनैच’ का सम्बन्धमा सिफारिसकर्ता संवैधानिक परिषद् र सुनुवाईकर्ता संसदीय समितिबाट कुनै परीक्षण गरिएको थाहा पाइएको छैन । पदासीन भइसकेपछि भने पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीका हकमा ‘नैतिक चरित्र’ को विवाद उत्पन्न भएर अदालतले निरोपण गर्नुपर्ने अवस्था आयो । …

संवैधानिक नियुक्ति भित्र उच्च नैतिक चरित्र
0 comment
0 FacebookTwitterEmail

कलाकार श्रीजनकुमार राजभण्डारी समसामयिक नेपाली कलाजगत्मा ‘एकेडेमिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै आएका सीमित कलाकारकामध्ये एक हुनुहुन्छ । जलरङ होस्, वा तेलरङ वा अन्य माध्यम नै किन नहोस्, कलाकार राजभण्डारी तिनमा एकदम सूक्ष्म र श्रमपूर्वक काम गर्नुहुन्छ । उहाँका ती कलाकृतिले नेपाली मन र माटोलाई प्रतिनिधित्व गर्दै आइरहेका छन् । ती चित्रलाई उहाँको मौलिक शिल्प–दक्षताको उदाहरण भनेर निकै प्रशंसनीय बटुल्दै आएको छ ।

काठमाडौंको अट्कोनारायणस्थानमा उहाँको जन्म वि.सं. २०१९ सालमा भएको हो । उहाँका बुबाआमा मोहनधर राजभण्डारी र गङ्गादेवी राजभण्डारी हुनुहुन्छ । आफ्नो समयमा उहाँका बुबाले विभिन्न किसिमका मूर्तिहरू बनाउनुहुन्थ्यो । उहाँ पनि सानैदेखि बुबाले बनाउनुभएका मूर्तिदेखि प्रभावित हुनुहुन्थ्यो । त्यसैले मूर्तिकलामा …

‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
0 comment
0 FacebookTwitterEmail

चुनावी प्रचार प्रसार उत्कर्षमा भएको बेलामा मधेसको जनमत परिवर्तनको पक्षमा देखिएको छ। कुनै बेला मधेसका मसिहा भनाउन रुचाउने उपेन्द्र यादव एमालेसँगको गठबन्धन गरेपछि उहाँमाथि ओलीपथमा हिँडेको आरोप लागेको छ। मधेस आन्दोलनको रापतापमा चुनाव जितेसँगै आफूले दिएको वचन अनुसार संविधान पुनर्लेखन वा संशोधन भन्दा पनि केन्द्रिय  सरकार बनाउने भत्काउन खेलमा पाँच वर्षसम्म लागेकाले पनि मंसिर ४ गते त्यसको प्रतिउत्तर दिन आतुर रहेको देखिन्छन् मधेसी जनता।
समग्र मधेस सहितको स्वायत्त प्रदेश स्थापना गराएर मधेसलाई  मुक्ति दिलाउन गठन भएको मधेसी जनअधिकार फोरमको अध्यक्ष बने देखि उपेन्द्र यादवले स्थापित गरेको १५ वर्षको विरासत जोगाउन अहिले  धौ धौ परेको छ। मधेसी दल प्रति देखिएको मधेस …

0 comment
0 FacebookTwitterEmail

वर्तमान विश्वमा बौद्ध धर्म–दर्शन लोकप्रिय छ। आफ्नै प्रयासले सत्यको बोध गरी त्यही सत्यरूपी शिक्षालाई सर्वसुलभ गर्ने गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालभित्रै परेकाले नेपालीहरू उनीसँग भावनात्मक सम्बन्ध राख्न मन पराउँछन्। बुद्ध नेपालमा जन्मेको भनी गौरव गर्ने, मन परेको कुरा व्यक्त पनि गर्ने तर उनी र उनका शिक्षा वा धर्म–दर्शनबारे अनभिज्ञ हुनु एक खालको विरोधाभास हो। बौद्ध धर्म–दर्शनबाट विश्व लाभान्वित भइरहेको अवस्थामा आफू त्यसबारे अनभिज्ञ हुनु कतिपय नेपालीलाई निको लाग्दैन र अध्ययन तथा अभ्यास गर्नतिर लागेको पाइन्छ।

बौद्ध अध्ययन क्षेत्रमा भर्खरभर्खर मात्र प्रवेश गरेका होऊन् वा उचित मार्गदर्शन बिना नै लामो समयदेखि लागेका, धेरैले सामना गर्ने एउटा साझा समस्या हो, बौद्ध धर्म–दर्शन …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved