Home » विचार » Page 2
Category:

विचार

दरबारमा तीनवटी रानीहरू थिए गान्धारी, कुन्ती र द्रौपदी। गान्धारीको मनमा दुर्योधनसहितका १०० भाइमात्र जेहेनमा आउँथे। कुन्तीको मनमा कर्णको वीरता र अभिमन्युको वीरता र उनीहरूको  रिक्तताले पिरोलिई राखेको थियो। द्रौपदीका आँखाहरूमा आफ्ना छोराहरूको बीभत्स हत्याको कारणले आँसुको भेल थेगिएको थिएन। तीनओटै रानीहरू महाभारतको युद्धको मूल्याङ्कन आफ्ना आफ्ना तरिकाले मौनरुपमा गरिरहेका हुन्थे। धृतराष्ट्रमा भने दुर्योधनको आवाजको प्रतिध्वनिले सधैँ झकझकाई रहेको हुन्थ्यो …….

युद्ध समाप्त भयो। सबैको इच्छा पुग्यो। धृतराष्ट्रको इच्छा, दुर्योधनको इच्छा, पाण्डवको इच्छा। कुन्तीले पनि शान्ति प्रस्ताव लिएर आएका आफ्ना भदाहा श्रीकृष्णसँग सोधेकी थिइन्—बाबु, के साँच्चै तिमी युद्ध रोक्न आएका हौँ? शान्ति सम्भव छ र? विना युद्ध शान्ति कसरी बहाल होला? …

0 comment
0 FacebookTwitterEmail

आज फागुन ७ गते, नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण दिन हो – प्रजातन्त्र दिवस।  यो दिनले नेपाली जनताको बलिदानी पूर्ण सङ्घर्षको सम्झना गराउँछ, जसले १०४ वर्ष लामो निरङ्कुश राणा शासनको अन्त्य गर्दै लोकतन्त्रको स्थापना गर्‍यो।

प्रजातन्त्र दिवसले हामीलाई हाम्रो देशको लागि आफ्नो जीवन अर्पण गर्ने ज्ञात अज्ञात वीर शहीदहरूको त्याग र समर्पणको स्मरण गराउँछ। यो दिन हामीलाई लोकतन्त्रको मूल्य र महत्त्वको बारेमा सोच्न र यसलाई जोगाउनको लागि प्रेरित गर्दछ। यस विशेष दिनमा, हामीले आफ्नो देशलाई अझ राम्रो र समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धतालाई नवीकरण गर्नुपर्छ। हामीले लोकतन्त्रका मूल्यहरूलाई सम्मान गर्नुपर्छ र सबैको लागि न्याय र समानता सुनिश्चित गर्नुपर्छ। प्रजातन्त्र दिवस मनाउनुको …

0 comment
0 FacebookTwitterEmail

हामी ७५औँ प्रजातन्त्र दिवस मनाउन लागेका छौँ । एउटा अकल्पनीय युग थियो जहानियाँ शासनको । त्यो जहानियाँ राणाशासनको संस्थापक थिए तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा । उनले जुनसुकै उद्देश्यले आफ्ना सन्तानहरूले मात्र शासन चलाउन पाउने गरी राणाहरूको शासकहरूको क्रम बसाले जसको अन्त्य २००७ सालको जनक्रान्तिले गरेको थियो । त्यसरी एउटा परिवारको हालीमुहालीमा राज्य चलाउने राणा परिवारका विरुद्धमा अन्याय खप्न नसक्ने राणाहरू पनि जनक्रान्तिका पक्षमा लागेको इतिहास भेटिन्छ ।

राणाशासनको विरुद्धमा केही सङ्गठित, केही असङ्गठित प्रयास २००७ सालभन्दा पहिले पनि भएको पाइन्छ, जसको मुख्य आधारका रुपमा १९९७ सालको प्रजापरिषद्को जनविद्रोहको आवाज थियो, जसलाई राणाशासनले कुल्चियो र नेपालका महान् सपूतहरू शुक्रराज शास्त्री, दशरथ …

0 comment
0 FacebookTwitterEmail
काठमाडौँमा तापक्रम बिस्तारै बढ्दै चिसो घटेर गएसँगै खेलको माहौल पनि तातिने भएको छ । आज फागुन ५ गतेदेखि दशरथ रङ्गशालामा अन्तरराष्ट्रिय  महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । गत तिहारअघि चिसोयाम भर्खरै सुरु भएको अवस्थामा नेपाली दर्शकहरु राति रङ्गशालामा उपस्थित भएर नेपाली महिला टोलीको पक्षमा जुटेका थिए । उक्त सातौँ साफ महिला च्याम्पियनशिप प्रतियोगितामा नेपालले राम्रो खेल प्रदर्शन गरेको अवस्थामा पनि फाइनलमा पराजित भएपछि निराश भएका दर्शकहरुको खुसी फर्काउने अवसर फेरि नेपाली टोलीमाथि आएको छ । यसका लागि गत नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङदेखि विभिन्न मुलुकमा व्यावसायिक खेल खेलिरहेका खेलाडीहरु समेत टोलीमा फर्केका छन् ।

यसपालि

0 comment
0 FacebookTwitterEmail

सङ्घीय संसद्का दुवै सदन–प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक यही माघ १८ गते सुरु भइसकेका छन् । २०७९ सालको आमनिर्वाचनपछिको सङ्घीय संसद्को पाँचौँ अधिवेशन हो । यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा हेरिएको छ । पहिलेदेखि संसद्का दुवै सदनमा रहेका, यसबीचमा प्रस्तुत भएका अध्यादेशहरु र विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषद्मा विचाराधीनसमेत गरी झन्डै पाँच दर्जन कानुन बन्ने क्रममा देखिन्छन् । अधिवेशनको पहिलो दिन नै छवटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् ।

स्मरणीय छ, अध्यादेशको कानुनी उमेर बढीमा छ महिनाको हुन्छ, छ महिनाभित्रमा संसद्मा प्रस्तुत भएन भने यो स्वतः निष्क्रिय हुन्छ । छ महिनाभित्रैमा संसद्मा प्रवेश गरेमा ६० दिनभित्रमा संसद्ले सदर या बदर गरिसक्नुपर्छ

0 comment
0 FacebookTwitterEmail

चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा. शर्माका विचार “सामान्य शारीरिक स्वास्थ्यको अवस्था मानसिक स्वास्थ्यको पूर्वाधार भएकाले जस्तो खानपिनले शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, त्यो मानसिक स्वास्थ्यको लागि पनि उपयुक्त हुन्छ भन्ने कुरा सामान्य स्थापित मान्यता हो । केही खाद्य वस्तुको विशेष भूमिका रहन्छ ।”

सुक्ष्म पोषण तत्वसहित रेशादार पदार्थ प्रचुर मात्रामा भएको खाना विशेषरूपले मानसिक स्वास्थ्य सबल पार्न मद्दत गर्छ । जति सक्यो कम प्रशोधन गरिएको, शरिरमा एकैचोटी चिनीको मात्रा नबढाउने, ताजा खाद्य पदार्थले मस्तिष्क सक्रिय र प्रभावकारी बनाउन भूमिका खेल्छन् । अर्थात विभिन्न थरिका …

0 comment
0 FacebookTwitterEmail

माथि माथि हिमाली भेगमा, हिउँ पर्‍यो फुरुरु, हिउँ पर्‍यो फुरुरु,
प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु,
हा..हा..हा..मन रुन्छ धुरुरु…।
बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनजिब्रोमा झुन्डिएको छ । हिउँ पर्नेबित्तिकै ‘टिकटक भिडियो’ बनाउनेहरु यही गीतलाई रोज्छन् ।

हिमाली भेगैमा हिउँ पर्‍यो फुरुरु…राजु लामाको स्वर रहेको अर्को गीतको टुक्का पनि उस्तै कर्णप्रिय छ । यी गीतले हिउँ, हिउँद र नेपालको हिमाली क्षेत्रको महिमा सञ्चार गर्न सघाउँछन् । हुन पनि हिउँदको आगमनसँगै उच्च हिमाली भेग, त्यहाँका पहाड, डाँडाकाँडा बाटो र बोटबिरुवा हिउँका सेतो आवरणले ढाकिएका हुन्थे ।

यस वर्ष पुस सकियो । माघ पनि सकिनै …

0 comment
0 FacebookTwitterEmail

 टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरुको भविष्यसमेत सुखद नदेखिएको जानकारहरु बताउँछन् ।

कुनै समय कुल आम्दानीको झन्डै आधा रकम पूर्वाधार विकासमा खर्च गर्ने टेलिकम कम्पनीहरुले अहिले उक्त खर्चलाई १० प्रतिशतको हाराहारीमा सीमित गरेका छन् । ओभर द टप (ओटिटी) प्लेटफर्मलगायतका कारणले घट्दो आम्दानी, आवश्यक कानुनमा संशोधन नहुनु, चर्को नवीकरण शुल्क र सञ्चालनमा सहजीकरण नहुँदा टेलिकमले पूर्वाधारमा आवश्यक लगानी गर्न हिच्किचाइरहेको टेलिकम क्षेत्रका विज्ञहरुको बुझाइ छ ।

तथ्याङ्क हेर्दा टेलिकम कम्पनीहरुले सन् …

0 comment
0 FacebookTwitterEmail

महात्मा गान्धी जीवनका अन्तिम दिन साह्रै निराश हुन पुगेका थिए । दैनिक बिहान र साँझ प्राथना गर्थे । प्राथनापछिको व्याख्यानमा आफ्नो मृत्युको पुकारा गरिरहन्थे । कारण, देशमा स्वतन्त्रतापछिको बर्बरताको साक्षी बन्नु पर्दा उनी दुःखी थिए । हिन्दू र मुस्लिम समुदायबीच द्वन्द्व चलिरहेको थियो । भारत अशान्त थियो । राजनीतिमा आफैंले विश्वास गरेका व्यक्ति शासक थिए तर उनको विचारको सुनुवाइ भइरहेको थिएन ।

गान्धीको जीवनमा २४ वर्षसँगै व्यतीत गरेका स्व नारायणभाइ देसाईका अनुसार गान्धीको जीवनको अन्तिम आमरण अनशन १३ जनवरी १९४८ मा बिहान ११ः५५ बजे बिडला हाउस दिल्लीमा भएको थियो । त्यसो त जातीय दङ्गा र विभाजनले अक्रान्त तत्कालीन भारतमा समाधानका …

0 comment
0 FacebookTwitterEmail

अफगानिस्तानका कार्यवाहक प्रधानमन्त्री मोहम्मद हसन अखुंद र परराष्ट्र मन्त्री अमिर खान मुक्ताकीले चीनका नवनियुक्त राजदूत झाओ शेङलाई काबुल स्थित राष्ट्रपति भवनमा धूमधाम साथ स्वागत गरे ।

फलस्वरूप अफगानिस्तान स्थित चिनियाँ दूतावासले अन्तर्राष्ट्रिय समुदायलाई तालिबानसँग वार्तामा आउन आग्रह गर्‍यो । जसले गर्दा  तालिबानलाई मध्यम नीति अपनाउँदै समावेशी सरकार स्थापना गर्न प्रोत्साहित गर्यो । दूतावासको विज्ञप्तिमा पश्चिमा र केही अफगानिस्तान विरोधी देशहरूको आलोचना गर्नुका सार्थै अफगानिस्तानको अवस्थाबाट पाठ सिक्न, आतङ्कवादमा दोहोरो मापदण्ड त्याग्न, प्रतिबन्ध हटाउनुका साथै सम्पत्ति समेत फिर्ता गर्न आग्रह गरिएको छ । तालिबानले यस अवसरलाई अन्य राष्ट्रहरूसँग प्रोत्साहित गर्ने अवसरको लियो ।

तालिबानसँग बेइजिङको नयाँ घनिष्ठताले चीनको दोहोरो मापदण्डको कुरा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved