Home » विचार
Category:

विचार

कुनै पनि पत्रकार जसको नाकले अलि भिन्न र अनौठो विषयवस्तु सुँघ्ने क्षमता राख्छ, मेरो चासो पनि यसै हप्ता ९५ डलरको बस यात्राको घोषणाले तिखो रूपमा जगाएको छ। दक्षिण बोस्टनबाट फक्सबरोका लागि आधा घण्टाको यात्रामा ७० पाउण्ड (९५ डलर) को भाडालाई कुन चाहिँ भव्य सुविधाहरूले उचित ठहर्‍याउन सक्छन् होला? के सिटमै मालिस पाइने हो? के त्यहाँ पुल डेक छ? के पाँच-कोर्सको भोजनको अनुभव पाइने हो? वा बसको बिचको गल्लीमा सेलिना डियोनको छोटो तर मार्मिक साङ्गीतिक प्रस्तुति हुने हो? कम्तीमा पनि, मेरो पेसागत धर्मका कारण यो पत्ता लगाउनु मेरो कर्तव्य थियो।

तर अफसोस, नजिकबाट अनुसन्धान गर्दा यस गर्मीयामको विश्वकपका लागि सुरु

0 comment
0 FacebookTwitterEmail

गत महिना, नेपालले आफ्ना नयाँ प्रधानमन्त्री बालेन्द्र शाह र युवा सांसदहरूले भरिएको संसद्को स्वागत गरिरहँदा, बङ्गलादेशी अभियन्ता उमामा फातेमाले टाढैबाट यो दृश्य हेर्दै एक प्रकारको निराशा महसुस गरिन्।

फातेमा सन् २०२४ मा बङ्गलादेशको सडकमा उत्रिएका हजारौँ ‘जेन जी’ प्रदर्शनकारीहरूमध्ये एक थिइन्। आफ्ना नेपाली समकक्षीहरूझैँ उनीहरूले पनि उग्र प्रदर्शनमार्फत आफ्नो सरकार ढालेका थिए।

तर लगभग दुई वर्ष बितिसक्दा पनि बङ्गलादेशको युवा आन्दोलनले अझै कुनै अर्थपूर्ण राजनीतिक शक्ति प्राप्त गर्न सकेको छैन। गत फेब्रुअरीमा भएको चुनावमा स्थापित बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले ऐतिहासिक बहुमत हासिल गर्‍यो भने विद्यार्थी विद्रोहबाट जन्मिएको नयाँ युवा नेतृत्वको नेसनल सिटिजन्स पार्टी (एनसीपी) को प्रदर्शन निकै निराशाजनक रह्यो।

0 comment
0 FacebookTwitterEmail

हालै म कास्की जिल्ला पुगेको थिएँ। यो यात्रा केवल भौगोलिक भ्रमण थिएन, यो लोकतन्त्रको वास्तविक अवस्था बुझ्ने प्रयास थियो। मैले त्यहाँ मतदातासँग प्रत्यक्ष संवाद गरेँ। गाउँमा, बजारमा, चिया पसलमा, युवा समूहमा, महिला समूहमा बसेर मैले प्रश्न सोधेँ। मैले उनीहरूलाई सोधेँ, तपाईँले जसलाई मतदान गर्नुहुन्छ, उहाँको नीति के हो थाहा छ?  उहाँको विधायिकी क्षमता कति छ थाहा छ? उहाँको आर्थिक पारदर्शिता कस्तो छ थाहा छ?

धेरैजसो उत्तर मौन थिए। केही उत्तर भावनात्मक थिए। केही उत्तर केवल दल र चिन्हमा सीमित थिए। त्यो क्षणमा मैले महसुस गरेँ, हाम्रो लोकतन्त्र मतपेटिकामा जीवित छ तर मतदाताको चेतनामा कमजोर हुँदै गएको छ।

मतदाता र उम्मेदवारबिचको

0 comment
0 FacebookTwitterEmail

सन् २०२४ अगस्तमा प्रधानमन्त्री शेख हसिनाको बहिर्गमनपछिको पहिलो निर्वाचनमा मतदान गर्न बङ्गलादेशीहरू फेब्रुअरी १२ मा उत्साहका साथ सहभागी भए। सो दिन मतदाताहरूले संसद् मात्र छान्दै थिएनन्, एक व्यापक संवैधानिक सुधारलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय पनि गर्दै थिए।

चुनावमा प्रतिबन्ध लगाइएको शेख हसिनाको बङ्गलादेश अवामी लिग र बङ्गलादेश नेसनलिस्ट पार्टी देशका दुई प्रमुख दल हुन्। बङ्गलादेश नेसनलिस्ट पार्टी पचास प्रतिशतभन्दा केही कम मत र तीन सय प्रत्यक्ष निर्वाचित सिटमध्ये २०९ सिट जितेर सबैभन्दा ठुलो विजेताको रूपमा उभिएको छ (बाँकी सिटहरू महिलाका लागि समानुपातिक रूपमा आरक्षित छन्)। बङ्गलादेश जमात-ए-इस्लामी ३१.८ प्रतिशत मत र ६८ सिटका साथ र सोको चुनावी सहयोगी …

0 comment
0 FacebookTwitterEmail

भारतमा ‘एआई इम्प्याक्ट समिट २०२६’ भइरहँदा, भारतले एआईमा आधारित एक ट्रिलियन डलरको डिजिटल अर्थतन्त्र बनाउने  आकाङ्क्षा राखिरहेको छ । भारत एआईको दौडमा एक सशक्त धावक हो। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अब एक राजनीतिक र आर्थिक मामिलाको एक अपरिहार्य विषय बनेको छ। रणनीतिक स्वायत्तता, डाटा सार्वभौमसत्ता, विश्वव्यापी प्रतिस्पर्धा र लगानी आकर्षणका लागि एआईको दौडमा लाग्नु आवश्यक  छ। सन्देश स्पष्ट छ: भारतले यो दौडबाट बाहिर रहने जोखिम मोल्न सक्दैन।

कागजी रूपमा हेर्दा यो गति निकै प्रभावशाली देखिन्छ। आधिकारिक तथ्याङ्कहरूले भारतलाई एआई प्रतिस्पर्धामा विश्वकै उत्कृष्ट तीनमध्ये एक भएको दाबी गर्छन्। डेलोइटको हालैको एक रिपोर्टले पनि भारतको एआई बजार सन् २०२७ सम्ममा २०-२२ अर्ब अमेरिकी …

0 comment
0 FacebookTwitterEmail

एक पटक मैले जिमी लाईसँग हङकङको एउटा समुद्री किनारमा बसेर उनको जीवनको कथा सुनेको थिएँ।

उनले सुनाएका थिए —कसरी मुख्य भूमि चीनमा कम्युनिस्ट पार्टी सत्तामा आएपछि उनकी आमालाई श्रम शिविरमा लगिएको थियो। कसरी हङकङबाट आएका एक यात्रीले दिएको चकलेटको स्वादले उनलाई एउटा डुङ्गामा लुकेर ब्रिटिस उपनिवेश (हङकङ) भाग्न प्रेरित गर्‍यो। कसरी उनले एउटा पन्जा कारखानाको भुईँबाट काम सुरु गरेर प्रगति गरे र ‘जियोर्डानो’ नामक लुगा कम्पनी स्थापना गरे, जसको नाम न्यु योर्क एउटा पिज्जा पसलको नेप्किनबाट प्रभावित थियो। सन् १९८९ को तियानमेन स्क्वायर नरसंहारले कसरी उनको राजनीतिक सक्रियतालाई प्रज्वलित गर्‍यो। कसरी उनले “एउटा स्याउले झुट बोल्नेहरूलाई टाढा राख्छ” भन्ने नाराका …

0 comment
0 FacebookTwitterEmail

व्यापारिक रूपमा उत्पादन सुरु भएपछिको निजी क्षेत्रको पहिलो आयोजना लमजुङको ०.१८३ मेगावाटको स्याङ्गे खोलाले २०५८ माघ ३ गते प्राधिकरणसँग पहिलो विद्युत् खरिद सम्झौता (पीपीए) गरेको थियो। विद्युत् ऐन, २०४९ र नियमावली, २०५० ले निजी क्षेत्रलाई विद्युत् उत्पादनमा लगानी गर्न बाटो खोले पनि विद्युत् खरिद सुनिश्चितता नभएकोले निजी क्षेत्र लगानीका लागि सहभागी भएन। तर, निजी जलविद्युत् प्रवद्र्धकका लागि बिर्सनै नहुने दिन हो, २०५५ सालको असार १४ गते अर्थात् २८ जुन १९९८। यो दिन नेपालकै इतिहासमा पहिलो पटक पीपीए दर तोकिएको थियो। यसको श्रेय तत्कालीन उपप्रधान एवं जलस्रोतमन्त्री शैलजा आचार्यलाई जान्छ।

पीपीएको दर टुंगो नलाग्दा बैंकहरूबाट ऋण लगायतका समस्या आउने भएपछि निजी …

0 comment
0 FacebookTwitterEmail

सन् २०२६ को फिफा विश्वकप फुटबलको इतिहासमै सबैभन्दा ठुलो, भव्य र खर्चिलो हुने अपेक्षा गरिएको छ। ४८ राष्ट्रको सहभागिता, तीन आयोजक राष्ट्र (अमेरिका, क्यानडा र मेक्सिको) का १६ अत्याधुनिक सहरहरू र १०४ खेलहरूको विशाल तालिकाले विश्वभरका अर्बौँ प्रशंसकहरूलाई उत्साहित बनाएको छ।

तर प्रतियोगिताको मिति नजिकिँदै गर्दा मैदान बाहिरका खेलहरूले मैदान भित्रको प्रतिस्पर्धालाई छायामा पार्न थालेका छन्। राजनीतिक दाउपेच, भू-राजनीतिक तनाव, ‘ट्राभल ब्यान’ र आकासिएको लागतले यो महाकुम्भलाई अनिश्चितताको भुमरीमा धकेलेको छ।

राजनीतिक हस्तक्षेप र रङ्गशालाको असुरक्षा

अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्पको पुनरागमनले विश्वकपको तयारीमा एउटा अप्रत्याशित ‘ट्विस्ट’ ल्याएको छ। राष्ट्रपति ट्रम्पले विश्वकप आयोजनालाई आफ्नो आन्तरिक राजनीतिक अस्त्रको रूपमा प्रयोग गर्न खोजेको

0 comment
0 FacebookTwitterEmail
  • विश्व नयाँ वर्षको स्वागत गर्दैछ, तर गाजामा हामी भने यसले के ल्याउँछ भन्ने डरले ग्रस्त छौँ। यो वर्ष हामीले यति धेरै दुष्टता देखिसकेका छौँ कि भविष्यको कल्पना गर्न पनि डर लाग्छ।

अर्को वर्ष बित्यो, तर गाजामा जीवन अझै इजरायलको विनाशकारी युद्ध र विश्वको बढ्दो उदासीनताबिच फसेको छ। यो हाम्रो लागि हानि, विनाश र मृत्युको अनौठो पात्रोमा थपिएको अर्को वर्ष हो।

मार्चमा मैले इजरायलले आफ्नो नरसंहारकारी अभियानलाई अझै अगाडि बढाउन सक्छ भन्ने डर व्यक्त गरेको थिएँ। र उसले त्यसै गर्‍यो। इजरायलले मेरो सबैभन्दा अन्धकारमय कल्पनाभन्दा पनि अगाडि बढ्यो, कल्पनातीत स्तरको दुष्टतामा पुग्यो। त्यही दुष्टताले गाजामा हाम्रो सम्पूर्ण वर्षलाई छायाँमा पार्‍यो।

धेरै …

0 comment
0 FacebookTwitterEmail

के तपाईँलाई थाहा छ, युरोपको जनसङ्ख्या सन् २१०० सम्ममा कस्तो हुन सक्छ?

धेरैजसो देशमा कम हुँदै जाने अर्थात् जनसङ्ख्या घट्दै जाने सम्भावना रहेको छ। अर्को तर्फ हेर्दा आप्रवास बिना युरोपको अवस्था अझ भयावह देखिन्छ। युरोप बूढो हुँदैछ, जन्मदर घट्दै छ र काम गर्ने उमेरका मानिसहरूको अभाव हुँदैछ। फलस्वरूप अर्थतन्त्र कमजोर बन्दै छ। यसको समाधानका रूपमा धेरै सरकारले आप्रवास नीति बढाएका छन्। तर पछिल्ला वर्षहरूमा आप्रवासलाई आर्थिक नीति वा सीमा सुरक्षाको विषयबाट परिवर्तन गरी अर्कै रूप दिइएको छ – ‘बढी खतरनाक र षड्यन्त्रपूर्ण। “ग्रेट रिप्लेसमेन्ट थ्योरी” को बारेमा सबैलाई थाहा नै छ। यदि यसको बारेमा सुन्नुभएको छैन भने अहिले …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved