आजकल प्रजातन्त्र सङ्कटमा परेको धेरै सुनिन्छ ।
डोनाल्ड ट्रम्पको चुनावी जितपछि र अन्य धेरै प्रजातान्त्रिक देशहरूमा राजनीतिक उथलपुथलको समाचारले उदारवादी प्रजातन्त्र जताततै पछाडि परेको देखिन्छ । अधिनायकवादीहरूको आर्थिक सङ्कट, तीव्र सामाजिक परिवर्तन, सामूहिक बसाइँ सराइ, विकृति र सामान्य अस्वस्थताको असन्तुष्टिलाई अगाडी राख्ने प्रवृत्तिले गर्दा उदारवादी प्रजातन्त्र जताततै पछि धकेलिएको धारणा सिर्जना गरेको हो ।
दोस्रो विश्वयुद्ध पछि अस्ट्रियाले आफ्नो पहिलो अति दक्षिणपन्थी चान्सलर (सरकार प्रमुख) पाउन सक्छ। फ्रान्समा तीन वर्षमा पाँचौँ प्रधानमन्त्रीमा आइसकेको छ, जर्मनी चुनावमा जाँदै छ र अहिलेका चान्सलरको हार पक्का छ, क्यानडाका अलोकप्रिय प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नै पार्टी भित्रको दबाबमा राजीनामा दिए, इटालीमा पनि अवस्था उस्तै छ, …
