बालबालिको भविष्यको सुनिश्चितताका लागि अभिभावकले सबै त्याग गर्ने गर्दछन् । बालबालिकाको भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यको खोजीमा बसाइँसराइ गर्ने गर्दछन् । यसले गर्दा स्थायीरुपमा बसाइँसराइ नगरे पनि अस्थायी सर्ने गर्दछन् ।
विकट जिल्ला मनाङका गाउँमा बालबालिकाको बसोबास नहुँदा ज्येष्ठ नागरिक चिन्तामा छन् । गण्डकी प्रदेशको विकट क्षेत्र मानिने नार्पाभूमि गाउँपालिका–१, २ र ३ मा बालबालिका भेटिँदैनन् । उनीहरुको बसोबास गाउँमा हुँदैन । त्यसले गर्दा यहाँका ज्येष्ठ नागरिक चिन्तित छन् ।
नारगाउँका ८६ वर्षीय याङ्चु कर्मा लामा भन्नुहुन्छ, “गाउँमा बच्चा नै भेटिदैनन्, हामी बाँच्दासम्म मात्रै हाम्रो परम्परा, संस्कार, संस्कृति रहन्छ होला, अहिलेका बच्चाहरु सबै पढ्न र काम गर्ने गरी अन्तै …
