द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१९
के द्रौपदीलाई महान युद्ध महाभारतको परिणाम पहिले नै थाहा थियो ? थियो या थिएन ? ठ्याक्कै त कतै लेखिएको छैन तर महाभारतको सम्पूर्ण अध्ययन र प्रचलित कथाले र व्यासको साहित्यिक कलाले केचाहिँ भन्न सकिन्छ भने द्रौपदीलाई भावी दिनमा हुने परिणामका बारेमा थाहा थियो। उनलाई थाहा थियो, उनकै समेत कारणले कुरुवंशीहरूका बिचमा भयानक युद्ध हुनेछ। द्रौपदी विश्व सुन्दरी हुनुले मात्र उनको महत्व बढेको होइन कि उनको विवाहका लागि राखिएको सर्तले पनि राजा महाराजा रजौटाहरूको रणकौशलता देखिनु पर्ने थियो। द्रौपदीलाई चाहनेहरूमध्ये धेरै स्वयंवरमा आएका थिए। आउने सबैलाई सर्त पूरा गरेर द्रौपदी पाइएला भन्ने थिएन तर आफ्नो सैन्यबलका …
