Home » कृषि » Page 11
Category:

कृषि

इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बन्नुभएको छ । उहाँ बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिनुहुन्छ । उहाँले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाउनुभएको छ । विगत छ वर्षदेखि व्यावसायिक कफीखेती सुरु गर्नुभएका व्यवसायी कार्कीले सबै जग्गामा कफीखेती विस्तार गर्नुभएको छ । उहाँको बगानमा अहिले छ हजार कफीका बोट छन् । कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ । उहाँले कफीखेतीबाट वार्षिकरूपमा रु १३ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । कफीको चेरी र बिरुवा बिक्रीबाट छुट्टाछुट्टैरूपमा आम्दानी लिँदै आएको उहाँको अनुभव छ ।

विसं २०७४ देखि ‘इलाम एग्रो फार्म’

0 comment
0 FacebookTwitterEmail
 कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्नुहुन्छ ।

कृषिबाटै नाम र दाम कमाउनु भएको उहाँ भन्नुहुन्छ, “अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावनै सम्भावना छ”, सोताङ अग्र्यानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बङ्गुरदेखि गाईसम्म पालन गर्नु भएका राईले यसैबाट बार्षिक करोडौंको कारोबार गर्दै आउनुभएको छ । कृषिबाटै उहाँले करोडौँको जग्गा जमिन जोड्नु भएको छ, भव्य घर बनाउनुभएको छ । कृषिबाट उहाँ
0 comment
0 FacebookTwitterEmail

विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् ।

मङ्गला माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा (९–१२)मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षाकोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिनुभयो । बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई विद्यार्थी च्याउले चिनिने

0 comment
0 FacebookTwitterEmail

विगतका वर्षदेखि सञ्चालन गर्दै आएको विद्यार्थीका लागि दिवाखाजा कार्यक्रममा स्थानीय सरकारले स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको परिकार समावेश गर्न थालेका छन्। सरकारले दिएको पौष्टिक आहारमात्र नभई विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन भएको फापर, जौ, कोदोलगायतका रैथाने बालीको प्रवर्द्धनका लागि दिवाखाजामा समावेश गर्न थालिएको हो। बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा दिवाखाजाका रूपमा कोदोलगायत अन्न बालीको परिकार बनाएर खुवाउन थालेको छ।

नगरपालिकाले गाउँमै उत्पादन भएको रैथाने बालीको प्रवर्द्धन र पहिचान बढाउने गरी दिवाखाजामा समावेश गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख रङ्गमल विकले बताउनुभएको छ। नगरपालिकाले नगरभित्रका प्रत्येक सामुदायिक विद्यालयमा विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन गरिएको कोदो, मकैलगायतका परिकार बनाएर खुवाउने गरेको उहाँले बताउनुभयो।

स्थानीयस्तरमा उत्पादन …

बडीमालिकाका स्कुलमा हप्तामा एक दिन कोदोको हलुवा
0 comment
0 FacebookTwitterEmail

सजिलै बिक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ र तोरीखेती छाडेर आलुखेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन्। परम्परागत बाली छाडेर आलुखेतीतर्फ लागेका किसान डडुवा रोगका कारण आलुका बोटका पात र आँख्ला सुक्न थालेपछि उत्पादन कम हुने भन्दै चिन्तित भएका हुन्। गहुँ, जौ, उवा, फापर र तोरीखेती गर्ने किसान पछिल्लो समय ती बाली छाडेर आलुखेती गर्न थालेका थिए।

म्याग्दीको बेनी नगरपालिकासहित मालिका, मङ्गला, अन्नपूर्ण,  धौलागिरि र रघुगङ्गा पालिकाका किसान व्यावसायिक आलुखेतीमा लागेका कृषि ज्ञान केन्द्रले जनाएको छ। मालिका गाउँपालिका–१ निस्कोट, वडा नं २ रुम, ६ दरवाङ र ७  बिम तथा मङ्गला गाउँपालिकाको रणबाङ, …

0 comment
0 FacebookTwitterEmail

हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन्। नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन्। जिल्लामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने भएकाले व्यावसायिक आलु उत्पादनबाट यहाँका महिला आत्मनिर्भर बन्दै गएका स्थानीय तिरकाशी घलेले बताउनुभयो। “जग्गा भाडामा लिएर सामूहिक आलुखेती गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “एघार जना महिलाको समूह बनाएर १० रोपनी जग्गामा खेती गरिरहेका छौँ।” सामूहिक खेतीले आलु आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको उहाँको भनाइ छ।

“यहाँ आलुखेती प्रशस्त हुने भएकाले यसतर्फ आकर्षित भएका हौँ। उत्पादन हुन थालेपछि आलुको बजारमा माग पनि बढिरहेको छ। उत्पादित आलु यहीँ खपत भइरहेको छ”, स्थानीय घलेले भन्नुभयो। जिल्लाका …

मनाङमा जग्गा भाडामा लिएर सामूहिक आलुखेती गर्ने महिला
0 comment
0 FacebookTwitterEmail

व्यावसायिक केराखेती गर्दै आउनुभएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोप्नुभएको छ । उहाँको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाउनुभयो ।

“मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ”, उहाँले भन्नुभयो, “प्रतिघरी रु सात सय ५० सम्ममा घरैबाट बिक्ने गरेको छ, धान खेतीभन्दा तेब्बर बढी आम्दानी हुँदोरहेछ ।” रोपेको नौ महिनादेखि एक वर्षमा पहिलो उत्पादन लिन सकिने भएकाले व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी लिन सकिने अनुभव उहाँले बताउनुभयो ।

माई–९ बोरुङका किसान कृष्ण येक्तेनले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक केरा लगाउनुभएको छ ।

0 comment
0 FacebookTwitterEmail

मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषकको पलायन रोक्न नसकिने बताएका छन्। त्यसलाई रोक्न सरकारले तत्काल योजनाबद्धरूपमा काम गर्नुपर्ने उहाँहरूको सुझाव छ।

कृषि विभाग हरिहर भवन, ललितपुरले शुक्रबार जनकपुरधाममा आयोजना गरेको उखु उत्पादनका समस्या पहिचान तथा कार्यविधिसम्बन्धी अन्तक्र्रियामा किसानले हालकै अवस्था कायम रहे धेरैले सो खेती छोड्ने निष्कर्षमा पुगेको बताएका हुन्। कृषि उत्पादक किसान एवं उखु तथा चिनी विकास समितिका पूर्वअध्यक्ष रामचन्द्र सिंह कुशवाहले उखु किसानले श्रमको मूल्य पाउन सधैँ आन्दोलन गर्नुपर्ने, मूल्य निर्धारण प्रणालीले उद्योगी मोटाउने तर किसान मारमा पर्ने अवस्था कायम रहेकाले त्यसलाई सच्याउनुपर्ने बताउनुभयो। हाल चिनी बन्ने …

0 comment
0 FacebookTwitterEmail

सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच फागुन १९ गते भएको वार्तामा पाँच बुँदे सहमति भएको छ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा फागुन १९ गते साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिनुभयो।

उहाँका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने,

0 comment
0 FacebookTwitterEmail

दुग्ध विकास संस्थान (डिडिसी)मा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्किँदा किसानलाई रकम भुक्तानीमा समस्या देखिएको छ। डिडिसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत एक लाख ४० हजार लिटर दुध खरिद गर्दै आएपनि बजारमा दैनिक ९० हजार लिटरमात्र बिक्री हुँदा  समस्या देखिएको हो। संस्थानका उपमहाप्रवन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डिडिसीमा ठूलो मात्रामा पाउडर दुध र मख्खन थुप्रिएर बस्दा समस्या देखिएको बताउनुभयो।

“हामीले मासिक ४२ लाख लिटर दुध विभिन्न किसानमार्फत खरिद गछौँ तर बजारमा बिक्री २७ लाख लिटर हाराहारीमा मात्र हुन्छ, प्रत्येक महिना १५ लाख लिटर बराबरको पाउडर थुप्रिँदा समस्या भएको हो,” उहाँले भन्नुभयो।

दैनिक ५० हजार लिटर दुधको मख्खन र …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved