Home » खाना » Page 2
Category:

खाना

“हाम्रा खानाको प्रचुर सम्भावना छ। देशभित्र र बाहिर धेरैले नेपाली खानाको प्रवर्द्धनको काम गरिरहेका छौ। चुनौती धेरै छ तर पनि हामी सफल भइरहेका छौ, ” बेलायतमा एक बहुराष्ट्रिय कम्पनीमा उपल्लो स्तरमा कार्यरत विनोद बराल भन्नुहुन्छ, “हामी नेपाली खासमा कस्तुरीको सुगन्ध खोज्न भौँतारिएको कस्तुरी मृगजस्ता हौ। स्वाद हाम्रो नेपालीको सादापनमा छ तर हामी विदेशी स्वादको पछाडि दौडन्छौ।”

पोखरामा जन्मिएर धादिङको मलेखु तथा काठमाडौँमा हुर्किनु भएका विनोदको भनाइमा, “हाम्रा छिमेकी भारत र चीन आफैमा अत्यन्त ठुला देश मात्र होइनन् सयौँ पाक परम्परा भएका मुलुक हुन। अनि विश्वमा चिनियाँ र भारतका अनेक प्रकारका खाना संसारमा लोकप्रिय पनि छन्। त्यस्तोमा पनि हामीले नेपाली खानालाई …

नेपाली खानाको प्रचुर सम्भावना
0 comment
0 FacebookTwitterEmail

गरिब विपन्न तथा मजदुरहरूलाई ५० रुपैयाँमै खाना खुवाउँदै आएको भरपेट भोजनालय फेरि सञ्चालनमा आउने भएको छ। सानो पाइला नामक सामाजिक संस्थाले गरिब विपन्न मजदुर र विद्यार्थीका लक्षित गरि सञ्चालन गरेको भरपेट भोजनालय खर्च थेग्न नसकेको भन्दै चार महिना अघि बन्द भएको थियो। बढ्दो महङ्गीका कारण खर्च थेग्न नसकेर चार महिना पहिले बन्द गरिएको भरपेट भोजनालय जेठ महिनाको पहिलोसाता देखि फेरि सञ्चालनमा ल्याउने तयारी भइरहेको सानो पाइलाका संस्थापक दीपक बहादुर श्रेष्ठले बताउनुभयो।

भरपेट भोजनालयले शुक्रबार आयोजन गरेको पत्रकार भेटघाट कार्यक्रममा भरपेट भोजनालय फेरि सञ्चालनमा आउने श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो,‘ चार महिनादेखि भोजनालय बन्द छ , तर अहिले पनि गरिब, विपन्न र …

0 comment
0 FacebookTwitterEmail

एक जमाना थियो जुनबेला मान्छेले सबथोक काँचै (प्राकृतिक वा अप्रशोधित) खाने गर्थे। आगोको आविष्कार भएपछि खाद्य पदार्थलाई आधा पकाएर, पकाएर वा उमालेर खान थालियो। पकाइएको खानालाई स्टोर गर्ने चलन थिएन। एकपटक पकाइएको खाना बारम्बार खाने चलन पनि थिएन। खानालाई प्याक गरी राखेर खाने चलन त छँदै थिएन। काँचो खाद्य पदार्थलाई प्राकृतिक विधिद्वारा प्रशोधन गरी मसला, मस्यौरा, सुकुटी आदि बनाउने चलन मात्र थियो।

अहिलेका मान्छेहरू अधिकांश खाद्य पदार्थ पकाएर खाने गर्छन्। व्यस्त जीवनशैलीका कारण एकपटक पकाइएको खाना फ्रिजमा स्टोर गरेर बारम्बार खाने गर्दछन्। पकाइएको केही परिकार प्याक गरेर राखिन्छ। यसरी एकपटक बनेको खानालाई पटकपटक खाने चलन अहिले चलेको छ। भात, रोटी, …

0 comment
0 FacebookTwitterEmail

केक काट्ने संस्कृति पश्चिमबाट नेपालमा भित्रिएको हो भन्ने विषय अधिकांशलाई थाहा छ। यो संस्कृति अहिले नेपाली संस्कृति कै रूपमा शरहदेखी गाउँगाउँ (जनस्तर) सम्म अभ्यास भइरहेको छ। दैनिक लाखौंको केकको व्यापार हुने गर्दछ। बेकरी पसलहरूले अनलाइन अर्डर लिएर घरघरै केक डेलिभरी गर्न थालेपछि त यसको खपत झन् बढेर गएको छ। यो केक कल्चरको अभ्यास केहीले रहरले गरिरहेका छन् भने केहीले बाध्यतावश। घरघरमा  केक काट्ने संस्कृति फेसनका रूपमा अभ्यास भइरहेको छ। धेरैलाई असहज लागे पनि यो अभ्यास दिनानुदिन नेपाली समाजमा बढिरहेको छ।

सानो सानो बच्चाबुच्चीले पनि हिजो आज जन्मदिन आउनु ६ महिना पहिलेदेखि नै आफ्नो जन्मदिनमा केक काट्ने कुराको चर्चा गर्छन्। आफ्ना …

0 comment
0 FacebookTwitterEmail

बडादशैं संघारमै आइसकेको छ। सबैको ध्यान यसपालीको दशैं कसरी विशेष बनाउने वा रमाइलोसँग मनाउने भनेर योजना बनाउनमा केन्द्रित छ।

दशैं भनेको उपासनाको पर्व हो। विजय र हर्ष उल्लासको चाड हो। उपासनापछि हरेक व्यक्तिमा नयाँ जोस, जाँगर, उत्साह, ओज र तेजको अवतरण भए मात्र सही अर्थमा उपासना गरिएको सावित हुन्छ।

दशैंको समयमा नयाँ पुस्ताको ध्यान पूजापाठ गर्नेमा भन्दा पनि नयाँ–नयाँ कपडा किन्ने, साथीभाइ तथा आफन्तजनहरू भेट्ने र रमाइलो गर्नेमा केन्द्रित हुने गरेको पाइन्छ। रमाइलो गर्न आम रूपमा स्वादिलो खानपान र मदिरा सेवन गर्ने चलन त छँदैछ। धेरैले दशैंलाई मासु र मदिरा पिउने अवसरका रूपमा समेत पर्खिरहेका हुनसक्छन्। वस्तुत: दशैं मनाउने शैली …

0 comment
0 FacebookTwitterEmail

अभिभावकहरूले माया गरेर दिने वा बालबालिका आफैंले किनेर खाजाको रूपमा खाने चाउचाउ कुरमुरे, सेता पाउरोटी आदि मन्द विष हुन् । यस्ता खानाले ठूला–साना सबै व्यक्तिलाई हानि गर्छ । ससाना बालबालिकाको लागि त झन् खराब हानिकारक छ । किनभने यस्ता चाउचाउ, कुरमुरे आदिमा शरीरलाई चाहिने पौष्टिक तत्त्व प्रोटिन, लौहतत्व, क्याल्सियम केही पाइँदैनन् । त्यसैले यस्तो वस्तु खानाले बालबालिकामा पोषणको कमी हुन्छ ।
यस्तो वस्तु बनाउँदा प्रयोग गरिने मैदाले पनि स्वास्थ्य खराब गर्छ । यस्ता खानेकुरा बनाउन प्रयोग गरिने तेल कम गुणस्तरको र बारम्बार तताइएको हुन्छ। यस्तो तेलले क्यान्सरसमेत हुन सक्छ। त्यसैले बजारका तयारी पाकेट–बन्द खानेकुरा नखानु नै उत्तम हुन्छ ।

पत्रुखाना …

बालबालिकाको खाजा: किन गरिँदैछ बेवास्ता?
0 comment
0 FacebookTwitterEmail

गुणस्तरीय प्रोटिनयुक्त च्याउलाई ‘च्याउ खाउँ मसल बनाउँ’ भन्ने कि ! त्यसैगरी अर्को गतिलो प्रोटिनयुक्त गहतको दाललाई ‘गहतको दाल पत्थरीको काल’ भनेर लोकप्रिय बनाइदिने कि !


फलफूल खाए चिसो लाग्छ; हरियो सागपातले पखाला लाग्छ; कोदो खाए जात जान्छ; मकैको च्याँख्ला खाए छिमेकीले के भन्लान् ? यी हाम्रो समाजमा सुनिने केही भ्रमहरू हुन्।
धेरै मानिसका मनमा संशय हुँदाहुँदै पनि विविध कारणले सोधखोज गरी वास्तविकता पत्तो लगाउनेतिर आम मानिसको ध्यान जान सकिरहेको छैन । अझ समाजमा वौद्धिक एवं प्रतिष्ठित मानिएका व्यक्तिहरूले आफूले बोलेका कुराले अरुलाई के प्रभाव पर्छ भन्ने विचार नगरी बोलिदिँदा यस्ता भ्रमले हाम्रो समाजमा एक तरहको वैधानिकता ग्रहण गर्न सघाइरहेको छ।…

नेपालका तागतिला खाना बारे फैलाइएका भ्रम
0 comment
0 FacebookTwitterEmail

आधुनिक चिकित्सा विज्ञानमा खासै चर्चा नभएको तर आयुर्वेदमा सूक्ष्म रूपमा चिन्तन र चर्चा गरिएको विषय हो– अनुपान (अनुः पश्चात, पानः खाना वा औषध सेवन) । अनुपान भनेको त्यस्तो खानपन जुन मूल खानपान वा औषधी खाएपछि खाइन्छ । आयुर्वेद विज्ञानमा अनुपानलाई आर्युवेदिक औषधिमा एक औषधिका साथसाथै मिसाइएको कुनै अर्को औषधि वा खाद्य वस्तु भनेर बुझिन्छ । अर्थात् मूल खानपान सँगसँगै वा अन्य निश्चित समयमा औषधिको ठिक्क अड्कलिएको मात्रा भनेर पनि बुझ्न सकिन्छ ।
सामान्य तवरले बुझ्नका लागि यसको उदाहरण हेरौं । सामान्यतः रुघा वा खोकी लाग्दा मरिचको घुलो सेवन गरिन्छ, जसलाई महसँग राखेर चाटिन्छ । त्यस्तै आयुर्वेद शास्त्रको एक ग्रन्थ भावप्रकाश …

के हो अनुपान र बिरुद्धपान ?
0 comment
0 FacebookTwitterEmail

हामीले मसलाका रूपमा तरकारी, अचार, सेलरोटी अनि चिया र अन्य धेरै थरीका परिकारहरूमा समेत नियमित प्रयोग गर्दै आएको मरिच औषधीय गुणले भरिपूर्ण हुन्छ।हजारौँ वर्ष अघिदेखि मरिच परम्परागत आयुर्वेदिक औषधीको एउटा महत्वपूर्ण हिस्सा रहँदै आएको छ।आयुर्वेदले मात्र होइन, यसको औषधीय गुण र यसबाट स्वास्थ्यलाई हुने लाभलाई आधुनिक विज्ञानले समेत पुष्टि गरिसकेको छ।

मरिच एक सुगन्धित, उत्तेजक र स्फूर्तिदायक पदार्थ हो जसमा ५ देखि ९ प्रतिशत सम्म पिपेरीन, पिपेरिडीन र चैविसीन नामक ऐल्केलायडहरू पाइन्छन्।त्यस्तै एक गेडा मारिचमा सुगन्धित तेलको मात्रा १ देखि २.६ प्रतिशत सम्म, हरिया रङ्गका सुगंधित गंधाशेष र ३० प्रतिशतसम्म स्टार्च लगायतका पाइन्छ।

अस्वस्थ आहारविहार, मद्यपान र धुम्रपानका कारण शरीरमा …

बहुउपयोगी मरिचका फाइदाहरू
0 comment
0 FacebookTwitterEmail

ओझेलमा हाम्रा परिकार

सुष्मा राई

खानका लागि बाँच्नेभन्दा पनि बाँच्नको लागि खाने हो तर खाने त मिठ्ठै हो नि। किनामा, गुन्द्रुक, तामा, निबुवा, छोइला, अचार, सेलरोटी, थारु चट्नी अगाडी आएपछि अरूतिर मन जाला र?

किरात समुदायको मुख्य तिहुन हो किनामा। विशेष गरि हिउँद महिनाको तिहुन हो यो। गाउँमा हिउँदमा तरकारी उत्पादन गरिदैन्थ्यो वा हुँ

दैनथ्यो। त्यो बेला गुन्द्रुक र किनामाले छाक टार्ने गरिथ्यो। किनामाको अचार, तरकारी र सुप निकै लोकप्रिय थियो।

भटमासबाट बनाइन्छ किनामा। किनामा दुई तरिकाले बनाइन्छ। उसिनेको तात्‍तातो भटमास ओखलीमा कुटेर गुम्स्याएर बनाउन सकिन्छ। अर्को तरिकाचाहिँ पहिले भटमास भुटेर जाँतोमा पिस्ने अनि तातो पानीमा पाकिन्जेल उमालेर गुम्स्याउने। गुम्स्याएको भटमासलाई ताप चाहिन्छ। तापमा राखिएको …

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved