नेपाली क्रिकेट अहिले सही दिशातर्फ अघि बढिरहेको छ। पछिल्ला केही वर्षहरूमा विभिन्न कारणले गर्दा ओरालोतर्फ लागेको नेपाली क्रिकेटका लागि वर्ष २०७९ केही शुभ संकेतहरू लिएर आएको थियो। क्रिकेटमा राजनीति, गुटबन्दी र आर्थिक अपारदर्शीता जस्ता संवेदनशील आरोप लगाउँदै २०१६ को जूनमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि प्रतिबन्ध लगाएपछि अत्यन्तै कमजोर र सुस्त बन्न पुगेको नेपाली क्रिकेटमा गएको वर्षले प्राणवायु भर्ने काम गर्यो। वर्ष २०७९ मा नेपाल आइसीसीले लगाएको प्रतिबन्धबाट पूर्णरूपमा मुक्त मात्र भएन, नेपाली क्रिकेटले एकपछि अर्को सफलता समेत आत्मसात गर्दै गयो।
वल्र्ड लिग डिभिजन २ मा नेपालले देखाएको अविश्वसनीय प्रदर्शनलाई नेपाली क्रिकेटको अहिलेको सफलतासँग जोडेर हेर्न सकिन्छ। …
