Home » खेलकुद/मनोरञ्जन » Page 5
Category:

खेलकुद/मनोरञ्जन

काभा महिला भलिबल नेसन्स लिग आजदेखि शुरू हुँदैछ । साउन २३ गतेसम्म हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेलिने छ ।

शुरूका दुई संस्करणको विजेता नेपालले तेस्रोपटक उपाधि जित्ने लक्ष्यअन्तर्गत उद्घाटन खेलमा श्रीलङ्काको सामना गर्दै छ । नेपालले साउन १९ गते भारत साउन २० गते इरान र साउन २१ गते माल्दिभ्सको सामना गर्ने छ ।

प्रतियोगितामा नेपाल, श्रीलङ्कासहित इरान, भारत र माल्दिभ्सको पनि सहभागिता रहेको छ ।

सेन्ट्रल एसियाका राष्ट्रको सहभागिता रहने प्रतियोगितामा भारत उपाधि रक्षा अभियानमा रहने छ । सन् २०१९/२०२१ मा बङ्गलादेशमा आयोजना भएको काभा वुमन्स नेसन्स लिगमा नेपाल च्याम्पियन भएको थियो ।

राउन्ड रोविन लिगपछि …

0 comment
0 FacebookTwitterEmail

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा मंगलबार पराजित भएका छन् ।

फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर २ मा भएको समूह पी को आफ्नो दोस्रो खेलमा प्रिन्स विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१-७, २१-५ ले सहजै पराजित भए ।

गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चे ।

प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोस्रो सेटमा ४ अंक जोडेका थिए । आफ्नो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रो सेटमा १७ अंक बटुलेका थिए । …

0 comment
0 FacebookTwitterEmail

श्रीलं‌कामा आयोजित एसीसी महिला–२० प्रतियोगिताको उपाधि आयोजक श्रीलंकाले जितेको छ।

आइतबार भएको फाइनल खेलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको हो। शानदार जितका लागि श्रीलंकाकी कप्तान चमारी अथपथ्थु र हर्सिता शमराविक्रमाले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले।

पहिले ब्याटिङ गर्दै भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८ दशमलव ४ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्‍यो। श्रीलंकाका लागि शमराविक्रमाले ५१ बलमा नटआउट रहँदै ६ चौका र २ छक्काको सहयोगमा ६९ रन बनाइन्।

यस्तै कप्तान चमारीले ४३ बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गर्दै ६१ रनको उत्कृष्ट पारी खेलिन्। कभिसा दिलहारीले १६ बलमा १ चौका र छक्का प्रहार गर्दै …

0 comment
0 FacebookTwitterEmail

एसीसी महिला एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल समूह ए बाटै बाहिरिएको हो ।

भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनायो ।  नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाए । अन्य ब्याटरहरु कसैले पनि दोहोरो रन बनाउन सकेनन् ।

भारतका दिप्ती शर्माले ३, अरुणधिता रेड्डी र राधा यादवले २÷२ विकेट लिए । रेनुका सिंहले १ विकेट …

0 comment
0 FacebookTwitterEmail

एसीसी महिला एसिया कपमा नेपालले समूहको आफ्नो अन्तिम खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

श्रीलंकाको रागिंरा दाम्बुला इन्टरनेसनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ। त्यसअघि आजै दिउँसो सवा दुई बजे पाकिस्तान र यूएई भिड्ने छन् ।

नेपाली टिमका प्रशिक्षक मनोज कटुवालले भारतविरुद्ध पहिले ब्याटिङ गरे चुनौतीपूर्ण लक्ष्य दिने र बलिङ गरे १ सय ४० सम्म रोक्ने लक्ष्य राखेको प्रतिक्रिया दिएका छन् । विश्व क्रिकेटको पावर हाउस भारतसँग खेल्न पाउनु नेपालका लागि अवसर भएको उनको भनाइ छ ।

समूह एमा रहेको नेपाल दुई खेलबाट दुई अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । भारत चार अंकका साथ …

0 comment
0 FacebookTwitterEmail

एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आज शुक्रबारदेखि सुरु हुँदैछ। आज पहिलो दिन समूह ‘ए’का दुई खेल हुँदैछन्।

श्रीलंकामा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईको सामना गर्दैछ। यो खेल डम्बुला मैदानमा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ।

आजै हुने दोस्रो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्। यो खेल सोही मैदानमा साँझ ७ः१५ बजे सुरु हुनेछ। साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो।

प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै

0 comment
0 FacebookTwitterEmail

स्पेनले युरोकप २०२४ को उपाधि हात पारेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङ्‌ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७औं मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै इङ्‌ल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गरेका थिए ।

योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरोकपको उपाधि जितेको छ । स्पेनले यस अघि सन्‌ १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै इङ्‌ल्याण्ड भने लगातार दोस्रो पटक युरोकपको उपविजेता बनेको छ ।

त्यस्तै नेपाली समय …

0 comment
0 FacebookTwitterEmail

आज राति युरोकपको फाइनलमा स्पेन र इङ्‌ल्याण्ड भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज राति १२:४५ बजेदेखि शुरु हुने छ ।

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्ड्‌सले इङ्‌ल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।

तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङ्‌ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ । २०२० मा सम्पन्न युरोकपमा इङ्‌ल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

स्पेन र इङ्‌ल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ …

0 comment
0 FacebookTwitterEmail

स्पेन युरोकप फुटबलको फाइनलमा पुगेको छ। बुधबार बिहान जर्मनीको एलियान्ज एरिनामा फ्रान्सलाई २-१ गोलले पराजित गर्दै स्पेन युरोकपको फाइनल प्रवेश गरेको हो।

फ्रान्सलाई पराजित गर्न स्पेनका ल्यामिन यमल र ड्यानी ओल्मोले गोल गरे। त्यसअघि रान्डल कोलो मुआनीले ८ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरूवाती अग्रता दिलाएका थिए।

त्यसपछि २१ औं मिनेटमा स्पेनका ल्यामिन यमलले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए। २५ औं मिनेटमा ड्यानी ओल्मोले गोल गरेपछि पहिलो हाफमा फ्रान्स पछि परेको थियो।

दोस्रो हाफमा कुनैपनि गोल नहुँदा स्पेन विजयी भएको हो। जारी युरोकपमा स्पेन अपराजित छ। समूह चरणमा इटाली, क्रोयशिया र अल्बानियालाई पराजित गर्दै समूह विजेता बनेर स्पेन अन्तिम …

0 comment
0 FacebookTwitterEmail

युरो २०२४ मा आजदेखि सुरु हुने क्वाटरफाइनलका खेलमा जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै छन् । उपाधि दाबेदार टोलीहरुबीच हुने यो प्रतिस्पर्धा निकै रोचक हुँदैछ ।

आज राती राति ९:४५ बजे हुने पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने मध्यराति १२:४५ बजे सुरु हुने दोस्रो क्वाटरफाइनल खेल पोर्चुगल र फ्रान्सबीच हुनेछ ।

चारै टोली पूर्व च्याम्पियन हुन् । आजको खेलपछि दुई दाबेदार टोली बाहिरिने छन् । त्यसैले पनि क्वाटरफाइनलका खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।स्पेन र जर्मनी युरोको सर्वाधिक सफल टोली हुन् । दुवैले समान ३ पटक युरो जितेका छन् ।

जर्मनीले प्रिक्वाटरफाइनलमा डेनमार्कलाई पराजित गरेको थियो …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved