युरो कप २०२४: आज जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै

युरो २०२४ मा आजदेखि सुरु हुने क्वाटरफाइनलका खेलमा जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै छन् । उपाधि दाबेदार टोलीहरुबीच हुने यो प्रतिस्पर्धा निकै रोचक हुँदैछ ।

आज राती राति ९:४५ बजे हुने पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने मध्यराति १२:४५ बजे सुरु हुने दोस्रो क्वाटरफाइनल खेल पोर्चुगल र फ्रान्सबीच हुनेछ ।

चारै टोली पूर्व च्याम्पियन हुन् । आजको खेलपछि दुई दाबेदार टोली बाहिरिने छन् । त्यसैले पनि क्वाटरफाइनलका खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।स्पेन र जर्मनी युरोको सर्वाधिक सफल टोली हुन् । दुवैले समान ३ पटक युरो जितेका छन् ।

जर्मनीले प्रिक्वाटरफाइनलमा डेनमार्कलाई पराजित गरेको थियो । यस्तै स्पेनले जर्यालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

यस पटक स्पेन र जर्मनी दुवै टोली लयमा देखिएका छन् । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छन् । तर एक टोलीको मात्र लक्ष्य पूरा हुनेछ । स्पेनले सन् २००० यता दुई पटक युरो जितिसकेको छ । २००८ र २०१२ मा स्पेनले युरो जितेको थियो । स्पेनले १९६४ मा पहिलो पटक युरो जितेको थियो ।

जर्मनीले युरो जित्न नसकेको २८ वर्ष भइसकेको छ । सन् १९७२ मा पहिलो पटक युरो जितेको जर्मनीले त्यसपछि १९८० र पछिल्लो पटक १९९६ मा उपाधि जितेको थियो ।

स्पेन र जर्मनी भिड्दा दुवै टिमका युवा खेलाडीहरुमा नजर हुनेछ । स्पेनका फरवार्ड लामिन यामल र निको विलियम्स तथा जर्मनीका जमाल मुसिएलाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

यस्तै दोस्रो क्वाटरफाइनलमा पोर्चुगल र फ्रान्सबीच खेल हुनेछ । यो खेल पनि दुई पूर्व विजेता बीचको प्रतिस्पर्धा हुनेछ । फ्रान्सले सन् १९८४ र २००० मा उपाधि जितेको थियो । पोर्चुगलले भने सन् २०१६ मा फ्रान्समै भएको युरोमा फ्रान्सलाई हराएर पहिलो पटक उपाधि जितेको थियो ।

यस पटक फ्रान्सले सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन । यस्तै पोर्चुगलले पनि औसत प्रदर्शन गरिरहेको छ ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सम्भवत आफ्नो अन्तिम युरो खेलिरहेका छन् । युरोमा सर्वाधिक खेल खेल्ने र गोल गर्ने कीर्तिमान बनाएका रोनाल्डोले यस पटक भने अपेक्षा अनुसार खेल्न सकेका छैनन् ।

उता फ्रान्सका कप्तान केलिएन एमबाप्पेको प्रदर्शन पनि अपेक्षा अनुसार हुन सकेको छैन । दुवै टोलीमा राम्रा खेलाडी भए पनि मैदानमा त्यो प्रदर्शन देखिएको छैन ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link