राष्ट्रिय विभूति अरनिको स्मृति दिवसका अवसरमा कलाकार र कलालेखकहरू सम्मानित तथा पुरस्कृत भएका छन् । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल व्यावसायिक कलाकार सङ्घद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा, विजय थापा, सन्तकुमार शाक्य, श्यामबहादुर श्रेष्ठसहित १५ जना सम्मानित तथा पुरस्कृत भएका हुन् । सोही समारोहमा ‘नारायणदेवी कला लेखन पुरस्कार’ कला लेखक तथा निबन्धकार ज्ञानेन्द्र विवशलाई प्रदान गरिएको थियो ।
विवश स्वतन्त्र समाचार अनलाइनका स्तम्भ लेखकसमेत हुनुहुन्थ्यो । त्यसै गरी मूर्तिकलामा लक्ष्मण भुजेल, चित्रकलामा सुजनवीर बज्राचार्य, ग्राफिक्स डिजाइनमा प्रकाश थापा ‘प्रथा’ लगायत मोफसलका कलाकारहरू महेन्द्र राई, गणेश लामा ‘आँसु’, श्रवणकुमार चौधरी …
