नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले संरक्षण पत्रकारिता पुरस्कार प्राप्त गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आफ्नो स्थापनाको ४१ औँ वार्षिकोत्सवका अवसरमा समूहलाई ६५ हजार १ रुपैयाँ राशि र सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो।
वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले कोषका तर्फबाट समूहलाई पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो। शुक्रवार (३ कार्तिकमा) ललितपुरको खुमलटारस्थित कोष परिसरमा आयोजित विशेष समारोहमा समूहको प्रतिनिधित्व गर्दै सचिव सृष्टि काफ्लेले पुरस्कार तथा सम्मानपत्र ग्रहण गर्नुभयो।
कोषले यही वर्षदेखि संरक्षक संरक्षण पत्रकारिता पुरस्कार प्रदान गर्न थालेको हो। नेपालको वन, वातावरण, प्रकृति, वन्यजन्तुलगायत जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा कोषले समूहलाई यो पुरस्कार प्रदान गरेको …
