Home » नीति/राजनीति » Page 24
Category:

नीति/राजनीति

निजामती कर्मचारीको सरुवा प्रक्रिया मनलाग्दी शैलीमा अपारदर्शी र विभेदकारी हुने गरेको भनेर चौतर्फी आलोचना भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रक्रियालाई व्यवस्थित बनाउने प्रयास थालेको छ।

कर्मचारीको सरुवालाई व्यवस्थित बनाउन भन्दै गठन गरिएको ‘सरुवा व्यवस्थापन कार्यदल’ ले कर्मचारी सरुवा अनलाइन प्रणालीबाट गर्न सुझाव दिएको छ। कार्यदलले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई कर्मचारी सरुवा सम्बन्धमा सफ्टवेयर प्रयोग गर्नुपर्ने भन्दै सरुवा प्रणालीमा सुधारका लागि विभिन्न सुझाव समेटिएको प्रतिवेदन बुझाएको हो।

कर्मचारी प्रशासनभित्र सरुवाको निश्चित मापदण्ड तोक्न र सरुवा प्रक्रियालाई व्यवस्थित बनाउन आवश्यक सुझाव दिनुपर्ने जिम्मेवारी तोकेर मन्त्रालयले जेठ २९ गते सहसचिव बलराम रिज्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। …

कर्मचारी सरुवामा राजनीतिक हस्तक्षेप, व्यवस्थित सरुवा गर्न यस्ता छन् सुझाव
0 comment
0 FacebookTwitterEmail

तीन महिनादेखि मणिपुर अशान्त छ। त्यहाँ दिनप्रतिदिन हिंसाका शृंखलाबद्ध घटना बढ्दै गएका छन्। मणिपुरमा विभिन्न जिल्लामा जारी हिंसा अहिले चुराचाँदपुर जिल्लामा सल्किएको छ।

मणिपुरमा गत ३ मेमा कुकी समुदायका तर्फबाट निकालिएको ‘आदिवासी एकता मोर्चा’ बीच हिंसा भड्किएको थियो। यसमा कुकी र मैतेई समुदायबीच हिंस्रक झपडसमेत भएको थियो। त्यतिबेलादेखि त्यहाँको स्थिति तनावग्रस्त छ। हिंसामा परी अहिलेसम्म १६० जनाले ज्यान गुमाइसकेका छन्।
मणिपुरमा मैतेई जातिको संख्या करिब ५३ प्रतिशत छ। यीमध्ये अधिकांश इम्फालको पहाडी इलाकामा बस्छन्। यसमा पनि नागा र कुकी गरी ४० प्रतिशत आदिवासी छन्।

मणिपुरलाई लिएर संसद्मा हंगामा

मणिपुरको हिंसालाई लिएर सडकेदखि संसद्सम्म हंगामा जारी छ। २० जुलाईदेखि सुरु भउको …

मणिपुरमा लगातार हिंसा जारी, प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव
0 comment
0 FacebookTwitterEmail

कम्बोडियाका सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री हुन सेनले बुधबार तीन हप्ताभित्र प्रधानमन्त्री पदबाट राजीनामा दिने र आफ्नो जेठो छोरालाई सत्ता सुम्पने घोषणा गर्नुभएको छ। आइतबार भएको निर्वाचनमा प्रधानमन्त्री हुन सेनका जेठा छोरा पहिलो पटक संसद्मा विजयी हुनुभएको थियो।

सेनको कम्बोडियन पिपुल्स पार्टीले सप्ताहन्तमा भएको चुनावमा भारी जित हासिल गरेपछि यो घोषणा आएको हो। यद्यपि, पश्चिमी देश र अधिकारवादी संस्थाले निर्वाचनलाई ‘न त स्वतन्त्र न निष्पक्ष’ भनी आलोचना गर्दै निर्वाचनले देशको प्रमुख प्रतिपक्षलाई दबाएको बताएका छन्। सेन ३८ वर्षदेखि कम्बोडियाको निरंकुश नेता हुनुहुन्छ। तर चुनावअघि उहाँले आफ्नो जेठो छोरा हुन मानेटलाई अर्को पाँच वर्षको कार्यकालमा सत्ता हस्तान्तरण गर्ने बताउनुभएको थियो।…

0 comment
0 FacebookTwitterEmail

हामीले अहिलेसम्म विदेशबाट नेपाल आउँदा कसले के–के ल्याउन पाउँछन् ? कुन सामानको कति भन्सार लाग्छ भन्नेजस्ता समाचार धेरै पढ्यौँ। यो स्वाभाविक पनि हो। किनभने प्रायःजसो नेपालीले विदेशबाट नेपाल फर्किँदा सामान ल्याउँछन्। ब्रान्ड र मूल्यका हिसाबले पनि गुणस्तरीय र सस्तो सामान पाइन्छ भन्ने हाम्रो धारणा छ। यो धारणा गलत पनि होइन।

विदेशबाट फर्किने नेपालीले सामान ल्याएँझैँ नेपालबाट विदेश जाँदा पनि कतिपयले सामान लैजान्छन्। तर तपाईंलाई थाहा नहुन सक्छ कि विदेश जाँदा पनि सामान लैजान पाइन्छ, जसमा भन्सारशुल्क छुट हुन्छ या सरकारले तोकेअनुसार शुल्क तिरेर लैजान्छ सकिन्छ। त्यसोभए विदेश जाने नेपाली के–के सामान लैजान पाउँछन् ? यसबारे कस्तो प्रावधान छ ? कुन–कुन …

0 comment
0 FacebookTwitterEmail

आज हामी झन्डै एकवर्षको अन्तराल पछि भेला भएका छौँ। कैयौँ साथीहरूलाई विधानविपरीत यसरी एक वर्षपछि भेला हुने अवस्था किन र कसरी उत्पन्न भयो होला भन्ने जिज्ञासा हुनसक्छ। यसको जवाफ सभापति र पदाधिकारी साथीहरूबाट आउने नै छ।

अहिलेको विश्व लोकरिझ्याँमा चलेको छ। सायद त्यसैको सिको हामी पनि गर्दैछौँ। केन्द्रीय समितिको बैठक लाइभ गर्नु त राम्रै हो र हाम्रा लागी नयाँ प्रयोग पनि हो। यसले पारदर्शितालाई प्रवद्र्धन त गरेको छ। तर यो सुरु गर्दा कार्यविधि तय गरेर गरेको भए राम्रो हुने थियोजस्तो लाग्छ। कुन विषय बन्द कोठामा गर्ने र कुन विषय खुल्ला गर्ने भन्ने कुराको परिधि तय गरिनुपर्थ्यो। मलाई लाग्छ परराष्ट्र, समसामयिक …

नयाँ उदाएका पार्टीबाट कांग्रेस चुनौतीकाे घेरामा छ : डा. शेखर कोइराला
0 comment
0 FacebookTwitterEmail

रुपन्देही जिल्ला शिक्षा समन्वय इकाइको सरकारी गाडी शनिबार दुरूपयोग गरेको भेटिएको छ। शिक्षा समन्वय इकाइका प्रमुख दिपेन्द्र ढकालले सार्वजनिक बिदाकाे दिन सरकारी गाडीको दुरुपयोग गर्नुभएको हो।

ढकालले शनिबार पनि जिल्ला प्रशासन कार्यालयको अनुमतिबिना सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको भेटिएको छ। शनिबार बिहान बुटवलबाट केवलकार चढेर वसन्तपुर घुमेका ढकाल दिउँसो पाल्पाको नुवाकोटमा पुगेर दारु पार्टीमा सहभागी हुनुभएको थियो। घुमफिरमा ढकालले बा२झ १०१० नम्बरको सरकारी गाडी प्रयोग गर्नुभएको थियो।

आफ्ना केही साथीहरु तथा निजी विद्यालयका सञ्चालकलाई बोकेर नुवाकोट पुगेका उहाँले स्कुलको अनुगमनमा निस्किएको र खाजा खानका लागि नुवाकोट पुगेको प्रतिक्रिया दिनुभयो।

शनिबारको दिन बुटवलका केही निजी विद्यालय निरीक्षण गरेको बताउने …

जिल्ला शिक्षा समन्वय इकाइ प्रमुखबाट सरकारी गाडीको दुरुपयोग
0 comment
0 FacebookTwitterEmail

२०२२ डिसेम्बरमा पद सम्हालेका चिनियाँ विदेशमन्त्री क्विन गाङबारे अहिलेसम्म कुनै खबर छैन। दुई हप्ताअघि विदेश मन्त्रालयले उहाँको स्वास्थ्यस्थिति खराब रहेको बताएको थियो। यसलाई लिएर चीनकै सामाजिक सञ्जालमा विभिन्न खालका अफवाह फैलिएका छन्।

केही सञ्चारमाध्यमले चिनियाँ राष्ट्रपति सी जिनपिङले छिटै मा झाओसुलाई नयाँ विदेशीमन्त्री बनाउन सक्ने लेखेका छन्। हाल उनी उच्च कूटनीतिज्ञ हुनुहन्छ र विदेश मन्त्रालय दोस्रो वरियतामा हुनुहुन्छ

इन्डोनेसियाबाट सुरु भएको समस्या

दुई हप्तअघि इन्डोनेसियामा एउटा सम्मेलन भएको थियो। त्यसमा भाग लिने सबै पदाधिकारीलाई परम्परागत पोसाक तयारी बनाइएको थियो। भारतका विदेशमन्त्री जयशंकर पनि त्यहाँ उपस्थित थिए। तर चीनले आयोजकलाई विदेशमन्त्री गाङको स्वास्थ्य प्रतिकूल भएका कारण उपस्थित हुन नसक्ने जानकारी दियो।…

0 comment
0 FacebookTwitterEmail

पूर्व–पश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रपुर बजारदेखि २० किलोमिटर दक्षिणमा छ, गरुडा नगरपालिका। सदरमुकाम गौर जोड्ने सडकखण्डमा पर्ने गरुडा बजारबाट पूर्व लागेपछि ३ नम्बर वडामा पर्ने मलाही टोल पुगिन्छ।

यही टोलमा खपडाले छाएको दुईकोठे घरमा दुई छोरी सहित बस्छन्, राजाराम सहनी दम्पती। गएको फागुनमा भेट हुँदा राजाराम आँगनमा झोक्राइरहेका भेटिए। हत्केलामा चिउँडो टेकाएर आँखा छोपिने गरी औंला तन्काएका उनी काठको तखतामा बसेका थिए।

‘राजाराम सहनीको घर यही होइन?’ हाम्रो स्वर सुनेपछि उनी झसङ्ग भए।

राजाराम सहनी दुई छोरी र श्रीमतीका साथमा।तस्वीर: सागर चन्द

ठ्याक्कै पाँच वर्षअघि यस्तै अपरिचित व्यक्तिले ल्याएको एउटा अकल्पनीय खबरले सहनी परिवारको लय बिथोलिदिएको थियो।

२०७४ साउन ५ …

0 comment
0 FacebookTwitterEmail
तस्बिर : रोयटर्स

स्पष्टवक्तासमेत रहेका चिनियाँ विदेशीमन्त्री किन गाङ तीन हप्तायता देखिएका छैनन्। उनको अनुपस्थितिलाई ‘गायब’ भएको अनुमान गरिएको छ।

गाङ अनुभवी र तीव्र गतिमा उदाइरहेका चिनियाँ कूटनीतिज्ञ हुन्। उनले सन् २०२१ मा डेढ वर्षका लागि अमेरिकाका लागि चिनियाँ राजदूतका रूपमा पनि काम गरिसकेका छन्। गत गर्ष डिसेम्बरमा चीनको विदेशमन्त्रीसमेत बनेका गाङलाई चीनको केन्द्र सरकारको तेस्रो उच्च पदसमेत प्रदान गरेको थियो।

गाङ बेपत्ता भएको बारे विदेश मन्त्रालयका अधिकारीले हप्तादिन अगाडि सम्बोधन गर्दै स्वास्थ्यका कारणरले दक्षिण–पूर्वी एसियाली देशका विदेशमन्त्रीहरूको बैठकमा भाग नलिने बताए। यसबाहेक थप जानकारी मन्त्रालयले दिएको छैन। जसले गर्दा गाङ कोभिड संक्रमित भएको हुन सक्ने अड्कल काटिएको छ। तर कोभिडबाट रिकभर हुन …

तस्बिर : रोयटर्स
0 comment
0 FacebookTwitterEmail

यतिबेला निजामती प्रशासनमा मन्त्री र कर्मचारीहरूबीच विभिन्न माग र मुद्दालाई लिएर खैलाबैला मच्चिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको समग्र कर्मचारी प्रशासनप्रति, उच्च तहका कर्मचारीको मन्त्रीप्रति, पूर्व सचिवहरूको सरकारप्रति तथा स्थानीय तहका कर्मचारीको मन्त्रालयप्रति असन्तुष्टि बढेको छ । ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव मुछिएपछि शुरु भएको वैचारिक मनमुटाव सचिवको हाजिरीमा मन्त्रीको रातो घेराको प्रसंग तथा स्थानीय तहका कर्मचारीको मनलाग्दी सरुवाको विषयसम्म पुगेको छ।

सरकारका पूर्व सचिवहरू तथा कर्मचारी युनियनहरूले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने प्रकरणको अनुसन्धानका क्रममा राजनीतिक नेतृत्व र प्रशासनिक कर्मचारीबीच फरक व्यवहार गरेको भन्दै असन्तुष्टि जनाएका छन्। त्यस्तै संघीय मामिला तथा सामान्य

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved