अमृत क्याम्पसका सहायक क्याम्पस प्रमुख रविन्द्र सिंह महतले क्याम्पसमा भइरहेको बेथिति र अनियमितता बारेमा सूचना दिई क्याम्पसमा सुधार गर्न प्रयास गरे वापत भएको कारवाही राष्टिय सूचना आयोगले बदर गरिदिएको छ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २९ मा भएको सूचनादाताको संरक्षणसम्बन्धी विशेष व्यवस्था अनुसार आयोगले यो निर्णय गरेको हो। उक्त दफामा सार्वजनिक निकायमा कार्यरत कर्मचारीले सार्वजनिक निकायमा भएको वा भइरहेको वा हुनसक्ने भ्रष्टाचार, अनियमितता र प्रचलित कानूनबमोजिम अपराध मानिने कुनै कार्यको सूचना दिनु पर्ने दायित्व रहेको छ। सहायक क्याम्पस प्रमुख महतले सोही कर्तब्य पुरा गर्दा उहाँमाथि क्याम्पस प्रमुखले प्रतिशोध राखेर कारबाही गर्नुभएको थियो।
सूचना आयोगका अनुसार , नुवाकोट जिल्ला, पञ्चकन्या …
