Home » नीति/राजनीति » Page 8
Category:

नीति/राजनीति

ग्लोबल फन्डको अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता सेभ दी चिल्ड्रेनलाई नबनाउने निर्णय भएको छ। सोमबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयमा बसेको सिसिएम (कन्ट्री कोअर्डिनेटिङ मेकानिज्म) को एक सय ३०औँ बैठकले ग्लोबल फन्डको सहयोगमा सञ्चालन हुने एचआईभी र क्षयरोगका कार्यक्रमका लागि नेपाल सरकार र गैरसरकारी क्षेत्रबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी)लाई प्राप्तिकर्ता (प्रिन्सिपल रेसिपिएन्ट) छान्ने निर्णय गरेको हो।

एचआईभी, क्षयरोग र मलेरिया कार्यक्रम सञ्चालन गर्न सिसीएमा मार्फत ग्लोबल फन्डले यसअघि नै नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई प्रमुख प्राप्तकर्ता बनाउनु निर्णय भइसकेको थियो भने गैरसरकारीतर्फ निर्णय हुन बाँकी थियो।

सिसीएमका १७ सदस्यमध्ये ११ जनाले एचआईभी र क्षयरोग कार्यक्रम सञ्चालन गर्न गैरसरकारी संस्थातर्फ युएनडीपीलाई …

0 comment
0 FacebookTwitterEmail

पछिल्लो समयमा मिथ्या सूचनाबाट प्राप्त राजनीतिक उपलब्धिमाथि लगातार प्रहार हुन थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ। सेन्टर फर मिडिया रिसर्च नेपालले फागुन १२ काठमाडौँमा आयोजिना गरेको ‘नेपालमा सूचनाको चलखेल र लोकतन्त्र’ विषयक कार्यक्रममा सरोकारवालाले पछिल्ला समय गलत सूचनाका आधारमा सामाजिक सञ्जालमा गलत भाष्य स्थापित गर्न खोजिएको बताएका छन्।

‍कार्यक्रममा ‘सूचना चलखेल नियन्त्रणमा राजनीतिक दलहरुको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले गलत सूचनाका माध्यमबाट लोकतन्त्र र लोकतान्त्रिक नेतृत्वविरुद्ध निरन्तर प्रहार हुन थालेको बताउनुभयो। सूचनामा चलखेल नियन्त्रण गर्न राजनीतिक दलको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले दलका कार्यकर्ता तथा शुभेच्छुकको ‘डिजिटल’ ज्ञान बढाउने तथा सामाजिक सञ्जाल सञ्चालनको आचारसंहिता …

0 comment
0 FacebookTwitterEmail

सन् २०२५ सम्ममा देशमा कुपोषणको दर शून्यमा झार्ने पोषणसम्बन्धी राष्ट्रिय लक्ष्य रहे पनि कर्णालीको अवस्था चिन्ताजनक रहेको छ । कर्णालीको अहिलेको अवस्था हेर्दा पोषणसम्बन्धी राष्ट्रिय लक्ष्य भेटाउन सहज नहुने सम्भावना बढेको छ। कर्णालीमा ५१ प्रतिशत गरिब दर भएका कारण  कुपोषणको अवस्थामा सुधार ल्याउन गरिबी प्रमुख चुनौती बन्दै गएको छ।

आफ्नो उत्पादनले मुस्किलले ६ महिना खाना नपुग्ने कर्णालीका पहाडी तथा हिमाली जिल्लामा कुपोषण दर शून्यमा झर्ने लक्ष्य अपूरो हुने सम्भावना बढेको सरोकारवा बताउँछन्। राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार प्रदेशमा ३६ प्रतिशत बालबालिकामा पुड्कोपना, १८ प्रतिशत कम तौल तथा चार प्रतिशतमा ख्याउटेपना र ४८ प्रतिशत बालबालिका रक्तअल्पताबाट पीडित रहेको तथ्याङ्क …

0 comment
0 FacebookTwitterEmail

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल मन्त्र भएको बताउनुभएको छ। लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका विषयमा जानकारी दिन राजनीतिक दल, पत्रकार, नागरिक समाज, धार्मिक अगुवासँग फागुन ११ गते भएको भेटघाटमा उहाँले शान्तिसुरक्षा, अमनचयन र अपराध नियन्त्रण गर्न सफलता हासिल भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “यस विषयलाई व्यवहारमा लागू गर्न प्रभावकारी कदम चालिने छ।” गणतन्त्र स्थापनापछि केही सकारात्मक परिवर्तन भएको उल्लेख गर्दै उहाँले विकास र समृद्धिको प्रक्रियालाई तीव्र बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

जनताको समाजिक आर्थिक जीवनमा परिवर्तन ल्याउनु आजको मुख्य कार्यभार भएको भन्दै गृहमन्त्री श्रेष्ठले सुशासनका लागि भ्रष्टाचारको प्रभावकारी नियन्त्रण नगरीकन समृद्धिले फड्को मार्न …

0 comment
0 FacebookTwitterEmail

कार्यसम्पादन मूल्याङ्कनमा  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरकै प्रथम बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क प्रथम भएको हो।

देशभरका सात सय ५३ स्थानीय तहमध्ये सन्धिखर्कले ६१ दशमलव ८१ अङ्क प्राप्त गरी पहिलो भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो।

स्थानीय तहलाई सङ्घीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदानअन्तर्गत कार्यसम्पादन मूल्याङ्कनका आधारमा अनुदान सिफारिसका लागि आयोगले कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ।

कार्यसम्पादन मूल्याङ्कन गर्दा आयोगले स्थानीय तहसँग तथ्याङ्कहरू मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अङ्क प्रदान गरिन्छ। …

0 comment
0 FacebookTwitterEmail

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा हुने ढिलासुस्ती, अपारदर्शिता, अनुत्तरदायी प्रवृत्ति, दण्डहीनता तथा भ्रष्टाचार प्रमुख चुनौतीका रूपमा देखापरेको बताउनुभएको छ।

फागुन १० गते नेपालगञ्जमा गृह मन्त्रालयले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य लिएको उल्लेख गर्दै भन्नुभयो, “गृह प्रशासनको पहिलो प्राथमिकता शान्ति र सुव्यवस्था कायम गरेर अपराध नियन्त्रण गर्ने हो।”

गृहमन्त्री श्रेष्ठले सो लक्ष्य हासिल गर्न स्थानीय प्रशासनको प्रभावकारी परिचालन गर्ने नीति लिएको भन्नुहुँदै मुलकको आर्थिक समृद्धिका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले परिवर्तनबाट प्राप्त लाभ जनताले उपभोग गर्ने वातावरण बनाउनका लागि वर्तमान व्यवस्थाप्रति जनताको भरोसा अझ उच्च बनाउन आवश्यक …

0 comment
0 FacebookTwitterEmail

बागमती प्रदेश सरकारले एक स्वास्थ्यको अवधारणालाई आत्मसात् गर्दै ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेको हो।

निर्देशिका स्वीकृत भएसँगै बागमती प्रदेशका प्रत्येक मन्त्रालयले गर्ने विकास निर्माणलगायत सबै काममा मानव स्वास्थ्यलाई विशेष ख्याल राख्नुपर्ने भएको छ।  स्वास्थ्यमन्त्री उत्तम जोशीले ‘सबै नीतिमा स्वास्थ्य नीति’ लागू गर्ने योजनाले सार्थक रुप लिएको र अब प्रत्येक मन्त्रालयका नीति निर्माणमा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

मानव स्वास्थ्य र रोगमा स्वास्थ्य क्षेत्रका सामाजिक निर्धारकहरूको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “मानव स्वास्थ्यलाई असर गर्न सक्ने स्वास्थ्यका सामाजिक निर्धारकहरूमा गैरस्वास्थ्य क्षेत्र र विषयहरूले प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने भएकाले …

0 comment
0 FacebookTwitterEmail

नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, काभ्रेपलाञ्चोक पाँचखालमा निर्माण सम्पन्न १८५ केभिए क्षमताको ‘उन्नत सौर्य ऊर्जा परियोजना’को उद्‌घाटन गरिएको छ।

‘संयुक्त राज्य अमेरिका एसिया प्रशान्त कमाण्ड–विश्व शान्ति कार्य प्रयास’को सहयोगमा निर्मित उक्त परियोजनाको फागुन ९ गते यहाँ आयोजित समारोहमा संयुक्त राज्य अमेरिकाका राजनीतिक–सैन्य मामिला ब्यूरोका योजना तथा कार्यसञ्चालनसम्बन्धी उपसहायक विदेश मन्त्री रेचल शिलरले उद्‌घाटन गर्नुभएको हो। सो अवसरमा उहाँले संयुक्त राज्य अमेरिका, नेपाल र संयुक्त राष्ट्र सङ्घबीचको यो त्रिपक्षीय साझेदारीको ‘हाइब्रिड सौर्य ऊर्जा जेनेरेटर’ योजनाको उद्‌घाटन गर्न पाउँदा खुसी लागेको बताउनुभयो।

“यो परियोजना दक्षिण सुडानमा संयुक्त राष्ट्रसङ्घ मिसनमा सेवारत नेपाली बटालियनले प्रयोग गर्नका लागि पनि विस्तार गरिने छ”, मन्त्री …

0 comment
0 FacebookTwitterEmail

सर्वोच्च अदालतलगायत मातहतका अदालत तथा न्यायाधिकरणमा गरी जम्मा एकलाख ५८ हजार एक सय ४७ बाँकी फर्छ्यौट गर्न बाँकी रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष फागुन ९ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पेस गर्नुभएको सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा उक्त मुद्दा फर्छ्यौट हुन बाँकी रहेको देखिएको हो।

सर्वोच्च अदालतलगायत मातहतका अदालत तथा न्यायाधिकरणमा गत आर्थिक वर्षदेखि जिम्मेवारी सरेका एक लाख ५९ हजार आठ सय ५१ र चालु आवमा नयाँ दर्ता भएका एक लाख ८० हजार एक सय ३९ गरी जम्मा मुद्दा तथा रिटको वार्षिक लगत तीन लाख ३९ हजार नौ सय ९० कायम भएको हो। …

0 comment
0 FacebookTwitterEmail

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गर्नुभएको छ ।

महामन्त्री शर्माले भन्नुभएको छ, “सङ्घर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधाननै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पुर्‍याउने भरपर्दो माध्याम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट छ ।”

महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “पटक पटकको संसद् विघटन र संविधानको रक्षका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए । त्यो गठबन्धनबाट उपलव्धि हासिल भएको छ तर, पनि असन्तुष्टी र चुनौतीहरू बढ्दै गएको देखिन्छ

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved