नयाँ सत्ता गठबन्धन घोषणा भएको दुई दिन नबित्दै प्रचण्ड सरकार सङ्कटमा पर्ने सङ्केत देखिन थालेको छ ।
सरकारमा सहभागिताको लागी मन्त्रिमण्डलको बाँडफाँड सन्तुलित नहुने भएपछि सरकारमा जानबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पछि हटेको जसपाको एक नेताले दाबी गरेका छन् ।
जनता समाजवादी पार्टीको बुधवार बसेको बैठकमा बहुमत कार्यकारिणी सदस्य तथा सांसदहरूको विद्रोहको धम्की दिएपछि यादव पछि हटेको एक नेताले दाबी गरेका छन् । उनका अनुसार सो दलका १२ जना सांसद मध्ये ८ जना वर्तमान गठबन्धनको विपक्षमा देखिएका छन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको रूपमा वाम गठबन्धनको सरकारमा अध्यक्ष आफै जान खोजेको आरोप उपेन्द्र यादव माथि लागेको छ ।
