Home » पूर्वाधार/विकास » Page 3
Category:

पूर्वाधार/विकास

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रियसभाको  फागुन १८ गतेको बैठकमा समय लिएर बोल्दै उहाँले सो आयोजना निर्माण कोरोनाका कारण प्रभावित भए पनि सरकारले तय गरेको समयभित्रै पूरा हुने उल्लेख गर्नुभयो। आयोजना जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यसो हुन नसकेको स्वीकार गर्दै उपप्रधानमन्त्री खड्काले लागत नबढ्ने गरी प्रक्रिया अगाडि बढाइएको स्पष्ट पार्नुभयो। सो मार्गको खोकनामा देखिएको समस्या समाधानका लागि आवश्यक अध्ययन भइरहेको जनाउँदै उहाँले विभिन्न विकल्पमाथि छलफल जारी रहेको बताउनुभयो।

प्रक्रिया पुर्‍याउने सन्दर्भमा केही ढिलाइ हुँदा जाजरकोट भूकम्पपीडितले पुनःनिर्माणबापतको रकम पाउन केही समय लागेको उपप्रधानमन्त्री खड्काले …

0 comment
0 FacebookTwitterEmail

 

धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो ।

यसरी पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत स्वतः हुने जलयात्रा (र्याफ्टिङ), फिसिङ, क्याम्पफायर, वनभोजबाहेक जिल्लाका स्थानीय तहले तमोर नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रयोग गर्न सकेका छैनन् ।

जिल्लाको छथर जोरपाटी, सहिदभूमि, साँगुरीगढी, चौबिसे गाउँपालिका सहित धनकुटा नगरपालिका भएर तमोर नदी बगेको छ । होटल एशोसिएसन भेडेटारको तथ्याङ्कानुसार भेडेटार र तमोर नदी …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन्

मित्रराष्ट्रय चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा  टिप्ताला नाका हुदैँ  फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोला क्षेत्रमा सडक विस्तार गरेको थियो । ओलाङचुङगाला हुदैँ सेराप बगरसम्म ‘ट्र्याक’ खोल्ने काम चीनको निर्माण कम्पनीले गरेको थियो । नेपाल र चीनको नाकाबाट नेपालतर्फ ३५ किलोमिटर क्षेत्रमा  ट्रयाक खोलिएको थियो ।

नेपालतर्फ सुनसरीको चतरादेखि खोल्दै लगिएको ट्र्याक यसअगाडि चीनले खोलेको ट्र्याकमा गत मङ्गलबार साँझ जोडिएको उत्तर दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजनाका

0 comment
0 FacebookTwitterEmail

रुपन्देही लुम्बिनी प्रादेशिक अस्पतालमा ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा नयाँ १० तले एक हजार दुई सय शय्याको आधुनिक अस्पताल भवन बन्ने भएको छ।

अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो । निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाखमा निर्माण सुरु भएको पाँच वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, कहिले ठेक्का प्रक्रिया नमिलेको त कहिले के भन्दै रोकिएको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना अनुसारको पुराना संरचना हटाएर नयाँ बन्ने कार्य रोकिएको थियो।
यस क्षेत्रको एक सय १४

0 comment
0 FacebookTwitterEmail
सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।

सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । विगत चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताउनुभयो । रकम अभावले कोइलासमेत खरिद गर्न समस्या भइरहेको उहाँको भनाइ थियो ।

रकम अभाव भएपछि अवकाशप्राप्त कर्मचारीले पाउने सेवा सुविधासहितको उपदान नपाएको गुनासो आइरहेको छ । उक्त उपदान नपाउने कर्मचारीको सङ्ख्या १५ रहेको उद्योग प्रशासनले जनाएको
0 comment
0 FacebookTwitterEmail

काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ। विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र सङ्घीय अङ्ग (युनेस्को)को मापदण्ड पूरा गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरले जनाएको छ।

उक्त ऐतिहासिक क्षेत्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो। विश्व सम्पदामा सूचीकृत हुने तयारी अन्तर्गत सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको हो। युनेस्कोको मापदण्डका अधिकांश पूरा भइसकेकाले आवश्यक कागजात पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाइने नगरप्रमुख रामशरण भण्डारीले बताउनुभयो। उहाँले भन्नुभयो, “नगरद्वारा व्यवस्थापकीय तयारी भइरहेको छ, करिब दुई महिनामा उक्त …

0 comment
0 FacebookTwitterEmail
बुटवलको पार्किङ समस्या व्यवस्थापनको लागि गठित कार्यदलले पार्किङ स्थानको खोजी तथा त्यसको व्यवस्थापनमा जुटेको छ ।

गठित कार्यदलको बुटवल उद्योग वाणिज्य सङ्घमा बसेको बैठकले पार्किङ स्थल निर्माण गर्न सम्भावित क्षेत्रहरूको पहिचान गरी त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थलगत निरीक्षण गरेर एउटा निष्कर्षमा पुग्ने गरी तयारी गरिएको कार्यदलका सदस्य सचिव तथा बुटवल उद्योग वाणिज्य सङ्घका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनुभयो ।

बुटवलको पार्किङ समस्या समाधानको लागि बुटवल उद्योग वाणिज्य सङ्घको अग्रसरतामा बुटवल उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठको संयोजकत्वमा सर्वपक्षीय पार्किङ व्यवस्थापन कार्यदल गठन गरिएको थियो ।

सोही कार्यदलको बैठकले पार्किङ समस्या समाधानको लागि स्थानको पहिचान गरी ती
बुटवलमा पार्किङको समस्या: व्यवस्थापन गर्न स्थानको खोजी
0 comment
0 FacebookTwitterEmail

नारायणगढ–बुटवल सडकखण्ड निर्माण सम्पन्न गर्नका लागि पटक पटक म्याद थप  गरिए पनि समयमै निर्माण सकिने आशा न्यून रहेको छ । दोस्रो पटक थप गरिएको म्याद आउँदो साउनमा सकिँदै छ । तर, सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा भने ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ ।

विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो । त्यसयता दुईपटक म्याद थप गरिएको छ । दोस्रोपटक थपिएको म्याद आउँदो साउनमा सकिने छ । उक्त अवधिसम्म

0 comment
0 FacebookTwitterEmail
आगामी नयाँ वर्षदेखि धरहरा अवलोकन गर्न पाइने गरी निर्माण सम्पन्नताको तयारी भइरहेको छ । काठमाडौँको सुन्धारामा धरहरा निर्माणको काम सकिनै लागेकोले चैत मसान्त भित्रमा सम्पूर्ण काम सकेर वैशाखदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको हो । आगामी २०८१ वैशाख १ गतेदेखि सर्वसाधारणको लागि धरहरा खुल्ने निर्माण कम्पनी रमन कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजर रमेश पौडेलले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमै हतार हतार उद्घाटन गरेको धरहरा निर्माण अझै पनि सकिएको भने छैन । निर्माणको काम ९० प्रतिशत मात्रै भएको छ । जबकि ०७५ असोज १४ मा बनाउन सुरु गरिएको धरहराको निर्माण सकिने म्याद पाँच पटकसम्म थपिएको छ ।
0 comment
0 FacebookTwitterEmail

रुपन्देही सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि आजदेखि यही फागुन ७ गतेसम्म दैनिक छ घण्टा सडक बन्द गर्न लागिएको हो।

यसअघि एक सय दिनसम्म सडक बन्द गर्ने भनेकोमा विभिन्न क्षेत्रबाट विरोध भएपछि पहिलो चरणमा झन्डै दुई महिनाका लागि मात्र सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

यसबिचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक पूरा खुल्ला गरिने प्रशासन कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।

सुरुङ मार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एकदुई तथा स्लोप क्षेत्रको काम

सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने 
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved