Home » पूर्वाधार/विकास » Page 4
Category:

पूर्वाधार/विकास

आगामी नयाँ वर्षदेखि धरहरा अवलोकन गर्न पाइने गरी निर्माण सम्पन्नताको तयारी भइरहेको छ । काठमाडौँको सुन्धारामा धरहरा निर्माणको काम सकिनै लागेकोले चैत मसान्त भित्रमा सम्पूर्ण काम सकेर वैशाखदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको हो । आगामी २०८१ वैशाख १ गतेदेखि सर्वसाधारणको लागि धरहरा खुल्ने निर्माण कम्पनी रमन कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजर रमेश पौडेलले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमै हतार हतार उद्घाटन गरेको धरहरा निर्माण अझै पनि सकिएको भने छैन । निर्माणको काम ९० प्रतिशत मात्रै भएको छ । जबकि ०७५ असोज १४ मा बनाउन सुरु गरिएको धरहराको निर्माण सकिने म्याद पाँच पटकसम्म थपिएको छ ।
0 comment
0 FacebookTwitterEmail

रुपन्देही सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि आजदेखि यही फागुन ७ गतेसम्म दैनिक छ घण्टा सडक बन्द गर्न लागिएको हो।

यसअघि एक सय दिनसम्म सडक बन्द गर्ने भनेकोमा विभिन्न क्षेत्रबाट विरोध भएपछि पहिलो चरणमा झन्डै दुई महिनाका लागि मात्र सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

यसबिचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक पूरा खुल्ला गरिने प्रशासन कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।

सुरुङ मार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एकदुई तथा स्लोप क्षेत्रको काम

सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने 
0 comment
0 FacebookTwitterEmail

मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । १० दिन भित्र मेलम्चीको पानी काठमाडौँ पठाउने गरी काम भइरहेको खानेपानी आयोजनाले जनाएकाे छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पुर्याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । यसैबीच बुधबार हेलम्बु–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा भइरहेको कामका बारेमा प्रतिनिधिमण्डलले स्थलगत अवलोकन गरेको छ ।

सिनियर डिभिजनल इन्जिनियर कुँवरले भन्नुभयो,“अबका बाँकी काम केही कठिन रहेको छ । जस्तोसुकै

0 comment
0 FacebookTwitterEmail

नेपालमा जलवायु परिवर्तनको नकारात्मक असरबाट जलविद्युत् परियोजनाहरूलाई कसरी जोगाउने भनेर खासै छलफल भएको छैन। यसका लागि दिगो र स्थायी मापदण्डसहितको कार्यदिशा चाहिएको छ।

हाइड्रोपावर सस्टेनेबिलिटी एलाइन्स (एचएसए) का नायव कार्यकारी निर्देशक एलियन किलाजिनले जलवायु परिवर्तनको बदलिँदो अवस्थामा दिगो मापदण्डमा जानु अनिवार्य भइसकेको बताउनुभयो। उहाँले विश्वका विभिन्न देशमा जलवायु परिवर्तनले पारेको प्रभावको उदाहरण दिँदै दिगोपनका मापदण्ड पूरा गर्दा त्यसले वातावरण, समाज र सुशासनमा सकारात्मक प्रभाव पारेको बताउनुभयो।

उहाँ स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको ‘जलविद्युत् दिगोपन मापदण्डको व्यावसायिक मूल्य’ विषयक कार्यकारी नेतृत्व विकास कार्यशालामा बोल्दै हुनुहुन्थ्यो।

डोल्मा इम्प्याक्ट फण्डका कार्यकारी निर्देशक विद्यावारिधी सिग्देलले नेपालमा जलवायू कोष,

0 comment
0 FacebookTwitterEmail

    

संविधान दिवसको अवसर पारेर सरकारले गत असोज ३ देखि द्रुत बस सेवा सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न, यात्रुहरूलाई कार्यालय र घर फर्किनको लागि सहज र छिटो होस् भन्ने हेतुले उक्त सेवा सुचारु गरिएको हो ।

निजी सवारी साधन नभएका नागरिकलाई सार्वजनिक सवारी साधनमा पनि आकर्षित र सहजताको सेवा दिने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याइएको हो ।

सूर्यविनायक देखि रत्नपार्कसम्म द्रुत बस सेवा पुनः सञ्चालनमा आएको छ । बिहान साढे आठ बजे सूर्यविनायकबाट रत्नपार्कका लागि द्रुत बस छुट्ने गरेको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए।

उनका अनुसार– ‘बिहान ठिक निर्धारित समयमा सूर्यविनायकबाट छुटेको बस
0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरूङमार्ग निर्माणको सुरुवाती चरणमै विवाद देखिएको छ। सुरुवाती चरणमै विवाद देखिएपछि आयोजना समयमै नसकिने हो कि भन्ने चिन्ता बढ्न थालेको छ।

सुरूङमार्ग निर्माणका लागि सो क्षेत्रमा राख्न खोजिएको क्रसरका विषयमा केही स्थानीयले तथ्यहीन आरोप लगाएको भन्दै निर्माण कम्पनीले असन्तुष्टि जनाएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डमा सुरूङमार्ग निर्माणको काम वर्षाको समय भएकाले भौतिक रूपमा रोकिएको छ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माणको ठेक्का लिएको यो सुरुङमार्ग निर्माण क्रममा असारको पहिलो साता दुईवटा टनेल पहिरोले पुरिएपछि भौतिक निर्माणको काम स्थगित गरेर अन्य काम भइरहेको छ।

सिद्धबाबा मन्दिर तलको डाइभर्सन काम सकेर टनेल पोर्टलको निर्माण र हेडबक्सनिरको …

सिद्धबाबा सुरुङमार्ग निर्माणको सुरुवाती चरणमै विवाद, आयोजना समयमै सकिनेमा शंका
0 comment
0 FacebookTwitterEmail

देशको प्रमुख व्यापारिक तथा आर्थिक केन्द्र बुटवलको मुख्य बजार क्षेत्रमा रहेको सवा तीन किलोमिटर सडक निर्माण सुरु भएको झन्डै एक दशक पुग्न लाग्यो। तर अहिलेसम्म पूरा हुन सकेको छैन। ०६९ सालमा ४ लेनमा निर्माण भएको यो खण्ड पछि ६ लेनमा विस्तार सुरु भएपछि हालसम्म निर्माण पूरा नहुँदा यो क्षेत्र अस्तव्यस्त छ।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ३.२५ किमि सडक विस्तारको काम सुरु भएको ८ वर्ष र रकम ३५ करोड खर्च भइसकेको छ। तर, यहाँ आधा जति पनि काम पूरा भएको छैन।

मुख्य सडकमा हाल सामान्य लेभल मिलाउने डिबिएमको काम मात्रै भएको छ। पिचको काम झनै सुरु भएकै छैन। यो सडकलाई अन्तर्राष्ट्रियस्तरको …

0 comment
0 FacebookTwitterEmail

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसहितको विवादित करिब ५ बिघा जग्गाको मुआब्जा नदिने निर्णय गरिएको छ।

जिल्ला मुआब्जा निर्धारण समितिको बसेको बैठकले विमानस्थलको रनवे तथा पर्खालभित्र रहेको विवादित जग्गाको मुआब्जा नदिने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले बताउनुभयो।

भू–माफियाको योजनामा मालपोत कार्यालय रुपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहितको टिमले विमानस्थलभित्रको ४ बिघा १७ कठ्ठा ६ धुर जग्गा सिद्धार्थनगर ५ का पर्वतराज कान्त मिश्रको नाममा दर्ता गरेको थियो।

मालपोत कार्यालयले हदबन्दीका कारण फिल्ड बुकमा भए पनि कसैको नाममा दर्ता नरहेको उक्त जग्गा २०८० वैशाख ८ गते मिश्राको नाममा दर्ता गरेको थियो।

प्रमुख जिल्ला अधिकारी अर्यालले जग्गा दर्ता गर्ने सम्बन्धमा …

0 comment
0 FacebookTwitterEmail

पुरातात्विक महत्व बोकेको लुम्बिनीस्थित मायादेवी मन्दिर र कपिलवस्तुको कुदान क्षेत्रमा लुम्बिनी विकास कोषले अवैध ढंगबाट संरचना निर्माणकार्य अघि बढाएको छ। पुरातत्व विभागको अनुमतिबिना नै कोषले पक्की (आरसिसी) संरचना निर्माणकार्य अघि बढाएको हो।

बुद्ध जन्मस्थलमा दीप बाल्नका लागि टहरा बनाउने निर्णय भएअनुसार मायादेवी मन्दिर परिसरको पूर्वोत्तर कुनामा पक्की संचनामा दीप प्रज्ज्वलनस्थल र कपिलवस्तुको कुदानमा हाल भएको गेटनजिकै भित्रपट्टि कोषले नयाँ गेट निर्माण गरिरहेको छ।

कोषले मायादेवी मन्दिरनजिक दीप बाल्न ३६/१८ फिटको टहरा बनाउँदै गर्दा तल पक्की संरचनाको बिम बनाउन लागिएकामा केही ‘हेभी’ भएकाले निर्माणकार्य रोकिएको कोषका प्रोजेक्ट म्यानेजर तथा इन्जिनियर प्रमुख सरोज भट्टराईले बताउनुभयो।

इन्जिनियर भट्टराईका अनुसार पुरातात्विक क्षेत्रमा कुनै पनि …

कानुनविपरीत पुरातात्विक सम्पदास्थलभित्र पक्की संरचना बनाउँदै लुम्बिनी विकास कोष
0 comment
0 FacebookTwitterEmail

सरकार बनाउने र ढाल्ने खेलका कारण अस्थिर बनेको कोशी प्रदेश सरकारलाई बहुवर्षीय योजनाको दायित्व भने १४ अर्ब भन्दा बढी पुगेको छ।

अघिल्ला प्रदेश सरकारले बजेट विनियोजन दक्षताबिना नै राजनीतिक स्वार्थप्रेरित जथाभावी योजना ल्याएर दायित्व थुपार्दा वर्तमान सरकारको जिम्मेवारीमा १४ अर्ब १६ करोड ९९ लाख रुपैयाँ दायित्व देखिएको छ।

चालू आर्थिक वर्षमा निरन्तरता पाएका करिब ३ सयभन्दा बढी बहुवर्षीय योजना प्रदेशमा सञ्चालनमा छन्। सडक, खानेपानी, भवनलगायत ती आयोजनाको १४ अर्बभन्दा बढी दायित्व सरकारको काँधमा छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय कोशीका अनुसार सो मन्त्रालयबाट प्रदेशमा हाल बहुवर्षीय योजनाअन्तर्गत सडक र पुल गरी ३० अर्बको योजना ठेक्का लागेको छ। मन्त्रालयका प्रवक्ता ललित चौधरीका …

सरकार बनाउने र ढाल्ने खेलमा कोशी प्रदेशमाथि बहुवर्षीय योजनाको दायित्व १४ अर्बभन्दा बढी
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved