सडक निर्माण भएपछि खुसी छन् कोटीमाईका स्थानीय

 रुपन्देहीको कोटहीमा गाउँपालिकाले बहुउद्देश्यीय सडक निर्माण गरेको छ ।

प्रदेश र स्थानीय सरकारको साझेदारीमा २५ लाखको लागतमा निर्माण सम्पन्न नाला सहितको ४ किमी सडक, गाउँपालिकाको दीर्घकालीन विकास रणनीतिमा महत्त्वपूर्ण रहेको स्थानीयको भनाइ छ ।
बहुउद्देश्यीय नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा उत्साहित छन् । “सडक निर्माण भएपछि हामीलाई अस्पताल जान, विद्यालय र बजारसम्म पुग्न निकै सजिलो भएको छ”, कोटहीमा–४ का राम बचन यादवले भन्नुभयो, “अब हिउँद र बर्खामा पनि जान/आउन समस्या छैन ।
त्यस्तै अर्का स्थानीय  जगदीश बर्माले भन्नुहुन्छ- “नयाँ सडकले सिँचाइ र जल निकास समेतको उचित प्रबन्ध गरेको छ । यसले वडा नं. ३, ४, ५, र ७ का एक हजार हेक्टर खेती डुबान हुने समस्यालाई पनि समाधानको उपाय खोजेको छ ।”
जोतिया, रोपाइँ, सिँचाइ र बाली ढुवानी लगायत कार्यका लागि पनि उपयोगी रहेको बर्माले बताए । गाउँपालिका प्राविधिक शाखा प्रमुख इन्जिनियर नवराज भण्डारीले, पुरानो जीर्ण नालाको संरक्षणसँगै नयाँ कृषि सडक निकालिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सडकको आवश्यक पर्ने भागमा कल्भर्ट हालेर पानीलाई निकास दिइएको छ ।” सडकसँगको नालामा सिँचाइका लागि आवश्यक पानीको भण्डारण गर्न मिल्ने बनाइएको छ ।
“गाउँपालिकाले सडकमा हरियाली विस्तार, सोलार बत्ती जडान र नियमित मर्मत सम्भारको योजना सहित त्यसको दीर्घकालीन उपयोगिता सुनिश्चित गरेको भण्डारीले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष बालकृष्ण तिवारीका अनुसार- “सडकको निर्माणले स्थानीय बासीको जीवनस्तरमा व्यापक सुधार ल्याउने अपेक्षा गरिएको छ, हामीले सो सडकबाट कृषि, व्यापार, स्वास्थ्य र शिक्षा र रोजगारमा समेत सुधार ल्याउने लक्ष्य लिएका छौँ ।”
यसको विशेषता बहुउद्देश्यीय उपयोग हो ।” “मुख्य सडकसम्मको सीधा पहुँचलाई यसले सहज बनाएको तिवारीले बताउनुभयो । अहिले एकतर्फ नाला, अर्कोतर्फ सँगसँगै सडक निकालिएको छ । आगामी दिनमा सडकलाई ग्राभेल र तार पोलको व्यवस्थापन गरिने अध्यक्ष त्रिपाठीले जानकारी दिनुभयो । सडक निर्माणले घर–जग्गाको मूल्याङ्कन पनि बढेको उहाँले बताउनुभयो । “यो सडक कोटहीमाइको विकास र समृद्धिको मार्गमा कोसेढुंगा हो”, अध्यक्ष त्रिपाठीले भन्नुभयो, “यसले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने छ । निर्माणका क्रममा हरियाली संरक्षण तथा माटोको कटान नियन्त्रणमा पनि ध्यान दिइएको छ, जसले पर्यावरणीय सन्तुलनलाई कायम राख्न मद्दत पुर्‍याउने देखिन्छ ।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link