बिहे गर्छु भनी झुठो आश्वासन दिएर पटक पटक बलात्कार गरेको अभियोग लगाई मोडल-अभिनेता पल (पूर्णविक्रम) शाह विरुद्ध तनहुँ र पूर्वी नवलपुरका दुइटा जिल्ला अदालतमा मुद्दा दायर गरेकी कानूनत: वालिग भइनसकेकी गायिकाले अहिले आएर फिरादपत्रमा उल्लेख गरिएको दावीभन्दा विपरीत बयान दिएकी छिन् । उनले तनहुँ जिल्ला अदालतमा दिएको होस्टायल बयान अनुसार “पलले उनीमाथि बलात्कार गरेका छैनन् । आफूले आफ्ना पिताको दवाबमा त्यतिबेलाका आफ्ना प्रेमी शाह विरुद्ध त्यो मुद्दा दायर गरेको हो । उनका पिताले पनि पल-समीक्षाका बीचको अन्तरङ्ग सम्बन्धलाई लिएर सामाजिक सञ्जाल लगायत सञ्चार माध्यमहरूमा आएका गलत सूचना र हल्लाका कारण उद्विग्न भएर पलविरुद्ध मुद्दा दायर गर्न उक्साएका हुन् ।” यी …
