निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ। त्यो राम्रो कुरा हो। निर्वाचन महँगो हुँदै गएको सिकायत सबैले गरेका छन्। त्यसलाई कम खर्चिलो र सबैको पहुँचमा पुर्याउने उद्देश्य राखी आचारसंहिता जारी गर्नु आवश्यक मानिन्छ। सो काम निर्वाचन आयोगले गरेको छ। त्यसैको फलस्वरूप शहर बजारमा फोहोर फैलन नपाएको कुरा मानिसहरूले महसुस गरेका छन्। तर निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन यतिले मात्र पुग्दैन। निर्वाचन आयोगले आचार संहिता उलङ्घन गर्नेउपर कारबाही गर्ने भनेको छ तर आजसम्म कुनै कारबाही गरेको देखिदैन। यस विषयमा तीन राजनैतिक दललाई सचेत गराएको समाचार आएको छ। यद्यपि आयोगबाट उजुरी परेको तीन हप्तापछि मात्र सचेत गराउने काम …
