Home » साहित्य/कला/संस्कृति » Page 14
Category:

साहित्य/कला/संस्कृति

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—९

पाञ्चाल नरेश द्रुपदकी राजकुमारी द्रौपदीको बारेमा धेरैओटा जिज्ञासासहितका कुराहरू जेहेनमा एकैपटक आउने गर्छ। सबैभन्दा पहिलो जिज्ञासाचाहिँ उनको जन्मका बारेमा नै आउँछ, , उनी कसरी वयस्का तर कुमारीको रुपमा जन्मिइन् ?  दोस्रो जिज्ञासा उनको स्वयंवरका बारेमा।

दरबारका राजकुमारीका लागि स्वयंवरको अर्थ हुन्छ आफूलाई मन परेको केटासँग विवाह गर्ने स्वच्छन्दता तर सीमामा रहेर, राजदरबारको सिद्धान्त र प्रतिष्ठाभित्र रहेर। स्वयंवरमा प्रायशः निकट नाताको राजाको परिवारलाई विवाहको निम्तोको रुपमा मात्र बोलाइन्थ्यो भने अरु समानरुपका राजा र राजकुमारहरूलाई स्वयंवरमा सहभागी हुनका लागि समेत बोलाइन्थ्यो। त्यसो त कतिपय राजकुमारीहरूको रुप यौवन र बानी बेहोराको प्रशंसाका कारणले नबोलाइएका राजाहरू समेत स्वयंवरमा सहभागी …

0 comment
0 FacebookTwitterEmail

लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५ पाँचोकको बीचमा रहेको  इलामपोखरी क्षेत्रलाई व्यवस्थित गरिने भएको छ। यी दुई पालिकाको सिमानामा पर्ने यस ऐतिहासिक एवं धार्मिक सो क्षेत्रलाई व्यवस्थित गर्नाका साथै  विभिन्न संरचना पनि निर्माण गरिने भएको हो।

दुवै गाउँपालिकाले संयुक्त बैठक बसी इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने, सातकन्यादेवी मन्दिर पुनःनिर्माण गरिने, बाइसे तथा चौबिसे राज्यकालको इलामपोखरी गढीलगायते विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको छ। दुवै गाउँपालिकाले रु दुई/दुई लाखको लागतबाट डिपीआरको काम सुरु गर्न लागेको दूधपोखरी गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले बताउनुभयो। उहाँले इलामपोखरी ताल लेदो माटोले पुरिँदै गएको र सातकन्यदेवी मन्दिरमा विसं २०७२ बैशाखमा आएको भूकम्पले क्षति बनाएकाले उक्त …

0 comment
0 FacebookTwitterEmail
वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिसमेत उपाधि पाउनुभएका उहाँको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो ।

वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको सङ्गीतकार चेतन सापकोटाले जानकारी दिनुभयो ।  अचानक अक्सिजनको मात्रा घटेपछि उहाँलाई अस्पताल लगिँदै थियो ।

आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा आवाज दिनुभएको छ । गायक आचार्यको पार्थिव शरीरलाई मङ्गलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने सङ्गीतकार सापकोटाले

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—८

द्रौपदी अत्यन्त सहनशीला, परिश्रमी र बुद्धिमती तर इखालु पनि थिइन् भन्ने कुराको झलक बडामहारानीको भूमिका सरल तरिकाले निर्बाह गरेको र सुझबुझ तरिकाले बहन गरेको कथाहरूले पनि हामीलाई दिन्छ। इखालु कुन अर्थमा भने उनलाई जुन चीर हरण गर्ने अपमान गरिएको थियो कुरु दरबारमा, त्यसलाई उनले कहिल्यै पनि बिर्सिएकी थिइनन्। उनको सहिष्णुता र दयालुपनको प्रमाण पाइने धेरै उदाहरणहरू होलान् तर दुईओटा उदाहरणले देखाउँछ, जब जयद्रथले उनलाई अपहरण गरेको थियो, पाण्डवहरूले उसलाई पक्रेर मार्न आँटेका थिए। त्यसबेलामा उनले दुःशलाको सौभाग्य मेटिन दिइनन् र जीवित नै छोडिएको थियो। अर्को घटना थियो, गुरुपुत्र महारथी अश्वत्थामाले जब द्रौपदीका पाँच महारथी पुत्रहरूलाई …

0 comment
0 FacebookTwitterEmail

बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरसँगै रहेको अशोक स्तम्भको पुरातात्विक संरचनालाई जोगाउने प्रयास सुरु गरिएको छ। लुम्बिनीलाई बुद्ध जन्मस्थलका रुपमा चिनाउने मुख्य आधार अशोक स्तम्भका पुरातात्विक संरचनामा असर पर्न थालेपछि नजिकै बालिने बत्तीलाई परिसर बाहिर सारिएको छ।

युनेस्कोलगायत पुरातत्वविद्हरुले दिएको सुझावअनुसार नै लुम्बिनी विकास कोषले मायादेवी मन्दिरसँगै रहेको अशोक स्तम्भ नजिकै बत्ती बालिँदै आएको दियोसेड मन्दिर परिसर बाहिर निर्माण गरेर स्थानान्तरण गरिएको विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बताउनुभयो। विकास कोषले हालै अशोक स्तम्भ नजिकै रहेको दियोसेड मायादेवी मन्दिर परिसरको पश्चिमपट्टी एकै दिन एक लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो स्थल’ बनाइएको छ।

“लुम्बिनी चिनाउने भनेकै अशोक स्तम्भले हो, त्यसैले विगतमा …

0 comment
0 FacebookTwitterEmail

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ सुरु गरेको छ। स्वदेशी तथा विदेशी चित्रकारलाई सहभागी गराएर गत असोज १७ देखि २१ गतेसम्म दिक्तेलमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी–२०८०’मा कोरिएका दुई सय एकवटा क्यानभास चित्रलाई नगरपालिकाले आजदेखि काठमाडौँको नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी सुरु गरेको हो।

प्रदर्शनी आगामी फागुन १७ गतेसम्म जारी रहने छ। चित्रकला प्रदर्शनीको औपचारिक उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभयो। संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ धनु आर्ट स्टुडियोसँगको सहकार्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी— ७

महाभारतका अनेकानेक पात्रहरूको यसरी संरचना गरिएको छ कि कुनै पनि पात्रको अनुपस्थितिमा कथाको भावले बाटो समाउँदैन। यदि यसलाई कुरुवंशीहरूको इतिहास नै मान्दा पनि त्यहाँ के भएको थियो, के हुनुपथ्र्यो र यदि कुनै खास घटना खास समयमा नभएको भए कुरुवंशीहरूको पछिल्लो अवस्थाको इतिहास कस्तो हुन्थ्यो ? विवेचनाको विषय बनेकै छ। अनुसन्धानको विषय बनेकै छ।

के साँच्चै १८अक्षौहिणी सेनाका बिचमा युद्ध भएको थियो, त्यो पनि आजको अवस्थामा देखिने कुरुक्षेत्रमा ? कुरुक्षेत्र भनेर दाबी गर्ने ठाउँहरू अरु पनि छन् होला तर हस्तिनापुरका नजिक भएको कारणले आजको कुरुक्षेत्रको ठुलो भागलाई लिइएको थियो होला भन्न पनि सकिन्छ। साँच्चै त्यो …

0 comment
0 FacebookTwitterEmail

कम्बोडियालीसमुद्री किनारको एक रिसोर्टबाट नक्कली अपहरणको योजना बनाएको र त्यसको भिडियो फेसबुकको अनलाइनमा पोस्ट गरेको आरोपमा ताइवानका दुई जनालाई दुई–दुई वर्षको जेल सजाय सुनाइएको छ।

प्रिह सिहानोक प्रान्तीय अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “३१ वर्षीय चेन नेङ–चुआन र ३४ वर्षीय लु सु–सिएनले सिहानोकभिलको एक भवनमा सुरक्षा गार्डले आफूलाई हिरासतमा लिएको र कुटपिट गरेको भिडियो फेसबुकमा पोस्ट गरेपछि पक्राउ गरिएको हो।”

“दुवै जना मानव बेचबिखन, यातनासहित हिरासतमा राख्ने, बलात्कार गर्ने र मानव अङ्ग बेचबिखनसम्बन्धी निन्दनीय भिडियो तयार पार्न कम्बोडिया प्रवेश गरेका देखिएको छ,” अदालतले भनेको छ।

अदालतले उनीहरूलाई ‘सामाजिक सुरक्षामा खलल पुर्‍याउन उक्साएको’ अभियोगमा बिहीबार एक सुनुवाइमा दोषी ठहर गरेको …

0 comment
0 FacebookTwitterEmail

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको एक वर्षे कार्यप्रगति  सार्वजनिक गर्दै प्रतिष्ठानकी कुलपति निशा शर्माले बजेट अभावमा सोचेजस्तो काम गर्न नसकिएको बताउनुभयो। उहाँले देशमा महत्वपूर्ण कार्यक्रम गर्ने भनेर कार्ययोजना निर्माण गरी पेश गरिए पनि बजेट कटौती हुँदा धेरे कार्यक्रम गर्न नसकिएको बताउनुभयो। उहाँले बजेटको सीमामा रहेर केही महत्वपूर्ण काम गरिएको बताउनुभयो।

“बजेट अभावले काम गर्नै सकिएन, विश्वमा कला– संस्कृतिको विकास राज्यको लगानीमा मात्रै सम्भव छ तर नेपालमा प्राथमितामा परेन”, उहाँले भन्नुभयो, “प्रतिष्ठानमा सङ्गीत, नृत्य तथा नाट्य कक्षा लिने सोच त छ तर ठाउँ छैन, कतैबाट अनुदान आयो भने टहरो बनाएर भने पनि काम गर्नुपर्ने छ।”

यस्ता छन् एक वर्षका उपलब्धि

0 comment
0 FacebookTwitterEmail

वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र निर्माण हुने गरेका छन्। अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले निर्माता–निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन्।  पूर्वगोर्खा सैनिक रहिसक्नुभएका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहासलाई समेटेर ‘गोर्खा वारियर’ निर्माण गर्नुभएको छ।

यही फागुन ११ देखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ। नेपालमा प्रदर्शन गर्नुअगाडि नै बेलायतमा प्रिमियर गरेर अन्तर्राष्ट्रियरूपमा चर्चामा रहेको चलचित्र निर्माण पूरा गर्न तीन वर्ष लागेको निर्देशक चाम्सले बताउनुभयो।

“मैले यसमा चलचित्रमा देखाइने काल्पनिकभन्दा पनि वास्तविक रूपमा सैनिकले लड्ने …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved