सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥
सबैभन्दा शुभ र सम्पूर्ण संसारलाई शुभ प्रदान गर्ने पवित्र र स्वच्छ दुर्गा माता हुनुहुन्छ। वहाँले आत्मसमर्पण गर्नेहरूको रक्षा गर्नुहुन्छ र वहाँलाई तीन लोककी माता पनि भनिन्छ। पर्वत राजाकी छोरी गौरी हाम्री माता दुर्गालाई बारम्बार नमन गर्छौं। हामी उनको पूजा गर्छौं।
चाहे गाउँमा बस्नुहुन्छ या सहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवारविना। यो वर्षको दसैँको रौनकले तपाईँलाई छुने वाला छ। छुने मात्र होइन आजदेखि आधिकारिक रूपमा छोई नै सक्यो। ल है ! आज जमरा छर्ने दिन अर्थात् घटस्थापना।
जमरा अर्थात् जौ को जीवन
जसलाई थोरै बालुवा मिसिएको …
