वीरगन्ज महानगरपालिकाको नगर प्रमुख राजेशमान सिंह श्रेष्ठले किर्ते गरी नागरिकता दिलाएको भन्दै कारबाहीको माग गरी जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ । नगरप्रमुख श्रेष्ठले नक्कली बाबु बनेर एक युवतिलाई नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा मङ्गलवार उजुरी दर्ता भएको हो । नेपाली काँग्रेस पर्सा क्षेत्र नं २ का सभापति मह्महद साहबुदिनले नगर प्रमुख सिंहले किर्ते गरेमा कारबाहीको माग गर्दै जाहेरी दरखास्त दर्ता गराउनुभएको हो ।
मेयर सिंहले किर्ते गरी रुबीना श्रेष्ठ भन्ने युवतीलाई आफ्नो छोरी बनाइ जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएको समाचार प्रकाशित भए पछि जाहेरी दरखास्त दर्ता गरिएको छ । जाहेरी दर्ता गराउन जिल्ला प्रशासन कार्यालय …
