सन् १९९५ मा कंगोमा इबोला भाइरसको महमारी फैलियो । रोगको स्रोत थियो– संक्रमणबाट मरेका बाँदर तथा चिम्पाञ्जी । इबोला संक्रमणबाट मरेका बाँदर तथा चिम्पाञ्जी सफा गर्ने क्रममा मानिसमा फैलिएको भाइरसले कंगोमा करिब दुई सय ४५ जनाको ज्यान लियो ।
यही भाइरस सन् २००८ को फेब्रुअरीमा युगाण्डामा देखियो । जसमा झण्डै ५० जनाले ज्यान गुमाए । बाँदर तथा चिम्पाञ्जी कै कारण युगाण्डा हुँदै इबोलाको महामारी छोटो समयमै अफ्रिकी मुलुकहरू नाइजेरिया, गिनी, सेयरालियोन हुँदै लाइबेरियासम्म फैलियो । विश्व स्वास्थ्य संगठनका अनुसार, गिनी, सेयरालियोन र लाइबेरियामा इवोलाले एक सय भन्दा बढीको ज्यान लियो ।
यस्तै जंगली बाँदरबाट सर्न सक्ने घातक भाइरस अध्यनका क्रममा …
स्वास्थ्य
गत जेठ २५ गते लागू औषध नियन्त्रण ब्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा नागढुङ्गामा तीनजना युवालाई लागू पदार्थसहित पक्राउ गरेको थियो । त्यसैको भोलिपल्ट २६ गते पनि प्रहरी टोलीले पोखरा नयाँबजारमा तीन जना व्यक्तिलाई लागू पदार्थसहित समात्यो । कास्की प्रहरीले यस वर्ष २०७८/७९ को जेठ मसान्तसम्म मात्र २ सय २३ वटा लागू औषध सेवन, पटके तथा कारोबारको मुद्दा दर्ता गरेको छ । पक्राउ पर्नेमा ३ सय ९ जना पुरुष र महिला १३ जना रहेका छन् । अघिल्लो आर्थिक वर्षमा जम्मा १ सय ४९ मुद्दा दायर भएको थियो ।
नेपाल सरकार गृह मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागको प्राविधिक …
के हो स्वर्ण प्राशन ?
स्वर्ण प्राशन संस्कृत शब्द हो । स्वर्ण अर्थात् सुन र प्राशन भनेको प्रयोग विधि हो । बालरोग सम्बन्धी आयुर्वेदीय ग्रन्थ, ‘कश्यप संहिता’का अनुसार बच्चाहरूमा प्राथमिक रूपमा रोगप्रतिरोधात्मक क्षमता बढाउन सुन मिश्रित औषधिको प्रयोग हो । प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन चटाउनु वा खुवाउनु स्वर्ण प्राशन विधि हो । यही औषधीलाई थोपाको रूपमा खुवाउनुलाई स्वर्ण प्राशन बिन्दु भनिन्छ । स्वर्ण प्राशन नेपाली एवं भारतीय समाजमा प्राचीन एवं परम्परागत रूपमा बच्चाहरूलाई गराइने १६ संस्कार मध्येको एक संस्कार पनि हो । यसलाई आयुर्वेदीय खोप पनि भन्ने गरिन्छ।
स्वर्ण प्राशनमा सुनको भष्म, मह (रसायन) र औषधयुक्त घ्यू मिश्रित हुन्छ …
अहिले गृष्म र वर्षा ऋतुको समय हो । आयुर्वेदको मान्यता अनुसार यस ऋतुमा मान्छेको शरीरबल र मनोबल निकै कमजोर हुन्छ । सामान्य जीवनशैलीमा थोरै मात्र हेरफेर हुँदा पनि त्यसलाई शरीरको कमजोर बलले सन्तुलन गर्न सक्दैन र शरीरमा गडबडी भई रोग देखिन्छ । कमजोर बल भएको यस अवस्थामा बालबालिकाहरू रोगप्रति थप संवेदनशील हुन्छन् । त्यसैले अनेक कारणले यस ऋतुमा ठूला मानिस तथा साना बालबालिकाहरू पनि अन्य समय भन्दा बढी बिरामी हुने गर्दछन् ।
गर्मी मौसममा खाना र पानीको सन्तुलन वा खानपानशैली नमिलेर पनि बालबालिकाहरूमा सामान्यत दिसा पातलो आउने, दिसामा रगत देखिने, अनि बान्ता पनि गर्नेजस्ता समस्या देखा पर्न सक्छन् । त्यससँगै …
कास्की रुपा गाउँपालिकाकी निर्मला पौडेललाई आफ्नी २१ वर्षकी छोरी अरु जस्तै बुझ्ने र काम गर्ने भइदिए हुन्थ्यो भन्ने लाग्छ । पौडेललाई राम्ररी थाहा छ कि उहाँको यो चाहना पूरा हुन सक्दैन तर पनि आश गर्न भने छाड्नुहुन्न । उहाँकी छोरी एक बौद्धिक अपाङ्ग हुनुहुन्छ । दैनिक जीवनमा आइपर्ने काम गर्नका लागि उहाँको छोरी स्वस्तिकालाई सहज छैन । छोरीलाई रेखदेख गर्नुपर्ने भएकाले आमा निर्मला घर छाड्नुहुन्न । कहिँकतै जानुपरे छोरीलाई साथैमा लिएर हिँड्नु हुन्छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिका परिवारका लागि आयोजना गरिएको स्याहार सम्बन्धी तालिममा सहभागी हुन पौडेलले छोरीलाई सँगै लिएर पोखरा आउनुभयो ।
स्वस्तिका …
“रातो कर माफ गर” नाराका साथ स्यानेटरी प्याडमा आयातमा लाग्दै आएको करका विरूद्ध आन्दोलन गरिरहेकाहरूको मागलाई सम्बोधन गर्दै सरकारले सेनेटरी प्याडको भन्सारमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ। सेनेटरी प्याड महिलाहरूले रजस्वला भएका समयमा प्रयोग गर्ने सामग्री हो। मासिक चार दिन हुने रक्तश्राव रोक्न महिलाहरूले प्रयोग गर्ने यही सेनेटरी प्याडको आयात गर्दा लाग्ने भन्सार शुल्कका कारण महंगो बनिरहेको बेला सरकारले यसको भन्सार दर घटाएको हो।
सरकारले बजेट भाषण मार्फत यस्ता सामान नेपालमै उत्पादन गर्ने उद्योगको हकमा कच्चा पदार्थ आयातमा पनि १ प्रतिशत मात्रै भन्सार महसुल लगाउने घोषणा गरेको छ। यसबाट गुणस्तरीय सेनेटरी प्याड भित्रिने र स्वदेशमै सुपथ मूल्यमा उत्पादन …
- नेपाली आमाहरूले छोरा जन्माउने इच्छा पूरा गर्नका लागि छोरीहरूलाई समय अगाडि नै स्तनपान बन्द गर्ने गरेको अनुसन्धानले देखाएको छ।
नेपालमा छोराको चाहनाले छोरीको स्वास्थ्य र भविष्यसँग खेलवाड गरिरहेको छ। यस सम्बन्धमा ल्यान्कास्टर युनिभर्सिटीले गरेको एक अध्ययनले नेपाली आमाहरूले छोरा जन्माउने इच्छा पूरा गर्नका लागि आफ्ना नवजात छोरीलाई जति सक्दो चाँडो स्तनपान गराउन बन्द गर्ने गरेको देखाएको छ।
अध्ययनका अनुसार औसतमा बालिकाहरूलाई बालकको तुलनामा थोरै महिनासम्म स्तनपान गराउँछन्, जसले बालिकाहरूको शारीरिक र मानसिक विकासमा प्रत्यक्ष असर पार्छ। यति मात्र होइन, आफूभन्दा माथि दिदी भएका तर दाजु नभएका बालिकाहरूको अवस्था झनै नाजुक छ। बीएमसी न्युट्रिसन जर्नलमा प्रकाशित अनुसन्धानले नेपाली शिशुको आमाको …
सीमा अधिकारी अहिले ८ महिनाको गर्भवती हुनुहुन्छ। कास्की आर्वाबाट बिहान ९ बजे गाडी चढेर पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा नियमित चेकजाँचका लागि अल्ट्रासाउण्ड गराउन आउनुभएको हो। अल्ट्रासाउण्डका लागि उहाँ एक हप्ताअघि नै अस्पताल पुग्नुभएको थियो । त्यतिबेला अल्ट्रासाउण्ड गर्ने टिकट सकिएपछि उहाँलाई अहिलेको मिति दिइएको थियो। अस्पतालको करिडोरमा उभिरहनुभएकी उहाँको अघि र पछि अल्ट्रासाउण्ड गराउनेको लामो लाइन थियो। दुई घण्टा भन्दा बढी उभिएपछि बल्ल उहाँको पालो आयो। उहाँ भन्नुहुन्छ– ‘बिहान ९ बजे आइपुगेको हो, अझै लाइनमै छु। साह्रै गाह्रो भएको छ। यहाँ सकेर घर कतिबेला पुग्ने हो।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा मात्र ३ …
मानिसहरूलाई आयुर्वेदका औषधिहरू भोजनकै अंग (सागपात, सलाद, अचार, चटनी आदि) जस्तो लाग्दछ । आयुर्वेद औषधिप्रतिको यस्तो विश्वास नै आयुर्वेदीय औषधिप्रतिको अन्धविश्वासको जड हो ।
अहिले विश्वव्यापी रूपमा आयुर्वेद उपचार पद्धतिको लोकप्रियता उचाइमा छ। आयुर्वेदप्रतिको आशा र भरोसाले यसका प्रयोगकर्ताहरू बढेका छन्, फलत: यसको व्यपार पनि बढेर गएको छ। आयुर्वेदको बढ्दो व्यपारसँगै यसप्रतिको विश्वास जुन रूपमा बढ्नु पथ्र्यो त्यो भने हुनसकेको छैन। किनभने आयुर्वेदका बारेमा छरिएका अनेकन भ्रम र अन्धविश्वासले यसो हुन दिइरहेको छैन।
विज्ञान र प्रविधिको मदत लिएर साह्रै उपयोगी र कामै नलाग्ने पत्रु सामग्रीको समेत प्रचारप्रसार भइरहेको हामीले थाहा पाएकै छौं। अर्थात् वैज्ञानिक आधार नै भएका सामग्री …
सरकारले विशिष्टीकृत सेवाका चिकित्सकको दरबन्दी नखुलाउँदा अधिकांश चिकित्सक विदेशिन वा निजी अस्पतालमा काम गर्न बाध्य भएका छन्। परिणाम–आम नागरिकका लागि जटिल रोगको उपचार दुरुह भएको छ।
नेपालमा अपवाद बाहेक अधिकांश जटिल रोगका विशिष्टीकृत सेवाका लागि दरबन्दी नै छैन। सरकारको यही नीतिका कारण एकातिर विशेषज्ञ जनशक्तिको उत्पादन कम हुँदा नयाँ रोग पहिचान र उपचारमा सकस छ अर्कोतिर, विदेशबाट पढाइ सकेर फर्किएका चिकित्सक फेरि विदेश फर्कन थालेका छन्।
रक्त सञ्चार केन्द्रले रगत संकलन, प्रशोधन, भण्डारण र वितरणको काम गर्छ। तर केन्द्रले गुणस्तर कायम गर्न नसक्दा संक्रमण तथा अंगभंगका घटना भइरहेका छन्।
रक्त सञ्चार केन्द्रको लापरबाहीको कारण ६ असार २०७४ मा थालासेमियाको उपचारका …